Monday, 20 May, 2024
अपडेट

 वर्षाका कारण मकवानपुरमा ५ हजार परिवार खतराको सूचिमा

images-1532852886.jpg

      आईतबारदेखि ३ दिन सम्म लगातार भारी वर्षा हुने पुर्वअनुमान सँगै  मकवानपुरमा पनि उच्च सुरक्षा सतर्कता जारी गरिएको छ । वर्षाका कारण हुनसक्ने बाढीपहिरो र तथा अन्य प्राकृतिक विपत्तिका घटना भएमा तत्काल उद्दार र राहतको लागि मकवानपुरमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

जिल्ला विपद व्यवस्थापन समिति मकवानपुरका अनुसार मकवानपुरमा ५ हजार परिवारका २५ हजार जनसंख्या विपदजन्य घटनामा प्रभावित हुन सक्ने आँकलन समेत गरेको छ । मकवानपुरमा खहरे खोला र पहिरोको उच्च जोखिम रहेको विपद व्यवस्थापन समितिको भनाइ छ । केही समथर भागहरुमा डुबानको समस्या रहेको र चट्याङबाट पनि मकवानपुर बढी प्रभावित भइरहने जिल्ला अन्तर्गत पर्छ । विपदका घटना हुन सक्ने स्थानको समेत पहिचान गरी त्यस क्षेत्रमा हुनसक्ने जुनसुकै विपत्तिको घटनामा क्षति न्युनीकरण तथा उद्वार र राहत पुराउनका लागि समितिले सम्पूर्ण तयारी समेत गरेको बताइएको छ ।

 
जिल्लास्थित सरोकारवालाहरुको सहभागितामा मनसुन आपतकालीन योजना–२०७५ समेत तयार गरी विपदमा परेकाहरुलाई उपचार, बास, खाद्यान्न, कपडालगायतको सामाग्री तत्काल व्यवस्थापन गर्न र तत्काल उद्वार गर्न जिल्लास्थित सरोकारवालाको सहभागितामा ८ वटा क्लष्टर बनाएर तयारी भइसकेको जानकारी दिइएको छ ।

मकवानपुरका १० वटै स्थानीय तहका प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । समितिले विपद पर्ने बित्तिकै उद्वारमा लाग्ने, सुरुको तहको राहत उपलब्ध गराउने, सूचना संकलन गरी जिल्लामा पठाउने लगायतको काम गर्ने गरी जिम्मेवारी दिइएको छ । भूकम्पपछि जोखिममा परेको कैलाश गाउँपालिकाको एक बस्तीलाई सार्ने तयारी समेत अघि बढेको समितिको भनाइ छ ।

     


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...