Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

 “टिष्टुङ महोत्सब–२०७५” पहिचान स्थापित तथा सम्पदाहरुको प्रवद्र्घन गरिने
महोत्सब भव्य हुने, मुख्यमन्त्री डोरमणि पौडेलवाट उद्घाटन

295925_10150312391906324_-1537009768.jpg

     थाहा नगरपालिकामा टिष्टुङको ईतिहास पहिचान तथा सम्पदाहरुको प्रवद्र्घनका लागि आयोजित “टिष्टुङ महोत्सब–२०७५” भव्यताका साथ सम्पन्न गर्नका लागि तयारि तथा छलफल तिव्र पारिएको छ । 
     ‘ऐतिहाँसिक टिष्टुङको पहिचान, सम्वृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नाराको साथ यहि २४ देखि २७ असोजसम्म आयोजना हुने महोत्सवको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलवाट उद्घाटन हुने आयोजकले जानकारी दिएको छ । थाहा नगरपालिका वडा नम्बर ६को बजार क्षेत्रमा आयोजित महोत्सबको बज्रवाराही बजार व्यवस्थापन समिति र न्हुः दया भिन्तुना मूल समारोह समितिले संयुक्त रुपमा गर्न लागेको हो । महोत्सव नजिकिदै जाँदा आयोजक समिति अहिले विभिन्न संघ÷संस्थाहरुसँग भेटघाट तथा छलफलमा ब्यस्त भैरहेको छ ।
टिष्टुङको पहिचान, प्रवद्र्घन तथा थाहा नगरको समृद्घिको लागि आयोजना गरिएको महोत्सव आयोजक मूल समारोह समितिले जानकारी गराएको छ । महोत्सब आयोजक मूल समारोह समितिले २५ भाद्रमा बज्रवाराहीमा पत्रकार सम्मेलन गरेर महोत्सवको बिषयमा जानकारी दिएको छ ।
    ऐतिहासिक टिस्टुङ चिनाउनुका साथै महोत्सबमा आउनेले आँखा भरी टिष्टुङको चित्र तथा मन भरी टिष्टुङको माया बोकेर जाने बातावरणहुने किसिमले तयारी भैरहेको मूल आयोजक समारोह समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनु भएको छ । संयोजक श्रेष्ठले यो महोत्सब व्यापारको लागि नभई टिष्टुङ चिनाउनुको साथै थाहाको समृद्घिको लागि महोत्सव आयोजना गरिएको वताउनु भयो । थाहा नगरको “कृषि पर्यटन पूर्वाधार थाहा नगरको समृद्घिको आधार” नारा रहेको छ, प्रदेशले घुम्न जाउँ दामन बर्ष घोषण गरेको छ, पर्यटन वोर्डले कुन्छाल गाउँलाई पर्यटन गाउँ घोषणा गरेको अवस्थामा यसको प्रचारको लागि हरेक ठाउँवाट सक्दो लागि पर्नु पर्ने संयोजक श्रेष्ठले बताउनु भयो । संयोजक श्रेष्ठले गन्तव्य टिष्टुङ भएता पनि सिङ्गो थाहा नगरको साथै मेलामा टिष्टुङ्ग, पालुङ्ग, चित्लाङ्ग र मार्खुका साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको प्रदर्शनी गरिने र नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोवरजलयात्रा र खुल्ला आँखाले विश्वका ८ उच्च  हिमालको दृश्यावलोकन गर्न सकिने कुराको समेत पर्यटन प्रवर्धन हुने वताउनु भयो । महोत्सवलाई व्यवस्थित रुपमा संचालनको मूल समारोह समिति र अरु विविध २९ वटा विषयगत उपसमितिहरु गठन भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । महोत्सवका लागि स्थानीय व्यवसायीहरु, राजनीतिक दल, वडा समिति लगायत सरोकारवालाहरुसँग व्यापक छलफल भइरहेको संयोजक श्रेष्ठले बताए । Image may contain: mountain, sky, cloud, outdoor and nature
    २६ बर्ष अगाडी देखि वार्षिक रुपमा नेपाल संवतलाई उत्सवको रुपमा मनाउँदै आएको टिष्टुङको सोही उत्सवलाई यस बर्षवाट महोत्सवको रुपमा संचालन गर्न लागिएको थाहा नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष सशिधर सुवेदीले जानकारी दिनु भयो । यहाँको उत्पादन लाई बजारी करण गर्नका लागि महोत्सब फलदायि हुने भन्दै वडा अध्यक्ष सुवेदीले आउने पर्यटकका लागि स्थानिय स्तरमा पानि घट्टा हेर्ने सुविधा तथा पिसेको पिठो लान पाइने व्यस्था रहे वताउनु भयो । 
    पुर्णतया मौलिक पहिचान दिने गरी आयोजना हुने टिष्टुङ महोतसवमा स्थानीय पहिचान र उत्पादनको प्रवद्र्धन गरिने स्टलको साथै ऐतिहाँसिक सम्पदाको फोटो तथा चित्र प्रदर्शनी रहने न्हुः दँ ११३९ का संयोजक तथा मूल समारोह समितिका उपाध्यक्ष प्रमोद जोशीले जानकारी दिनु भयो । हाकु पटासि, हातले कुटेको टाइचिन चिउरा, गुन्द्रुक, किवि, गोलभेंडा लगायत अर्गानिक उत्पादनलाई प्रदर्शनीमा राखि बजारसम्म जोड्नको लागि महोत्सव फलदायी हुने जोशीले वताउनु भयो । थाहा नगरको साथै छिमेकी ईन्द्रसरोवर गाउँपालिकाको समेत पर्यटन प्रवद्र्धनका लागि योगदान पुग्ने महोत्सवले पर्यटन वर्ष २०२० को लागि टिष्टुङ गन्तव्य बन्ने जोशीले जोशीले बताउनु भयो । 
    चार दिनको मेलाले भावि दिनको मार्ग निर्देश गर्ने भन्दै कृषि तथा घरेलु उद्योगको प्रवर्धनको साथै वाहिरबाट आउने पर्यटकलाई केहि न केहि लियर जाने वाताबरण बनाउने, वडा स्तरको पर्यटन समिति वनाउदै प्रवद्र्घनात्मक कार्यक्रम सञ्चालन गरिने उद्देश्य रहेको संयोजक श्रेष्ठले वताउनु भयो । कार्यक्रममा स्थानिय मौलिम वाजागाजा साँस्कृतिक प्रदर्शनीको साथै स्थानीय नै राष्ट्रिय कलाकार भएको र हाम्रो पहिचान भएकोले स्थानिय कलाकार लाई प्राथमिकता दिइने तर अरु कलाकारहरु आउँदै नआउने भन्ने होइन श्रेष्ठले बताउनु भयो । महोत्सवमा सरस्वती बजारको करिब २ सय मिटर बजार क्षेत्र पुरै सजाइनेछ । स्थानीय व्यवसायीहरुले आआफ्नो पसल विशेष सजाओटका साथ रेट लिष्ट सहित सामानहरु प्रदर्शन तथा विक्री गर्ने छन् । यसरी सजिने पसलको संख्या एक सयको हाराहारीमा हुने आयोजकको भनाइ छ । यसको अलवा ६० वटा नयाँ प्रवद्र्घनात्मक स्टल रहने बताइएको छ भने थाहा नगरपालिका तथा इन्द्र सरोवरका लागि स्टल दिइने ब्यवस्था भएता पनि स्थानिय स्तरमा उत्पादन नहुने तर प्रयोग हुने बस्तुहरुको स्टल भने बाहिरवाट पनि रहने बताइएको छ । छिमेकी जिल्लाहरुवाट अवलोकन भ्रमण सहितको प्याकेजमा आउने खवरहरु प्राप्त भैरहेकोले करिब १ लाखले महोत्सव हेर्ने आयोजकले विश्वास लिएको छ ।
महोत्सवको १५ सदस्यीय सचिवालय सहित २९ उप समिति गठन भइसकेको छ । महोत्सवका लागि २१ लाख ५० हजार रुपियाँ लागत लाग्ने आयोजकको अनुमान रहेको छ । महोत्सवको संरक्षक थाहा नगरपालिका रहेको छ । महोत्सवको सम्पूर्ण आम्दानी खर्च नेपाल संवत ११३९ को दिन कार्तिक २२ गते आयोजकले सार्वजनिक गर्ने जनाएको छ । 
    पुरानो प्रसाशनिक र बोलीचालीको नाम टिष्टुङ, पछि बज्रबाराही र हाल थाहानगरकाको वडा नम्बर –१ र ६को रुपमा रुपान्तरण भएको क्षेत्र हो । लिच्छवीकालका महत्वपूर्ण शीलालेख, भटुवालको कोलटारमा रहेको अंशुवर्माको शीलालेख हँसिया उध्याउने ढुंगाको रुपमा परिणत भइसकेको छ भने पाल्चोक स्थित बज्रबाराही मावि परिसरमा रहेको नरेन्द्रदेवको शीलालेख पनि जिर्ण रहेकोछ । लिच्छवीराजा नरेन्द्रदेवले बस्ती बसालेको इतिहासमा उल्लेखित स्थान आदिवासी गोपालवंशको सन्तान गोपालीको बसोवास पृथक कला र सँस्कृति, मल्लकालबाट सुरु भएका विभिन्न नाच तथा जात्राहरु चलिरहेका छन् । 

444-1537009769.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png