kirsi-samaagri-utpaadan-1733404658.png
Friday, 14 Feb, 2025
krishi-suchana-1732709378.png

राजनीति

आजदेखि लम्पिस्किन बिरुद्धको सप्ताहब्यापी खोप अभियान सुरु,

IMG-20240701-WA0004-1723215824.jpg

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आजदेखि प्रदेशका १३ जिल्लामा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन मन्त्रालयले श्रावण २५ देखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस अभियान अन्तर्गत प्रदेशका ७६ हजार २ सय ७५ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने तयारी रहेको बताइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु मार्फत खोप अभियान सञ्चालन हुनेछ । मकवानपुरगढी स्थित कृषि फार्ममा रहेको गाईलाई खोप लागाएर मन्त्रालयले अभियानको औपचारिक सुरुवात गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री प्रकाश श्रेष्ठले प्रदेशको ६६ वटै निर्वाचन क्षेत्रमा खोप अभियानलाई तीव्रता दिइने बताउनुभयो । लम्पी स्किन रोगलाई नियन्त्रण भन्दा पनि निर्मुल पार्ने उद्देश्यले खोप दिन लागिएको उहाँको भनाई छ ।
नेपालमा लम्पी स्किन रोगका कारण ७५ अर्ब ४८ करोडको आर्थिक क्षती भएको तथ्यांक छ । लम्पी स्किन रोगको खास उपचार नभएकाले यसको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी पद्धति खोप नै रहेको मन्त्रालयले जनाएको छ ।

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
जनयुद्ध दिवसमा थाहामा रक्तदान सहित दिप प्रज्वलन
1739499186749-1739499317.jpg

नेकपा (माओवादी केन्द्र)का भातृ संगठनहरु र नेकपा माओवादी केन्द्र थाहा नगर र वडा कमिटीहरुले संयुक्त रुपमा ३० औं...

थाहा नगरपालिकाको वेबसाइट इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा,
DSCN4807-1739444515.JPG

मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेन ...

जनयुद्ध दिवसको ऐतिहासिक आवश्यकता र आजको महत्व
FB_IMG_1739411179947-1739411195.jpg

फागुन १ गते जनयुद्ध दिवस नेपालको ऐतिहासिक दृष्टिकोणमा अत्यन्त महत्वपूर्ण दिन हो। यो दिन २०५२ सालको फागुन १ गते...

सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1739199281537-1739199404.jpg

थाहा नगरपालिका वडा न २ महादेवस्थानमा अवस्थित सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा,शैक्षिक...

थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर
FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन...

काङ्ग्रेस सह महामन्त्री डिनाको पहलमा थानाबजार पुलको मुख,चल्ती सडकको स्तरोन्नति शुभारम्भ
FB_IMG_1739192287147-1739192304.jpg

थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको उपाधी वडा न ७ लाई
476407297_152738977128385-1739017863.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ। २६ माघमा थाहा...

चित्लाङ थानकोट सडक कालोपत्रे गर्न १५ करोडको ठेक्का आह्वान
FB_IMG_1735712432242-1738933147.jpg

थाहा नगरपालिकाको आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको फाइनलमा वडा न १ र ७
FB_IMG_1738929855988-1738929867.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ७ र१ उपाधिको लागि  भिड्ने भएका छन ।  २५ गते...