jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

ईन्द्रसरोवर वडा नम्बर १, २ र ५ का वडाध्यक्षहरुले बजेट बहिस्कार गरे,

FB_IMG_1689076676444-1689076694.jpg

इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ल्याएको बजेट वडाबाट बहिस्कार भएको छ।

गाउँपालिकाको वडा नम्बर १, २ र ५ का वडाध्यक्षहरुले बजेट बहिस्कार गरेका हुन् । एमालेको अध्यक्ष र उपाध्यक्ष रहेको इन्द्रसरोवरमा कांग्रेसका वडाध्यक्ष तथा वडासदस्यहरुले बजेट बहिस्कार गरेका हुन्।

१ र ५ का वडा अध्यक्षहरुले विज्ञप्ति निकाल्दै बजेट बहिस्कार गरेको बताएका छन्। वडा नम्बर १ का अध्यक्ष सुवास थापा मगरका अनुसार वडाले दिएको कार्यक्रमहरुलाई सम्बोधन नगरिएको र एकलौटी ढंगले अध्यक्षले बजेट बनाएको आरोप छ।

गाउँ पालिकाको १२ औँ सभामा वडा नं। १ को वडा बासीको हितका लागि ‘प्रयोग मैत्री संरचना, स्वास्थ्य शिक्षा, पर्यटन र कृषि समतामुलक विकास इन्द्रसरोवरको समृद्धि’ भन्ने नारा लाई सम्बोधन नगरेको भन्दै वडाध्यक्ष मगरले चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार श्रोत सुनिश्चत नगराई बजेट तयार गरिएको छ।

त्यसै गरी वडा नम्बर ५ का वडाध्यक्ष दुत राज तितुङ्गले गाउँ पालिकाले हाल्ने योजनाहरु र वडाले हाल्ने योजनाहरु सभामा प्रस्तुत हुनु अगावै छलफल गरि टुङ्याउनु पर्नेमा पालिका टिम एकलौटी रुपमा अगाडि बढ्न खोज्दा महत्वपूर्ण बिषय शीर्षकहरु छुटेको बताए।

वडासँग समन्वय नगरी बजेट बनाइएकोले आफूहरु त्यो बजेट स्वीकार गर्न सक्ने स्थितीमा नरहेको उनले बताए। ‘एकलौटी ढंगले बजेट ल्याउने प्रवृत्तिमा सुधार गराउनको लागि सचेत गराउन बजेट बहिस्कार गरेका हौँ,’ वडाध्यक्ष तितुङ्गले भने।’

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...