pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

एमालेको तर्फबाट थाहा नगरपालिकाको नीति तथा कार्यक्रमका लागि सुझाव

१ असार/नेकपा एमाले थाहानगर कमिटीले थाहा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रममा सुझाव पेश गरेको छ । 

मंगलबार एमाले थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले उपप्रमुख खड्ग गोपालीमार्फत नीति तथा कार्यक्रमका लागि सुझाव बुझाउनु भएको हो । 

आगामी असार १० गते हुने नगरको नीति तथा कार्यक्रमका लागि समावेश गरिनु पर्ने कार्यक्रमहरुको लागि सुझाव माग गरे अनुसार एमालेको तर्फबाट सुझाव पेश गरिएको एमाले नगर सचिव कुमार नेगीले जानकारी दिनुभयो ।

सुझावहरुमा भौतिक निर्माणतर्फ नेपाल सरकारको नीति तथा कार्यक्रममा परेको चित्लाङ-थानकोट सुरुङमार्ग निर्माणका लागि थाहानगरले अवलम्बन गर्नु पर्ने नीतिलाई पास गरि संघीय सरकारमा पहल गर्न सुझाव दिएको छ । यसैगरी, निर्माणाधिन गणेशमान मार्ग, थाहा नगर रिङरोडको अवधारणा रोकिएको प्रति ध्यानाकर्षण गराउदै सो रिङरोड निर्माण कार्यलाई प्राथमिकता दिन अनुरोध गरिएको छ ।


यसैगरी, भू-संरक्षणतर्फ खोला तथा प्राकृतिक दोहनलाई नियन्त्रण गरि सम्भावित क्षतिको न्यूनिकरणमा जोड दिन भनिएको छ । सुझाव पत्रमा पर्यटन उद्योगको विकासका लागि नगर स्तरीय पर्यटन बोर्ड गठन गरि संघीय सरकारको पर्यटकीय गन्तव्यमा थाहानगरलाई सुचिकृत गराउनेतर्फ ध्यानाकर्षण गराइएको छ ।

यसैगरी शिक्षातर्फ एक मावि एक प्राविधिक विषय अध्यापन गराउनेतर्फ सुझाव दिइएको छ । सुझावमा हरेक वर्ष नोक्सानी व्यहोरिरहेको थाहानगरको पालुङ बहुमुखी क्याम्पसलाई आत्मनिर्भर बनाउनेतर्फ योजना बनाउन ध्यानाकर्षण गरिएको छ ।


एमालेले विगतमा पनि सुझाव दिइदैआएको ध्यानाकर्षण गराउदै स्वास्थ्यतर्फ आउदो वर्ष कोभिड-१९ नियन्त्रण लक्षित कार्यक्रम निर्माण गरि नगरमा रहेका सबै स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित गर्न भनिएको छ । 
सुझावमा नगरपालिकाको स्थापनाकाल मै नीति बनाइसकिएको एक घर एक धारा नीतिलाई कार्यान्वयन गर्न सुझाव दिइएको छ ।

किसानहरुको संलग्नतामै किसान बोर्डको गठन गरि कृषि बिमा लागू गर्न र समस्या पहिचानमा जोड दिन भनिएको छ । यसैगरि, नगरस्तरीय युवा र महिलाका लागि बोर्डहरु गठन गरि सोही बोर्डमार्फत  स्वरोजगारमूलक कार्यक्रम लागू गर्न सुझाव दिइएको छ । निजी क्षेत्रसङ्ग समन्वय गरि नगरले निजी क्षेत्रलाई अभिन्न अङ्गको रुपमा लिन सुझाव दिइएको छ । 

एमालेले आर्थिक अभावका कारण थाहानगरमा स्वतन्त्र संचार क्षेत्रको विकास हुन नसकेको प्रति सचेत गराउदै सञ्चारमाध्यमहरुलाई सहयोगी भूमिका निर्वाह गर्न सुझाव दिइएको छ । साथै, भविष्यमा नगरको आन्तरिक आम्दानीको स्रोत हुन सक्ने क्षेत्र पहिचान गरि लगानी गर्न सुझाव दिइएको छ ।

सुझावपत्र ग्रहण गर्दै थाहानगर उपप्रमुख खड्ग गोपालीले सबैबाट प्राप्त सुझावको आधारमा नगर कार्यपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम तय गरिने बताउनु भएको छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...