pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

एमालेको स्थानीय कार्यकर्ता र मतदातासँग हाम्रो लडाई होइनः खतिवडा

Cpn-us-696x296-1665584271.jpg

 

 

मनहरी–असोज २६ गते । प्रतिनिधि सभा क्षेत्र नं २ का सत्ताधारी गठबन्धनका उम्मेदवार एबम् नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरुसँग कुनै गुनासो नरहेको बताउनु भएको छ ।

उहाँले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा तथा बाम एकताका लागि गरिएको संघर्षलाई सिंगो एमालेसँगकै संघर्षको रुपमा बुझ्न नहुने बताउनुभयो ।

‘हामीले केपी ओली प्रबृत्तिका विरुद्ध लडाई लडेका हौँ र यो लडाईलाई टुंगोमा पु¥याउनेछौँ’, पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनु भएका खतिवडाले भन्नुभयो–‘एमालेभित्रका इमान्दार र विधि पद्धति पक्षधर नेता, कार्यकर्ता र मतदाताप्रति म अहिले पनि सम्मान गर्दछु ।’
तर, केपी प्रबृत्तिको विरोध नगर्ने र बार्दलीको आदेशलाई अक्षरस पालना गर्नेहरुका विरुद्ध सँधै संघर्षमा लागिरहन र पार्टीभित्र अर्काे ओली जन्मने स्थिति बन्न नदिन कार्यकर्ताहरुको खबरदारी रहनुपर्ने उहाँको भनाई छ ।

निरन्तर निर्वाचनमा बिजयी हुँदै आउनु भएका खतिवडाले यतिखेर देशभर सत्ताधारी गठबन्धन र राजावादी तथा एमालेको गठबन्धनबीच संघर्ष चलिरहेको बताउनुभयो । ‘हामी राजनीतिक एजेण्डामा, संख्यामा, तथ्यांक र थितिमा सही ठाउँमा छौँ’, उहाँको भनाई थियो । गठबन्धन दलका नेता कार्यकर्ताहरुसँग सौहाद्र्धपूर्ण वातावरण बनाउन र अनावश्यक टिका टिप्पणी नगर्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले तत्कालै गठबन्धनको जिल्ला स्तरीय बैठकबाट केही नयाँ निर्देशनहरु आउने र गाउँ, क्षेत्र, वडा लगायत निकायहरुको संयुक्त बैठकहरु अघि बढ्ने जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका स्तरीय बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज राजाराम स्याङ्तान, जिल्ला सचिव बिष्णुप्रसाद दाहाल, प्रतिनिधि सभा संयोजक भूमिनन्द अर्याल, युवा संघ जिल्ला अध्यक्ष किरणमान बल, जिल्ला सचिवालय सदस्यहरु, जिल्ला सदस्यहरु, मनहरी गाउँ कमिटी सदस्यहरुको सहभागिता थियो । पार्टी अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा विभिन्न वडाबाट रिपोर्टिङ भएको थियो भने उम्मेदवार खतिवडासँग सबाल जबाफ भएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...