pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

उच्च शिक्षाको मोह जगाउन सफल बिष्णु बिष्ट "आदर्श "

IMG_20220411_081355_360-1651848698.jpg

बिष्णु बिष्ट "अादर्श" थाहामा चिर परिचित नाम हो । कुनै पनि सघ संस्थामा नेतृत्व गर्न पदिय लोभ लालच नगर्ने अादर्श पुरुषको रुपमा चिनेने बिष्टले जब पालुङ बहुमुखि क्याम्पसको संचालक समिति अध्यक्षमा सर्वसम्मत निर्वाचित हुन पुगे त्यस पछि क्याम्पसले पुर्वधार बिकासमा मुहार फेरेको जो कोहि थाहा नगरपालिका कार्यलय पछाडिको कलेज पुग्नेले सहजै मुल्याङ्कन गर्ने छ ।उहाँको अध्यक्षतामा बनेको संचालन समितिको सक्रियातामा एक दशक अगाडि क्याम्पस संचालन गर्न लगाईएको सप्ताहा माहायज्ञमा दान गर्ने दानबिरहरुको नाम शिलालेखमा लेखन गर्न सफल भए । अा.ब. २०७७/०७८ मा बागमती प्रदेश , सामाजिक बिकास मन्त्रालय को रु १५ लाख अार्थिक सहयोगमा उक्त शिला स्तम्भ तथा सो शिला स्तम्भ सुरक्षार्थ कम्पाउन्ड निर्माण भयो,भने २०७८/०७९ मा पुन सोही सामाजिक बिकास मन्त्रालयको रु २० लाखको अार्थिक सहयोगमा पर्खाल ,गेट र  अपुर्ण ३ कोठे भवनले पुर्णता पाउने कार्य धमाधम चलिरहेकै छ । विश्व बिध्यालय अनुदान अायोगको रु ५० लाख अार्थिक सहयोगमा माथिल्लो तलामा ४ कोठे भवन यसै अा.ब.मा निर्माण भैसकेको  छ साथै अनुदान अायोगकै रु १० लाखको अार्थिक सहयोगमा क्याम्पसको अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद बिकासको निम्ति बास्केटबल कोड,टिटि बोड र भलिवल कोट निर्माण तथा चौर ब्यावस्थापन कार्य सम्पन्न भएको छ । थाहा नगर पालिका वडा न ३ को रु ७ लाख अार्थिक सहयोगमा छात्रामैतृ शौचालय निर्माण   कार्य अघिल्लो आर्थिक बर्षमै सम्पन्न भएको र यस आर्थिक बर्ष  मा४ न  वडा अध्यक्ष दिपक सिह. लामा सग अधुरो गरि  पर्खाल निर्माणको निमित्त प्रस्तावना पेश गरि सो वडा न ४ को रु १ लाख अार्थिक सहयोगमा पर्खाल निर्माणको सम्झौता भई कार्य निर्माण प्रक्रियामै रहेको छ ।पालुङ बहुमुखी क्याम्पसबाट स्नातक तह व्यवस्थापन संकाय दोस्रो वर्षको परीक्षामा ७० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
पालुङ क्यम्पस मकवानपुरको उत्तरी क्षेत्रमा रहेको एकमात्र उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्था हो । क्याम्पस व्यवस्थापन समितिको सक्रियता तथा प्राध्यापक र विद्यार्थीहरुको मिहिनतले सफलता हासिल गरेको पालुङ क्याम्पसका सहायक प्राध्यापक राजन मिश्रले बताए ।
नियमित विद्यार्थीहरु सबै उतीर्ण भएको क्याम्पस प्रमुख रामहरि अधिकारीले बताए । क्याम्पसमा अध्ययन गर्ने अधिकांश विद्यार्थी उतीर्ण भएकोमा सबै विद्यार्थीलाई क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विष्णु विष्टले बधाई दिए । उनले प्राध्यपक र अभिभावकहरु प्रति आभार समेत व्यक्त गरेका छन् । उनले विद्यार्थी र प्राध्यापकको मिहिनतको प्रशंसा गरे ।नेकपा मावबादि केन्द्रका मेयरका उमेद्वार बिष्ट र नेपाली कग्रेसका उमेद्वार उपमेयर भरत गोपालि दुवै संयुक्त गठबन्धनका उमेद्वार क्याम्पस संचालक समितिका पदाधिकारि हुन ।आफू क्याम्पपस संचालक समिति अध्यक्ष भएपश्चात् संस्थाको शैक्षिक तथा पूर्वाधार विकासमा सुधार हुँदै गएको अध्यक्ष विष्टको प्रतिक्रिया छ । क्याम्पसका लागि १ लाख रुपियाँ ३ नम्बर वडा कार्यालयले विनियोजन गरेको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...