jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

इन्द्रसरोवर गाउँपालिकाकाे विकासका लागि मन्त्री  फुयालसँग छलफल


बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालसँग इन्द्रसरोवरमा छलफल भएको छ । मन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा इन्द्रसरोवर गाउँपालिका वडा नं. २ कुलेखानीमा बैठक गरिएको हो । इन्द्रसरोवरमा जल महोत्सव गरी इन्द्रसरोवरलाई जल क्रियास्थलको रुपमा विकास गर्ने, इन्द्रसरोवरको कुलेखानीदेखि मार्खुसम्मको क्षेत्रमा सडक सौन्दर्यीकरण गर्ने, जनसमुदायको परिचालन गरी मार्खुसम्मको बाटो सफा गर्ने, फुल र विरुवा रोप्ने, स्मारक निर्माण गर्ने, कुलेखानी देखि हुमाने सडक सुधार गर्ने लगायतका विषयमा छलफल गरिएको हो । व्यवस्तताका कारण आज प्रस्तुत गरिएको प्रस्ताव तथा विषयमा यहि मंसिर १२ गते बृहत छलफल गर्न योजना तर्जुमा बैठक बस्ने गरी मिति तय गरिएको छ । आज भएको बैठक र बैठकका विषयलाई पूर्णता दिन आगामी १२ गतेको लागि तयारी गरिने गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताउनु भएको छ ।
इन्द्रसरोवर ताल वरपरको क्षेत्रमा सरसफाइ गर्न होटल व्यवसायी, स्थानीय, जनप्रतिनिधिहरु सबै जिम्मेवार हुुनुपर्ने मन्त्री फुयालले बताउनुभयो । बागमती प्रदेशको सपना ‘वातावरणमैत्री बागमती प्रदेश’ बनाउने रहेको बताउँदै विद्युतीय वस चलाउने, पोष्ट बहादुर बोगती सुरुङ मार्ग निर्माण, भैसे–भिमफेदी सडक विस्तार लगायतका कार्य भैरहेको र टेन्डर गर्न बाँकी रहेको काम पनि चाँडै टेन्डर गर्ने मन्त्री फुयालले बताउनुभयो । स्थानीय, प्रदेश र सघीय सरकारको समन्वयमा विकासका विविध काम भइरहेको भएपनि विकास निर्माणका लागि जनसमुदायको पनि एउटा महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै मन्त्री फुयालले जनसमुदायलाई बाटोमा पानी नपठाउन आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारले हिउँदमा सडक सफाईको जिम्मा लिनुपर्ने बताउनुभयो ।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सञ्चालित बैठकमा श्री क्युवेक व्याट्रि नं. १ राजदल गणका प्रमुख मेजर शशी बुढाथोकी, वडा नं. २ का वडाध्यक्ष राजुमान महर्जन, वडा नं. ४ का वडाध्यक्ष धनवीर स्याङ्तान, वडा नं. २ का वडा सदस्य बैकुण्ठ थापामगर, समाजसेवी देवकृष्ण पुडासैनी, गाउँपालिकाका कर्मचारी लगायत विभिन्न वडाका युवा क्लब र सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...