pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

एमालेले भारतीय नागरिकलाई टिकट दिएर उप-मेयर बनायो,

FB_IMG_1688702802695-1688702866.jpg

नेकपा (एमाले)बाट उप–मेयर बनेकी मीराकुमारी यादवले कीर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेकी छिन् ।

सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उप–मेयर मीराकुमारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी मीराकुमारीलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार प्रहरीलाई नागरिकता कसूरमा उप–मेयर मीराकुमारीविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उप–मेयर मीराकुमारी र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको खुलेको छ । उनीहरूले नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा नं. ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए ।

प्रहरीले उजुरी नलिएपछि कृष्णकुमार यादवले उच्च अदालतमा उजुरी दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

उप–मेयर मीराकुमारी यादवका पति महेन्द्र यादव भने फरार छन् । नागरिकता सम्बन्धी कसूरमा अनुसन्धान शुरु गरिएको एसपी कार्कीले बताएका छन् । उनको पतिको खोजविन भइरहेको छ ।

उप–मेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।

एमालेले मीराकुमारीलाई स्थानीय तहको निर्वाचनमा टिकट दिएको थियो । टिकट पाएपछि मीराकुमारी उप–मेयर पदमा निर्वाचित भएकी छिन् ।

कथित राष्ट्रवादीको नारा लगाउँदै आएको एमालेले भारतीय नागरिकलाई टिकट दिएर उप–मेयरमा जिताएको यो घटनाले छर्लङ्ग बनाएको छ । रिपब्लिका दैनिक बाट,

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...