pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

ऋषेश्वरलाई संरक्षण गरिने

- शम्भु अधिकारी

मकवानपुरको प्रशिद्ध तीर्थस्थल ऋषेश्वर क्षेत्र संरक्षण, विकास र प्रवर्धनका लागि संस्थागत रुपमा प्रक्रिया शुरु गरिने भएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरुको सहिष्णुताको केन्द्र मानिने ऋषेश्वर क्षेत्रको विकासमा हालसम्म संस्थागत पहल हुन नसकेको भन्दै स्थानीयले चासो लिएका हुन् । एभरेष्ट क्लब दामनको अगुवाइमा दामनमा एक कार्यक्रमको आयोजना गरी यस सम्बन्धी छलफल भएको हो । छलफलमा एभरेष्ट क्लबका अध्यक्ष शिवकुमार खत्री, महासचिब दावा टशी शेर्पा, पूर्व अध्यक्ष विनोद लामा, समाजसेवी अच्युत्तमप्रसाद ढकाल, जनकल्याण माविका अध्यक्ष राजिव स्याङ्तान, थाहा नगर मिडिया एसोसिएसनका अध्यक्ष कुमार नेगी, रेडियो दामनका स्टेशन प्रमुख ईच्छापूर्ण कार्की, बजार व्यवस्थापन समिति दामनका पदाधिकारीहरु लगायतको उपस्थिति थियो । भेलाले थाहा नगरपालिका भित्रका जनप्रतिनिधि, धार्मिक संघसंस्था, पर्यटनकर्मी, होटल व्यवसायी लगायत सरोकारवालाहरुको सहभागितामा भेलाको आयोजना गरी ऋषेश्वर क्षेत्र विकास समिति गठन गरेर संस्थागत रुपमा अघि बढ्ने निर्णय गरेको छ। सम्बन्धित निकायसँग समन्वय गरी तुरुन्त भेलाको आयोजना गरिने एभरेष्ट क्लबका अध्यक्ष खत्रीले बताए । ऋषेश्वर क्षेत्र मुस्ताङको मुक्तिनाथ र खोटाङको हलेसीजत्तिकै महत्वपूर्ण मानिन्छ  ।

 बौद्ध धर्मावलम्वीहरु ऋषेश्वरलाई गुरु रिम्पोछे(पद्म सम्भव)ले तप गरेको स्थलको रुपमा लिन्छन् भने हिन्दू धर्मावलम्बीहरु ऋषिको तपस्थलको रुपमा लिन्छन् । समुद्र सतहदेखि दुई हजार ४ सय मिटरको उचाइमा रहेको ऋषेश्वरमा रहेको चट्टानबाट अटुट रुपमा निस्कने पानीलाई अमृत मानेर भक्तालुहरु घरघर लिएर जाने गर्दछन् । हरेक वर्षको हरिबोधिनी एकादशी र फागुपूर्णिमामा उक्त क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ भने हरेक सोमबार, शनिबार तथा श्रावणमा हरेक दिन ऋषेश्वरमा भक्तालुहरुको विशेष घुइँचो लाग्ने गर्दछ । ऋषेश्वरको विकासमा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले विशेष चासो दिएका छन् । ‘पुरातत्व विभागका निर्देशकसहतिको टोलीलाई ऋषेश्वर क्षेत्र अवलोकन गराएँ, केही सहयोग जुट्ने संकेत मिलेको छ, अब केही आसा गरौं’ प्रमुख विष्टले भने । ऋषेश्वरका बारेमा पत्रकार कुमार नेगीले विगत ५ महिनादेखि खोज, अनुसन्धान गरिरहेका छन् । तत्कालीन एमालेले ऋषेश्वरदेखि त्रिवेणी धामसम्म केबलकार संचालनका लागि सम्भाव्यता अध्ययन गर्न थाहा नगरपालिकालाई सुझाव दिएको थियो ।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg