jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

हालसम्म पाएको मत आधारमा समानुपातिकमा एमालेको ३४ सिट, जसपाको ४, अरुको कति ?

dal_chinna_INEJip0rVn_c3P-1669361080.jpg

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको मतगणना कार्य जारी रहेको छ । हालसम्म प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र अन्तर्गत १२० क्षेत्रको मतगणनाको परिणाम आइसकेको छ भने समानुपातिक तर्फको मतगणना कार्यपनि जारी रहेको छ । 

 

हालसम्म समानुपातिकतर्फ कूल ३९ लाख ५४ हजार ७७२ मत गणना भएको छ जसमध्ये सर्वाधिक १० लाख ५५ हजार ७५० मत पाएर एमाले पहिलो स्थानमा रहेको छ ।  दोश्रो स्थानमा रहेको कांग्रेसले १० लाख १० हजार ७७१ मत पाएको छ भने तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ९६ हजार ५३५ मत पाएको छ ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ६६ हजार २२९ मत पाएको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ०६४ मत पाएको छ भने छैटो स्थानमा रहेको जसपा नेपालले १ लाख ३१ हजार २२५ मत पाएको छ । 

अहिलेसम्मको गणनाका आधारमा यी दलहरूले मात्र ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् । माथि उल्लेख गरिएको मतका आधारमा समानुपातिक तर्फको ११० सिट बाँडफाँट गर्दा एमालेले सबैभन्दा धेरै र सबैभन्दा कम जसपा नेपालले पाउने देखिन्छ । 

एमालेले समानुपातिकबाट ३४ सिट पाउने देखिन्छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले ३२ सिट पाउने देखिन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिट, माओवादी केन्द्रले १५ सिट, राप्रपाले ८ देखि ९ सिट र जसपा नेपालले ४ सिट पाउने देखिन्छ । 

समानुपातिक तर्फको मतगणना कार्य जारी रहेकोले माथि विभाजन गरिएको सिट संख्यामा सामान्य हेरफेर हुन सक्नेछ ।राटोपाटी बाट 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...