jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

संविधानको रक्षा, सुशासन र बिकासका लागि गठबन्धन सरकार’

315501080_539350235408032-1668521613.jpg

’ समानुपातिक, समाबेशीता, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रसहितको संबिधानको रक्षा तथा सुशासन र विकास निर्माण गर्न बाम लोकतान्त्रिक गठबन्धन सरकार फेरी अति आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ आग्रा, मोरियामा मंगरबार बाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी सभामा बक्ताहरुले संविधान, सुशासन र विकासका लागि गठबन्धनलाई जिताउनुपर्ने बताए । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले सम्बोधन गर्नु भएको थियो । पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएको प्रमुख अतिथी बिरोध खतिवडाले गठबन्धन सरकार बनेपछि उत्तरी क्षेत्रमा बिकासका लागि धेरै बजेट ल्याएको भन्दै संबिधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । ‘काँग्रेस–माओवादी र एकीकृत समाजवादी पार्टीको गठबन्धनको सरकारले थाहासहित उत्तरी क्षेत्रमा धेरै बजेट ल्याएको छ,’ उहाँले भन्नुभयो, ‘समानुपातिक, समाबेशीता, धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गरेको संबिधानको रक्षा गर्न र विकास निर्माण धेरै गर्न गठबन्धनलाई जिताउँनु होस् ।’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनु भएको विशिष्ट अतिथी कुमारी मोक्तानले प्रदेश सरकारको तर्फबाट यस क्षेत्रमा धेरै बिकासका योजनाहरु ल्याएको दाबी गर्नुहुँदै आफुले जितेमा अधुरा काम पुरा गर्ने प्रतिबद्धता जनाउँनुभयो । ‘तपाईहरुकै प्राथमिकतामा यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको बिकास गर्न म फेरी उम्मेदवार भएर आएको छु,’ उहाँले भन्नुभयो, ‘स्थायी र प्रभावकारी बिकास गर्नको लागि म लगायत गठबन्धनका उम्मेदवारलाई मतदान गरी बिजयी गराउन अनुरोध गर्दछु ।’ कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य जयराम लामिछाने, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट ‘आदर्श’, प्रदेश कमिटि सदस्य तथा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन परिचालन संयोजक लवशेर बिष्ट, प्रदेश कमिटि सदस्य ईन्द्र बहादुर श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश सदस्य गौतम बुद्ध लामाको आतिथ्य रहेको थियो । साथै, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापती माईकल रामचन्द्र अर्याल, क्षेत्रीय सभापती खड्ग गोपाली, थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, माओवादी केन्द्रका मकवानपुर सदस्य अरुण रायमाझी, थाहा नगर अध्यक्ष सानोकाजी गोपाली, थाहा नगर सचिव लक्ष्मण बिष्ट, राष्ट्रिय जनमोर्चाका समानुपातिक सांसद उम्मेदवार शुभराज गोले लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमअघि आयोजित घरदैलो थाहा नगरपालिका १ ओखरबजार–थाहा २ फाँटबजार–फेदीगाउँ–थाहा ७ चिसापानी–डाँडाबास–गैह्रीगाउँहुँदै थाहा मोरियामा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...