Friday, 03 May, 2024
अपडेट

एमालेको तर्फबाट थाहा नगरपालिकाको नीति तथा कार्यक्रमका लागि सुझाव

१ असार/नेकपा एमाले थाहानगर कमिटीले थाहा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रममा सुझाव पेश गरेको छ । 

मंगलबार एमाले थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले उपप्रमुख खड्ग गोपालीमार्फत नीति तथा कार्यक्रमका लागि सुझाव बुझाउनु भएको हो । 

आगामी असार १० गते हुने नगरको नीति तथा कार्यक्रमका लागि समावेश गरिनु पर्ने कार्यक्रमहरुको लागि सुझाव माग गरे अनुसार एमालेको तर्फबाट सुझाव पेश गरिएको एमाले नगर सचिव कुमार नेगीले जानकारी दिनुभयो ।

सुझावहरुमा भौतिक निर्माणतर्फ नेपाल सरकारको नीति तथा कार्यक्रममा परेको चित्लाङ-थानकोट सुरुङमार्ग निर्माणका लागि थाहानगरले अवलम्बन गर्नु पर्ने नीतिलाई पास गरि संघीय सरकारमा पहल गर्न सुझाव दिएको छ । यसैगरी, निर्माणाधिन गणेशमान मार्ग, थाहा नगर रिङरोडको अवधारणा रोकिएको प्रति ध्यानाकर्षण गराउदै सो रिङरोड निर्माण कार्यलाई प्राथमिकता दिन अनुरोध गरिएको छ ।


यसैगरी, भू-संरक्षणतर्फ खोला तथा प्राकृतिक दोहनलाई नियन्त्रण गरि सम्भावित क्षतिको न्यूनिकरणमा जोड दिन भनिएको छ । सुझाव पत्रमा पर्यटन उद्योगको विकासका लागि नगर स्तरीय पर्यटन बोर्ड गठन गरि संघीय सरकारको पर्यटकीय गन्तव्यमा थाहानगरलाई सुचिकृत गराउनेतर्फ ध्यानाकर्षण गराइएको छ ।

यसैगरी शिक्षातर्फ एक मावि एक प्राविधिक विषय अध्यापन गराउनेतर्फ सुझाव दिइएको छ । सुझावमा हरेक वर्ष नोक्सानी व्यहोरिरहेको थाहानगरको पालुङ बहुमुखी क्याम्पसलाई आत्मनिर्भर बनाउनेतर्फ योजना बनाउन ध्यानाकर्षण गरिएको छ ।


एमालेले विगतमा पनि सुझाव दिइदैआएको ध्यानाकर्षण गराउदै स्वास्थ्यतर्फ आउदो वर्ष कोभिड-१९ नियन्त्रण लक्षित कार्यक्रम निर्माण गरि नगरमा रहेका सबै स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित गर्न भनिएको छ । 
सुझावमा नगरपालिकाको स्थापनाकाल मै नीति बनाइसकिएको एक घर एक धारा नीतिलाई कार्यान्वयन गर्न सुझाव दिइएको छ ।

किसानहरुको संलग्नतामै किसान बोर्डको गठन गरि कृषि बिमा लागू गर्न र समस्या पहिचानमा जोड दिन भनिएको छ । यसैगरि, नगरस्तरीय युवा र महिलाका लागि बोर्डहरु गठन गरि सोही बोर्डमार्फत  स्वरोजगारमूलक कार्यक्रम लागू गर्न सुझाव दिइएको छ । निजी क्षेत्रसङ्ग समन्वय गरि नगरले निजी क्षेत्रलाई अभिन्न अङ्गको रुपमा लिन सुझाव दिइएको छ । 

एमालेले आर्थिक अभावका कारण थाहानगरमा स्वतन्त्र संचार क्षेत्रको विकास हुन नसकेको प्रति सचेत गराउदै सञ्चारमाध्यमहरुलाई सहयोगी भूमिका निर्वाह गर्न सुझाव दिइएको छ । साथै, भविष्यमा नगरको आन्तरिक आम्दानीको स्रोत हुन सक्ने क्षेत्र पहिचान गरि लगानी गर्न सुझाव दिइएको छ ।

सुझावपत्र ग्रहण गर्दै थाहानगर उपप्रमुख खड्ग गोपालीले सबैबाट प्राप्त सुझावको आधारमा नगर कार्यपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम तय गरिने बताउनु भएको छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...