pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

आग्रा स्वास्थ्य चौकी भवन निर्माणको आम्दानी खर्च सार्वजनिक
३० हजार १ सय ३४ रुपैयाँ बचत

साउन १९/च्वाइस नेपाल र थाहा नगरपालिकाको संयुक्त लगानीमा थाहानगरपालिका ८ मोरियामा निर्माण भएको स्वास्थ्य चौकी भवनको निर्माणका क्रममा भएका आम्दानी र खर्चको बिवरण मंगलबार सार्वजनिक गरिएको छ ।

स्वास्थ्य चौकी भवन निर्माण समितिका अध्यक्ष उत्तम थापाको अध्यक्षता एवम्  वडा अध्यक्ष टीकाराम रुम्बाको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्पुर्ण आय ब्यय बिवरण सार्वजनिक गरिएको हो ।

१ करोड ५२ लाखमा निर्माण सम्पन्न गर्ने गरि स्टमेट गरिएको स्वास्थ्य चौकी भवनको निर्माणमा क्रममा १ करोड ५० लाख १९ हजार नगद प्राप्त भएकोमा १ करोड ४९ लाख ८८ हजार ८ सय ६६ रुपैयाँ खर्च भएको आज सार्वजनिक गरिएको आम्दानी खर्च विवरणमा उल्लेख गरिएको छ ।

निर्माण सम्पन्न हुँदा ३० हजार १ सय ३४ रुपैयाँ बचत भएको निर्माण समितिका अध्यक्ष उत्तम थापाले बताउनुभयो ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि च्वाईस नेपालले १ करोड र थाहा नगरपालिकाले ५० लाख लगानी गरेको च्वाइस नेपालका प्रताप घिमिरेले बताउनुभयो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा च्वाईस नेपालका कुल चन्द्र तिवारी, प्रताप घिमिरे, वडा सदस्यहरु, इन्द्रायणी माबिका प्रधानाध्यापक नारायाण बहादुर कार्की, अनुगमन समितिका पदाधिकारी, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...