jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

हेटौंडा ११ का भूमिहिन तथा अब्यवस्थित बसोबासीसँग माओवादीको अन्तरक्रिया

FB_IMG_1696421409505-1696421476.jpg

हेटौंडा/भूमि आयोगका केन्द्रीय उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नहेन्द्र खड्काले १५ लाख बढि परिवारको भूमि सम्बन्धि समस्या समाधान गरिने बताएका छन् । 
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र मकवानपुरले हेटौंडा ११ मा बुधबार आयोजित भूमि समस्या सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले भने, ‘हामी लालपूर्जाको राजनीति अन्त्य गर्नेगरी काम गरिरहेका छौं । त्यसको लागि स्थानीय तहहरु मार्फत धमाधम काम भइरहेको छ ।’ खड्काले भूमि सम्बन्धि समस्या समाधानको लागि सातसय १४ स्थानीय तहसँग सहकार्यको सहमति भएको र धेरै स्थानीय तहहरुले जग्गा नापजाँचको काम गरिरहेको बताए । 
हालसम्म आयोगले चार हजार तीनसय २८ लालपूर्जा बितरण गरिसकेको र देशभरबाट हालसम्म १३ लाख ५० हजार भूमिहिन र अब्यवस्थित बसोबासीहरुले निवेदन दिएको खड्काले बताए । आयोगले मकवानपुरमा बागमती गाउँपालिकाबाट लालपूर्जा बितरणको काम सुरु गरेको छ । हेटौंडा ११ मा रहेका भूमिहिन तथा अब्यवस्थित बसोबासीहरुको पनि जग्गा नापजाँचको काम सकेर थप प्रक्रिया अघि बढाइएको उनले बताए । 
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले संविधानमा भूमिहिनहरुको अधिकार लेख्न माओवादीले पहल गरेको र सोही आधारमा भूमि आयोगमार्फत भूमिहिन तथा अब्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न काम भइरहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केश घलान, सचिव भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, भूमि आयोग मकवानपुरका सदस्य कमला बिक, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिका इन्चार्ज विवेक राई,नगर उपाध्यक्ष प्रदिप अर्याल, नेताहरु कमानसिं पाख्रिन, अरुण बल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा ११ का भूमिहिन तथा अब्यवस्थित बसोबासीहरुको सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...