pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

हेटौंडा ११ का भूमिहिन तथा अब्यवस्थित बसोबासीसँग माओवादीको अन्तरक्रिया

FB_IMG_1696421409505-1696421476.jpg

हेटौंडा/भूमि आयोगका केन्द्रीय उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नहेन्द्र खड्काले १५ लाख बढि परिवारको भूमि सम्बन्धि समस्या समाधान गरिने बताएका छन् । 
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र मकवानपुरले हेटौंडा ११ मा बुधबार आयोजित भूमि समस्या सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले भने, ‘हामी लालपूर्जाको राजनीति अन्त्य गर्नेगरी काम गरिरहेका छौं । त्यसको लागि स्थानीय तहहरु मार्फत धमाधम काम भइरहेको छ ।’ खड्काले भूमि सम्बन्धि समस्या समाधानको लागि सातसय १४ स्थानीय तहसँग सहकार्यको सहमति भएको र धेरै स्थानीय तहहरुले जग्गा नापजाँचको काम गरिरहेको बताए । 
हालसम्म आयोगले चार हजार तीनसय २८ लालपूर्जा बितरण गरिसकेको र देशभरबाट हालसम्म १३ लाख ५० हजार भूमिहिन र अब्यवस्थित बसोबासीहरुले निवेदन दिएको खड्काले बताए । आयोगले मकवानपुरमा बागमती गाउँपालिकाबाट लालपूर्जा बितरणको काम सुरु गरेको छ । हेटौंडा ११ मा रहेका भूमिहिन तथा अब्यवस्थित बसोबासीहरुको पनि जग्गा नापजाँचको काम सकेर थप प्रक्रिया अघि बढाइएको उनले बताए । 
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले संविधानमा भूमिहिनहरुको अधिकार लेख्न माओवादीले पहल गरेको र सोही आधारमा भूमि आयोगमार्फत भूमिहिन तथा अब्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न काम भइरहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केश घलान, सचिव भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, भूमि आयोग मकवानपुरका सदस्य कमला बिक, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिका इन्चार्ज विवेक राई,नगर उपाध्यक्ष प्रदिप अर्याल, नेताहरु कमानसिं पाख्रिन, अरुण बल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा ११ का भूमिहिन तथा अब्यवस्थित बसोबासीहरुको सहभागिता रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg