pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

सरकारले पुर्णता आज पाउदै,कुन दललाई कति मन्त्रालय ?

CamScanner-०३-३०-1680156199.jpg

सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुंगो लागेको छ । कुन दलले कुन–कुन मन्त्रालय पाउने बिहीबार बिहान टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । 

बुधबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ । जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सहभागी हुने–नहुने अझै अनिश्चित छ ।

कुन मन्त्रालय कसले पाउने भन्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई जिम्मा दिइएको नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले बताए । ‘मन्त्रालयको संख्या टुंगो लागेको छ । आवश्यक गृहकार्य गरेर कसले कुन मन्त्रालय राख्ने भन्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई जिम्मा दिइएको छ । बिहीबार उहाँले प्रस्ताव गर्नुहुन्छ, बिहीबार नै मन्त्रीहरूको शपथको सम्भावना छ,’ भट्टराईले भने ।
बैठकमा विकासे मन्त्रालयमा दलहरूको दोहोरो–तेहेरो दाबी छ । त्यसपछि प्रधानमन्त्रीले आफूले बिहीबार प्रस्ताव पेस गर्ने बताएका थिए । ‘कुन पार्टीलाई कुन मन्त्रालय भन्ने मैले करिब टुंगो लगाएको छु । बिहीबार यसमाथि थप छलफल गरेर निष्कर्षमा पुगौँला,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले केही खुलाएका थिएनन् । ‘गठबन्धनमा आबद्ध दलका नेताहरूसँग वान अन वान वार्ताबाटै मन्त्रालय र संख्या फाइनल गरेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ, तर सार्वजनिक गर्नुभएन । भोलि एकैपटक खबर गरेर शपथका लागि बोलाउने भन्नुभएको छ,’ राउतले भने । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रालयको नाममा अन्तिम सहमति जुटाउन बिहीबार बिहान ८ बैठक बस्ने निर्णय भएको बताए । ‘बुधबार मन्त्रालय टुंगिएको छैन । बिहीबार बिहान ८ बजे बैठक बसेर औपचारिक रूपमा टुंग्याउने र त्यसपछि शपथ गराउने सहमति छ,’ यादवले भने । 
बैठकमा सहभागी अर्का एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले सूचना चुहिने भन्दै ‘वान अन वान’ वार्तामार्फत सबै दलसँग मन्त्रालयको टुंगो लगाएका थिए । ‘भागबन्डा भित्रभित्रै टुंगिएको छ,’ ती नेताले भने, ‘१० दलीय गठबन्धन भएकाले सामूहिक छलफलमा प्रधानमन्त्रीज्यू पूर्ण रूपमा विश्वस्त हुन सक्नुभएन । त्यसैले भागबन्डा सबैका अगाडि सार्वजनिक गरिएन । सबै दलसँग पालैपालो बेग्लाबेग्लै छलफल भयो । बाँकी बिहीबार एक–एक गरी सबै दललाई खबर गर्ने र शपथग्रहण गराउने बताउनुभयो ।’ 
मन्त्रालय टुंगिन बाँकी रहेको प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले बताए । ‘बिहीबार मन्त्रालय टुंग्याएर शपथको सम्भावना छ । मन्त्रालयको संख्यामा पनि केही तलमाथि हुन सक्छ । रास्वपालाई पनि सरकारमा ल्याउने प्रयास जारी नै छ,’ उनले भने । 

राष्ट्रपति कार्यालयले भने बिहीबार शपथबारे कुनै जानकारी नआएको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार शपथको तयारीका लागि राष्ट्रपति कार्यालयमा कुनै जानकारी नआएको बताए । ‘बिहीबार मन्त्रीहरूको शपथ हुने भन्ने कुनै जानकारी राष्ट्रपति कार्यालयमा आएको छैन,’ उनले भने ।

कुन दललाई कति मन्त्रालय ?

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg