jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित

445827889_835216428147940-1717413999.jpg

 नेकपा एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदका उम्मेदवार पोखरेलले कुल खसेको ७६५ मत मध्ये ३१३ मतका साथ जित निकालेका हुन् ।

एमाले मकवानपुरको १२ औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाको मतगणनामा पोखरेलले अध्यक्ष पदका अर्का प्रत्याशी इन्द्रमान स्याङ्तानलाई पराजित गरेका हुन् । 

हेटौँडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिरको सभाहलमा भइरहेको मतगणनामा पोखरेलका निकटतम प्रतिद्वन्द्वी स्याङ्तानले २६५ मत प्राप्त गरे । अध्यक्ष पदका प्रत्याशी लालबहादुर थापा र देवराज रिमालले क्रमशः १६३ र ११ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा हिदम लामा ४७६ मतसहित जित निकालेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सुनिल मोक्तानलाई पराजित गरेका हुन् । मोक्तानले १९७ मत प्राप्त गरे । उपाध्यक्षका अर्का आकाङ्क्षी भरत दुलालले ३८ मत पाएका छन् भने ध्रुव चौंलागाईले २६ मत प्राप्त गरे ।

सचिवमा सीता विष्टले निर्वाचित भएकी छिन् । विष्टले २९७ मत सहित मदन दाहाललाई पराजित गरेका थिए । दाहालले २५५ मत प्राप्त गरेका थिए भने सचिव पदका अर्का आकाङ्क्षी राजन थापाले १७१ मत पाए ।

उपसचिव खुलातर्फ फुर्वा दोर्जे लामाले २४१ मतसहित जित निकालेका छन् । उपसचिव पदका अर्का आकाङ्क्षी दीपक खड्काले १६७ मत सहित पराजित भए भने इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाईंले र खेम जर्गामगरले क्रमशः १२९, ८६ र १०० मत पाए ।

उपसचिव महिलातर्फ आरती पाठक २४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी कल्पना बलामीले १५६ मत पाइन् । उपसचिव महिला तर्फकी अर्का आकाङ्क्षी जुना दाहालले १५२ मत र पार्वती राना १७२ मत पाइन् ।

५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि आइतबार मतदान भएको थियो । निर्वाचन समितिका अनुसार मतगणनाको अन्तिम नतिजा सोमबार नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...