pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

आज मकवानपुरमा कोरोना संक्रमण शुन्य, आजै ४१ जनाले जिते कोरोना

मकवानपुरमा आज कोरोना संक्रमण हुनेको संख्या ‘शुन्य’ रहेको छ ।

जिल्लामा आज १४ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको संख्या ‘शुन्य’ अर्थात कसैलाई पनि कोरोना संक्रमण पुष्टि नभएको हो ।

आईतबार एन्टीजेनबाट १४ जनामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेको संख्या शुन्य रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

आज हेटौंडा उपमहानगरपालिका भित्रका १२ जना र मनहरी गाउँपालिका भित्रका २ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

यसैगरि आज जिल्लामा कोरोना जित्नेको संख्या ४१ जना रहेका छन् । घरमा उपचाररत ३५ जना र संस्थागत आइसोलेसनमा उपचाररत ५ जना संक्रमित गरी ४१ जनाले कोरोना जितेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा हालसम्म १४ हजार ५ सय ४ जनामा कोरोना पुष्टि भएको छ भने १४ हजार १ सय २५ जनाले कोरोना जितेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर १ की ९३ वर्षीया वृद्धा महिला रहेकी छन् ।

वृद्धाको शनिबार साँझ उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै कोरोनाको कारण मनहरी भित्रका मृत्यु हुनेको संख्या १२ जना पुगेको छ भने जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको सख्या १ सय ५७ पुगेको कार्यलयले जनाएको छ ।

जिल्लामा हाल १ सय ४९ जना संक्रमित घरमा र २९ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...