pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

५ दलिय गठबन्धनको संयुक्त चुनाबी कार्यक्रम सुरु

309414802_113575193732151-1665926969.jpg

५ दलिय गठबन्धनको संयुक्त चुनाबी कार्यक्रम सुरु हेटौंडा,३० असोज एकीकृत नेपाल कम्युनिष्ट पार्टी समाजबादीका नेता एबम् पुर्ब स्वास्थ्यमन्त्री एबम् मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यको लागि ५ दलिय गठबन्धनका साझा उम्मेदवार बिरोध खतिवडाले उमेर भन्दा पनि काम गर्न सक्ने क्षमता र बोक्ने एजेण्डामा मतदान गर्नुपर्ने बताउनुभएको छ । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । युवालाई मतदान भन्दै मत माग्नेले १ क्षेत्रमा युवा र अर्को क्षेत्रमा बुवा उम्मेदवार उठाएको उहाँको भनाई छ । ब्यबस्था परिबर्तको लागि भएको जनआन्दोलनका सहिद बासुदेबको साहिकमा गएर फोटो खिच्ने र बासुदेबलाई गोली हान्न लगाउने कमल थापालाई बोकेर मत माग्ने नेकपा एमाले जाली भएको उहाँको आरोप छ । जनआन्दोलन र शहिदहरुको न्यायको निम्ती पनि एमालेलाई मतदान गर्न नहुने तर्क उम्मेदवार खतिवडाको रहेको छ । उहाँले मकवानपुरको विकासको लागि आफुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । नेपाली काँग्रेसकी सहमहामन्त्री एबम् मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधीसभा सदस्यको लागि ५ दलिय गठबन्धनको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना)ले बर्तमान ब्यबस्था बिरोधीलाई यही ब्यबस्था रक्षाको निम्ती मतदान गर्न नहुने बताउनुभएको छ । बर्तमान अबस्था प्राप्तीको निम्ती भएको जनआन्दोलनमा दमन गर्नको लागि महत्वपुर्ण भुमिका खेलेको ब्यक्तीलाई मतदान गर्न नहुने नेता उपाध्यायले बताउनुभयो । समग्र बिकासको लागि आफ्नो उम्मेदवारी रहेको उहाँको तर्क छ । गठबन्धनका साझा उम्मेदवारहरु नै ५ दलको उम्मेदवार भएकोले ५ वटै दलको उम्मेदवार मकवानपुरमा रहेको उहाँको भनाई छ । चुनाब चिन्ह भन्दापनि दल र उम्मेदवार महत्वपुर्ण रहेकोले निर्बाधरुपमा साझा उम्मेदवारहरुलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताउनुभएको छ । उहाँले ५ वटै दलहरुको तर्फबाट उम्मेदवार बनेको कारण आफुहरु संयुक्त उम्मेदवार भएकोले कुनै क्षेत्रमा कुनै दलको उम्मेदवार हुनु नहुनु भन्दापनि सबै क्षेत्रमा संयुक्त उम्मेदवार भएकोले ५ वटै दलको सबै क्षेत्रमा उम्मेदवार भएको बताउनुभयो । मंसिर ४ गतेको चुनावपछी बन्ने गठबन्धनको सरकारमा आफ्नो दलको उपस्थिती संझेर पनि मत हाल्नको लागि मोक्तानले अनुरोध गर्नुभयो । रगतसंग साँटेर ल्याएको ब्यबस्थाको कारण परिबर्तन सम्भब भएको उहाँको भनाई छ । ब्यबस्था परिबर्तन भएको तर अब अबस्था परिबर्तनमा आफु लागिपर्ने उहाँले बताउनुभयो । सामाजिक बिभेदको अन्त्य गर्दै जनताको लागि जनताले नै संबिधान बनाएको र अब यहि संबिधानको रक्षाको लागि गठबन्धनको आबश्यक्ता रहेकोले गठबन्धन भएको मन्त्री मोक्तानले जनाउनुभयो । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) ले मकवानपुरका माओबादी कार्यकर्ताहरुलाई गठबन्धनमा मतदान गर्न निर्देशन दिनुभएको छ । उहाँले आफ्नो दलका उम्मेदवार नभएपनि गठबन्धनको उम्मेदवार साझा उम्मेदवार भएकोले रुखमा मतदान गर्दा हँसिया र कलममा मतदान गर्दा हथौडा सम्झेर मतदान गर्न कार्यकर्तालाई सुझाउनुभयो । बर्तमान आबश्यक्ताले गठबन्धन गरिएको औंल्याउदै उहाँले गठबन्धनका साझा उम्मेदवारलाई जिताउनको लागि र साझा उम्मेदवारलाई आ—आफ्नो दलका उम्मेदवार सम्झनको लागि समेत सबैमा आग्रह गर्नुभयो । आफ्नो ५ बर्षिय सांसद कार्यकालमा संसद विकास कोषको रकमले आफ्नो क्षेत्रमा खास विकास भएको र बाँकी रहेको कार्यभार यसपटक पुरा हुने उहाँको भनाई रहेको छ । मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार रहेको र यही उम्मेदवारहरुको जित सुनिश्चित हुनुको साथै भाबी सरकार निर्माण प्रक्रियामा सहभागी भएर मकवानपुरको विकास हुने उहाँको भनाई रहेको छ । त्यसैगरी गठबन्धनको तर्फबाट मकवानपुरको प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार आनन्दराम पराजुलीले उम्मेदवारी दर्तासंगै आफुहरुको जित शुनिश्चित भएको बताउनुभयो । कुन क्षेत्रमा को उम्मेदवार भन्दापनि सबै क्षेत्रमा रहेको साझा उम्मेदवारलाई मतदान गरिने उहाँको भनाई छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg