Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

ऋषेश्वरलाई संरक्षण गरिने

- शम्भु अधिकारी

मकवानपुरको प्रशिद्ध तीर्थस्थल ऋषेश्वर क्षेत्र संरक्षण, विकास र प्रवर्धनका लागि संस्थागत रुपमा प्रक्रिया शुरु गरिने भएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरुको सहिष्णुताको केन्द्र मानिने ऋषेश्वर क्षेत्रको विकासमा हालसम्म संस्थागत पहल हुन नसकेको भन्दै स्थानीयले चासो लिएका हुन् । एभरेष्ट क्लब दामनको अगुवाइमा दामनमा एक कार्यक्रमको आयोजना गरी यस सम्बन्धी छलफल भएको हो । छलफलमा एभरेष्ट क्लबका अध्यक्ष शिवकुमार खत्री, महासचिब दावा टशी शेर्पा, पूर्व अध्यक्ष विनोद लामा, समाजसेवी अच्युत्तमप्रसाद ढकाल, जनकल्याण माविका अध्यक्ष राजिव स्याङ्तान, थाहा नगर मिडिया एसोसिएसनका अध्यक्ष कुमार नेगी, रेडियो दामनका स्टेशन प्रमुख ईच्छापूर्ण कार्की, बजार व्यवस्थापन समिति दामनका पदाधिकारीहरु लगायतको उपस्थिति थियो । भेलाले थाहा नगरपालिका भित्रका जनप्रतिनिधि, धार्मिक संघसंस्था, पर्यटनकर्मी, होटल व्यवसायी लगायत सरोकारवालाहरुको सहभागितामा भेलाको आयोजना गरी ऋषेश्वर क्षेत्र विकास समिति गठन गरेर संस्थागत रुपमा अघि बढ्ने निर्णय गरेको छ। सम्बन्धित निकायसँग समन्वय गरी तुरुन्त भेलाको आयोजना गरिने एभरेष्ट क्लबका अध्यक्ष खत्रीले बताए । ऋषेश्वर क्षेत्र मुस्ताङको मुक्तिनाथ र खोटाङको हलेसीजत्तिकै महत्वपूर्ण मानिन्छ  ।

 बौद्ध धर्मावलम्वीहरु ऋषेश्वरलाई गुरु रिम्पोछे(पद्म सम्भव)ले तप गरेको स्थलको रुपमा लिन्छन् भने हिन्दू धर्मावलम्बीहरु ऋषिको तपस्थलको रुपमा लिन्छन् । समुद्र सतहदेखि दुई हजार ४ सय मिटरको उचाइमा रहेको ऋषेश्वरमा रहेको चट्टानबाट अटुट रुपमा निस्कने पानीलाई अमृत मानेर भक्तालुहरु घरघर लिएर जाने गर्दछन् । हरेक वर्षको हरिबोधिनी एकादशी र फागुपूर्णिमामा उक्त क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ भने हरेक सोमबार, शनिबार तथा श्रावणमा हरेक दिन ऋषेश्वरमा भक्तालुहरुको विशेष घुइँचो लाग्ने गर्दछ । ऋषेश्वरको विकासमा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले विशेष चासो दिएका छन् । ‘पुरातत्व विभागका निर्देशकसहतिको टोलीलाई ऋषेश्वर क्षेत्र अवलोकन गराएँ, केही सहयोग जुट्ने संकेत मिलेको छ, अब केही आसा गरौं’ प्रमुख विष्टले भने । ऋषेश्वरका बारेमा पत्रकार कुमार नेगीले विगत ५ महिनादेखि खोज, अनुसन्धान गरिरहेका छन् । तत्कालीन एमालेले ऋषेश्वरदेखि त्रिवेणी धामसम्म केबलकार संचालनका लागि सम्भाव्यता अध्ययन गर्न थाहा नगरपालिकालाई सुझाव दिएको थियो ।

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png