pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

स्थिर सरकारको लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय व्यवस्थाको लागि अभियान चलाउछौं:- प्रचण्ड

FB_IMG_1731171365917-1731171391.jpg

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको लागि अभियान चलाउने बताएका छन्।
मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित यो∙ कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को दोस्रो नगर सम्मेलनको उद्घाटन सत्रमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार भएमा अस्थिरताको सवाल नआउने बताए ।
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा गरिब किसानको ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दोस्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युतभार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे।

मुलुकको समृद्धिका लागि आफ्नो कार्यकालमा बिभिन्न कार्य गरेको बताउँदै प्रचण्डले मुलुकमा परिवर्तनको लहर ल्याएर नै छाड्ने बताए ।
उनले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गर्दै धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको बताए।
उनले थानकोट–चित्लाङ–चन्द्रागिरि सडक (गणेशमान मार्ग) स्तरोन्नतिसहित कालोपत्रे गर्ने, फोदगाउँ बस्ती बचाउको योजनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
बागमती सरकारको लगानीमा कबर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दामगाडे महादेववेशी सडक ९८ करोडको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कुञ्छाल कुलेखानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताए ।

अध्यक्ष प्रचण्ड थाहा नगरमै बस्ने कार्यक्रम रहेको माओवादी केन्द्र थाहा नगरका अध्यक्ष विनोद कुमार लामाले जानकारी दिए । पालुङको सभालाई सम्बोधन पछि थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको शालिकमा माल्यार्पण समेत गरेका थिए।
शनिबारको रात प्रचण्डले बज्रबाराहीको एक होटलमा बिताउने भएका छन् भने थाहाको एतिहासिक गाउँ कुन्छालमा सहिद परिवार र नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
आइतबार पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पालुङमा रहेको जेसीज हलमा माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, केन्द्रीय सदस्य रामनारायण बिडारी, कुमारी मोक्तान, बिजय गौतम्, प्रमिला पुलामी, मानकुमारी पाख्रिन, प्रल्हाद लामिछाने, बाइसीएलका केन्द्रीय इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’, अध्यक्ष सुवोध शेर्पालीसहित केन्द्रीय सदस्य, बागमती प्रदेश अध्यक्षसहितको सहभागिता रहने छ । कार्यक्रममा शहीद तथा बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना, जनयुद्धका घाईते अपांगलाई सम्मान गरिएको थियो ।

FB_IMG_1731171338805-1731171391.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg