Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित

445827889_835216428147940-1717413999.jpg

 नेकपा एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदका उम्मेदवार पोखरेलले कुल खसेको ७६५ मत मध्ये ३१३ मतका साथ जित निकालेका हुन् ।

एमाले मकवानपुरको १२ औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाको मतगणनामा पोखरेलले अध्यक्ष पदका अर्का प्रत्याशी इन्द्रमान स्याङ्तानलाई पराजित गरेका हुन् । 

हेटौँडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिरको सभाहलमा भइरहेको मतगणनामा पोखरेलका निकटतम प्रतिद्वन्द्वी स्याङ्तानले २६५ मत प्राप्त गरे । अध्यक्ष पदका प्रत्याशी लालबहादुर थापा र देवराज रिमालले क्रमशः १६३ र ११ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा हिदम लामा ४७६ मतसहित जित निकालेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सुनिल मोक्तानलाई पराजित गरेका हुन् । मोक्तानले १९७ मत प्राप्त गरे । उपाध्यक्षका अर्का आकाङ्क्षी भरत दुलालले ३८ मत पाएका छन् भने ध्रुव चौंलागाईले २६ मत प्राप्त गरे ।

सचिवमा सीता विष्टले निर्वाचित भएकी छिन् । विष्टले २९७ मत सहित मदन दाहाललाई पराजित गरेका थिए । दाहालले २५५ मत प्राप्त गरेका थिए भने सचिव पदका अर्का आकाङ्क्षी राजन थापाले १७१ मत पाए ।

उपसचिव खुलातर्फ फुर्वा दोर्जे लामाले २४१ मतसहित जित निकालेका छन् । उपसचिव पदका अर्का आकाङ्क्षी दीपक खड्काले १६७ मत सहित पराजित भए भने इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाईंले र खेम जर्गामगरले क्रमशः १२९, ८६ र १०० मत पाए ।

उपसचिव महिलातर्फ आरती पाठक २४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी कल्पना बलामीले १५६ मत पाइन् । उपसचिव महिला तर्फकी अर्का आकाङ्क्षी जुना दाहालले १५२ मत र पार्वती राना १७२ मत पाइन् ।

५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि आइतबार मतदान भएको थियो । निर्वाचन समितिका अनुसार मतगणनाको अन्तिम नतिजा सोमबार नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg