jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

सरकारले पुर्णता आज पाउदै,कुन दललाई कति मन्त्रालय ?

CamScanner-०३-३०-1680156199.jpg

सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुंगो लागेको छ । कुन दलले कुन–कुन मन्त्रालय पाउने बिहीबार बिहान टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । 

बुधबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ । जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सहभागी हुने–नहुने अझै अनिश्चित छ ।

कुन मन्त्रालय कसले पाउने भन्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई जिम्मा दिइएको नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले बताए । ‘मन्त्रालयको संख्या टुंगो लागेको छ । आवश्यक गृहकार्य गरेर कसले कुन मन्त्रालय राख्ने भन्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई जिम्मा दिइएको छ । बिहीबार उहाँले प्रस्ताव गर्नुहुन्छ, बिहीबार नै मन्त्रीहरूको शपथको सम्भावना छ,’ भट्टराईले भने ।
बैठकमा विकासे मन्त्रालयमा दलहरूको दोहोरो–तेहेरो दाबी छ । त्यसपछि प्रधानमन्त्रीले आफूले बिहीबार प्रस्ताव पेस गर्ने बताएका थिए । ‘कुन पार्टीलाई कुन मन्त्रालय भन्ने मैले करिब टुंगो लगाएको छु । बिहीबार यसमाथि थप छलफल गरेर निष्कर्षमा पुगौँला,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले केही खुलाएका थिएनन् । ‘गठबन्धनमा आबद्ध दलका नेताहरूसँग वान अन वान वार्ताबाटै मन्त्रालय र संख्या फाइनल गरेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ, तर सार्वजनिक गर्नुभएन । भोलि एकैपटक खबर गरेर शपथका लागि बोलाउने भन्नुभएको छ,’ राउतले भने । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रालयको नाममा अन्तिम सहमति जुटाउन बिहीबार बिहान ८ बैठक बस्ने निर्णय भएको बताए । ‘बुधबार मन्त्रालय टुंगिएको छैन । बिहीबार बिहान ८ बजे बैठक बसेर औपचारिक रूपमा टुंग्याउने र त्यसपछि शपथ गराउने सहमति छ,’ यादवले भने । 
बैठकमा सहभागी अर्का एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले सूचना चुहिने भन्दै ‘वान अन वान’ वार्तामार्फत सबै दलसँग मन्त्रालयको टुंगो लगाएका थिए । ‘भागबन्डा भित्रभित्रै टुंगिएको छ,’ ती नेताले भने, ‘१० दलीय गठबन्धन भएकाले सामूहिक छलफलमा प्रधानमन्त्रीज्यू पूर्ण रूपमा विश्वस्त हुन सक्नुभएन । त्यसैले भागबन्डा सबैका अगाडि सार्वजनिक गरिएन । सबै दलसँग पालैपालो बेग्लाबेग्लै छलफल भयो । बाँकी बिहीबार एक–एक गरी सबै दललाई खबर गर्ने र शपथग्रहण गराउने बताउनुभयो ।’ 
मन्त्रालय टुंगिन बाँकी रहेको प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले बताए । ‘बिहीबार मन्त्रालय टुंग्याएर शपथको सम्भावना छ । मन्त्रालयको संख्यामा पनि केही तलमाथि हुन सक्छ । रास्वपालाई पनि सरकारमा ल्याउने प्रयास जारी नै छ,’ उनले भने । 

राष्ट्रपति कार्यालयले भने बिहीबार शपथबारे कुनै जानकारी नआएको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार शपथको तयारीका लागि राष्ट्रपति कार्यालयमा कुनै जानकारी नआएको बताए । ‘बिहीबार मन्त्रीहरूको शपथ हुने भन्ने कुनै जानकारी राष्ट्रपति कार्यालयमा आएको छैन,’ उनले भने ।

कुन दललाई कति मन्त्रालय ?

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...