jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

‘संविधानको रक्षा र विकासका लागि गठबन्धनलाई जिताऔं’

Kumari-Moktan-IndraSaroba-1667915454.jpg

नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकारले गाउँगाउँसम्म बजेट लगेर विकास गरेकाले जनताले जिताउँने बताउँनुभएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका ४, राकस खोलामा मंगलबार आयोजित चुनाबी कोणसभामा बोल्दै उहाँले गठबन्धन सरकारले जनमैत्री नीति, योजना र बजेट ल्याएकाले लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनुको विकल्प पनि नभएको दाबी गर्नुभयो ।
‘गठबन्धनको सरकार आएपछी कलंकीबाट हुमानेसम्म बाटो निर्माणको लागि १८ करोड, खानेपानीको लागि २५ लाख बजेट हालेका छौ,’ उहाँले भन्नुभयो, ‘हेटौंडादेखी काठमाडौं जाने बाटोको लागि ३१ करोड बजेट गठबन्धनकै सरकारले हालेको हो ।’
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनुभएको उहाँले उक्त क्षेत्रमा आफुले बजेट विनियोजन गर्न पहल गरेकाले चुनाबमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘दाबीको साथ भन्छु गठबन्धनको सरकार नभएको भए यहाँ यत्तिको बजेट आउने थिएन,’ उहाँले भन्नुभयो । सबै धर्म, समुदाय र क्षेत्रलाई समान रुपमा हेरी बजेट हालेकाले अब कांग्रेस, माओवादी र समाजवादीकै गठबन्धन सरकार बन्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार रामचन्द्र बल, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका मकवानपुर सहसचिव जीवन लामा, राक्सीराङ गाउँपालिका १ का निर्वतमान वडा अध्यक्ष जमान सिंह वाइवा लगायतले संविधानको पूर्ण कार्यान्वयन र विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँन आग्रह गरेका थिए ।
यसैबिच, लोकतान्त्रिक बाम गठबन्धनले ईन्द्रसरोबर गाउँपालिका ५, पौवामा पनि चुनाबी सभा आयोजना गरेको छ । कार्यक्रम नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धन अनुगमन समितिका जिल्ला संयोजक ललित बस्नेतको प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा भएको थियो । कार्यक्रम नेपाली काँग्रेस ईन्द्रसरोबर गाउँपालिकाका सभापती विश्वलाल लामाको अध्यक्षतामा भएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...