pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

आग्रा स्पोर्ट्सले दुईवटा घैटो र कोब्रा ग्याङले एउटा घैटो फुटाउदै सक्कियो यस बर्षको कृष्ण जात्रा

FB_IMG_1755481642031-1755481654.jpg

मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा आयोजित घैटो फुटाई प्रतियोगितामा आग्रा स्पोर्टस् पहिलो भएको छ । प्रथम भएसँगै नगद ३० हजारसहित पुरस्कार पाएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना शिखरकोट कृष्ण मन्दिर परिसरमा हुने प्रतियोगितामा कोब्रा ग्याङ थाहा–४ दोस्रो भएको छ । दोस्रो हुने टिमले नगद २० हजार पुरस्कार पाएको छ ।
प्रतियोगितामा तेस्रो पुरस्कार पनि आग्रा स्पोर्टले नै हात पारेको छ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टिमले नगद १५ हजार पुरस्कार पाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः साझा रोडा ढुङ्गा उद्योगका उद्योगपति रामराजा केसी, श्री रम्बा देवी स्याण्ड एण्ड एग्रीग्रेटस प्राईभेट लिमिटेड थाहा ८ का सञ्चालक अर्जुन थापा र गोरखनाथ बालुवा प्रसोधन केन्द्रका प्रोपाइटर सन्तोष बिष्टले प्रायोजन गरेका थिए ।
प्रतियोगिताको लागि तीन दिन्दाभिन्दै स्थानमा घैटो झुण्ड्याइएको थियो । पुरस्कार वितरण, फुड फेस्टिबल तथा जात्रा समापन समारोह बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यताामा भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, प्रमुख प्रशासकीइ अधिकृत सुरेन्द्र प्रधान, स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु, वडाध्यक्ष तथा जनप्रतिनीधिहरुलगायतको आतिथ्यता रहेको थियो ।
मेलामा थाहानगर सहित मकवानपुरका इन्द्रसरोवर, भीमफेदी, हेटौंडा, कैलाश गाउँपालिका तथा धादिङका समेत दर्शकहरु आएका थिए । थाहानगरमा यसकिसिमको प्रतियोगिता २८ वर्षअघि वि.सं. २०५४ सालबाट शुरु भएको हो । मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेको थियो।
मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि  टिम टेलिभिजन,थाहापाटी,पालिका प्रेस,थाहा टाइम्स,नागरिक समाचार,साझाकुरा दैनिक,सत्मार्ग अनलाइन मेलाका अफिसियल मिडिया रहेको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg