pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

‘संविधानको रक्षा र विकासका लागि गठबन्धनलाई जिताऔं’

Kumari-Moktan-IndraSaroba-1667915454.jpg

नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकारले गाउँगाउँसम्म बजेट लगेर विकास गरेकाले जनताले जिताउँने बताउँनुभएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका ४, राकस खोलामा मंगलबार आयोजित चुनाबी कोणसभामा बोल्दै उहाँले गठबन्धन सरकारले जनमैत्री नीति, योजना र बजेट ल्याएकाले लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनुको विकल्प पनि नभएको दाबी गर्नुभयो ।
‘गठबन्धनको सरकार आएपछी कलंकीबाट हुमानेसम्म बाटो निर्माणको लागि १८ करोड, खानेपानीको लागि २५ लाख बजेट हालेका छौ,’ उहाँले भन्नुभयो, ‘हेटौंडादेखी काठमाडौं जाने बाटोको लागि ३१ करोड बजेट गठबन्धनकै सरकारले हालेको हो ।’
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनुभएको उहाँले उक्त क्षेत्रमा आफुले बजेट विनियोजन गर्न पहल गरेकाले चुनाबमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘दाबीको साथ भन्छु गठबन्धनको सरकार नभएको भए यहाँ यत्तिको बजेट आउने थिएन,’ उहाँले भन्नुभयो । सबै धर्म, समुदाय र क्षेत्रलाई समान रुपमा हेरी बजेट हालेकाले अब कांग्रेस, माओवादी र समाजवादीकै गठबन्धन सरकार बन्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार रामचन्द्र बल, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका मकवानपुर सहसचिव जीवन लामा, राक्सीराङ गाउँपालिका १ का निर्वतमान वडा अध्यक्ष जमान सिंह वाइवा लगायतले संविधानको पूर्ण कार्यान्वयन र विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँन आग्रह गरेका थिए ।
यसैबिच, लोकतान्त्रिक बाम गठबन्धनले ईन्द्रसरोबर गाउँपालिका ५, पौवामा पनि चुनाबी सभा आयोजना गरेको छ । कार्यक्रम नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धन अनुगमन समितिका जिल्ला संयोजक ललित बस्नेतको प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा भएको थियो । कार्यक्रम नेपाली काँग्रेस ईन्द्रसरोबर गाउँपालिकाका सभापती विश्वलाल लामाको अध्यक्षतामा भएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg