Tuesday, 16 Apr, 2024
अपडेट

कर फर्छ्यौट आयोगको काममा भ्रष्टाचार,थाहाका ढकाल सहित ३ पदाधिकारी दोषी ठहर

FB_IMG_1685634625110-1685634665.jpg

बायाँबाट क्रमश: तत्कालिन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चुडामणि शर्मा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएको हालसम्मकै ठूलो विगो भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले कर फर्छ्यौट आयोगका सबै ३ जना पदाधिकारीलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले बुधबार आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चुडामणि शर्मालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले आरोपित सबै दोषी ठहर भएपनि उनीहरुमाथि विगो, जरिवाना र कैद निर्धारण हुन बाँकी रहेको जानकारी दिए । उनले भने, ‘त्यसका लागि आगामी २५ जेठमा फेरि अर्को सुनुवाइ हुनेछ ।’
३ वर्षभन्दा बढी कैद निर्धारण हुने अवस्था भएमा छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाका कारण विशेष अदालतले सजायका लागि छुट्टै सुनुवाइको मिति तोकेको हो । उनीहरुमाथि कम्तीमा पनि तीन वर्ष कैद सजाय हुने निश्चित भएको छ ।

लामो समयदेखि उठ्न नसकेको, विवादमा परेको कर बक्यौता टुंग्याउन आयोग गठन गर्न सक्ने व्यवस्था २०३३ सालमै कर फर्छ्यौट आयोग ऐनले गरेको थियो । उक्त ऐन अनुसार, पटकपटक यस्ता आयोग बनेका थिए । प्रजातन्त्र पुनस्र्थापनाको २५ वर्षसम्म पनि ऐन परिमार्जन हुन नसक्दा आयोग बनाएर कर मिनाहा हुदै आएको थियो ।

 

२०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री डा. रामशरण महतले चाटर्ड एकाउन्टेण्ड (सीए) लुम्बध्वज महतको संयोजक, सीए उमेश ढकाल सदस्य र आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा सदस्य सचिव रहेको कर फर्छ्यौट आयोग गठन गरेका थिए । ढकाल महालेखा परीक्षकको कार्यालयमा लामो समय काम गरेका सीए हुन् । विभागको महानिर्देशक हुनुभन्दा अघि नै शर्मा विभिन्न श्रृङखलावद्ध विवादमा परिसकेका थिए ।

 

आयोगले आर्थिक वर्ष २०६९/०७० सम्मको कर बक्यौता फर्छ्यौट गर्ने अधिकार पाएको थियो । ३० अर्ब ५२ करोड रुपैयाँको कर विवाद राफसाफ गरेका आयोगका पदाधिकारीहरुले ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा दाखिला गर्ने निर्णय गरे, बाँकी २१ अर्ब रुपैयाँ मिनाहा गरिदिएका थिए ।

 

आयोगले व्यवसायीहरुलाई ९० प्रतिशतसम्म कर मिनाहा गरेको थियो भने सरकारी संस्थानहरुसँग भारी कर असुलेको थियो । वार्ता र छलफलबाट कर निर्धारण गर्ने अधिकार पाएको आयोगले आफ्नो कार्यादेश बाहिर गएर निर्णय गरेकाले भ्रष्टाचार मुद्दा दायर भएको हो ।

 

त्यतिबेला महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार, ९ अर्ब ७२ करोड रुपैयाँ सोझै अनियमितता भएको थियो । कुनैपनि विवाद नभई करदाताहरुले अटेर गरेर नतिरेको कर आयोगका पदाधिकारीहरुले मिनाहा गरेका थिए । २१ करोड ६४ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) मिनाहा गरेका थिए । उपभोक्ताले तिरिसकेर व्यवसायीको पोल्टामा पुगेको भ्याट आयोगका पदाधिकारीहरुले मिनाहा गर्न मिल्दैनथ्यो ।

 

कर फर्छ्यौटका नाममा कतिसम्म अनियमितता थियो भने ४० करोड १४ लाख रुपैयाँ तिर्नुपर्ने गोर्खा ब्रुअरीलाई १४ लाख रुपैयाँ तिराएर ४० करोड रुपैयाँ छुट दिइएको थियो । त्योमध्ये ३७ करोड रुपैयाँ भ्याट बापतको रकम थियो । फुलबारी रिसोर्टले १९ करोड रुपैयाँ तिर्नुपर्नेमा ९० प्रतिशत मिनाहा पाएको थियो ।अनलाइन खवर बाट।

 


world-link-1690434568.jpg
थाहानगरका सहकारीहरुका लागि तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु
1713201325801-1713201435.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु भएको छ । नयाँगाउँ स्थित साहारा...

थाहामा पानीमा डुवेर एक महिलाको मृत्यु
FB_IMG_1713173255844-1713173269.jpg

मकवानपुरको थाहानगरमा पानीमा डुबेर एक महिलाको ज्यान मृत्यु भएको छ ।  आइतबार बिहान थाह...

नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान
1713100187011-1713101345.jpg

हेटौंडा, २ बैशाख/नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान...

अङ्ग्रेजी माध्यममा पढाई हुने भएपछि घाटदेवी र मत्स्यनारायणमा विद्यार्थीको आकर्षण बढ्यो
1713099359683-1713099486.jpg

थाहा नगरपालिकामा वडा न २ का  जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले आफ्ना...

थाहाको मुलाबारी चौरमा दुइ समुह बिच झडप हुँदा प्रहरी घाइते
FB_IMG_1713086502982-1713086523.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर– ६ र ११ मा रहेको मनकामना मन्दिर नजिक मुलाबारी...

थाहाको चित्लाङमा नेपाल बैंकको शाखा सुभारम्भ
FB_IMG_1713085527899-1713085549.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा नेपाल बैंकको शाखा स्थापना भएको छ । आइतबार सो बैंकले चित्लाङमा शाखा...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख सदस्यलाई बाँडफाँड
1713018852966-1713018939.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख रकम सदस्यलाई बाँडफाँड...

युवा ,आफ्नो जिम्मेवारीमा सचेत बनौ !परिवर्तन आफै आउछ - सानोभाई कार्की
sanobhai-1712977745.jpg

आज मुलुकले आह्वान गरिरहेछ ,हे युवाहरु हो आउ म सङ भएको अथाह शक्तिलाई उपयोग गर !परिवर्तनको चहाना तिमिहरुमा छ र...

थाहाको थानाबजारमा व्यायाम केन्द्र,बैशाख १ गते बाट संचालनमा आउने।
1712927099376-1712928339.jpg

स्थानीयको माग र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै थाहा नगरपालिकाको आर्थिक सहयोगमा बुद्ध चोक बजार व्यवस्थापन...