pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

वेपत्ता परिवार भेटेर चुनावी कार्यक्रम सुरु गरिन् काठमाडौं–२ को उम्मेदवार घर्ती

Onasari-1665451409.jpg

 पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रको नेता ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरे लगत्तै चुनावी कार्यक्रम सुरु गरेकी छन् । पार्टीको निर्णय अनुसार ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेकी उनले आज काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यलय थलीमा उम्मेदवारी दर्ता गरिन् ।

उम्मेदवारी दर्ता गरे लगत्तै उनी वेपत्ता परिवार भेट्न काठमाडौं २ मा रहेको कागेश्वरी मनोहरा वडा नम्बर ६ मूलपानीमा पुगेकी हुन् । मूलपानी पुगेर माओवादी स्थायी समिति सदस्य समेत रहेकी घर्तीले बुद्धि पोखरेल ‘अमृत’का बाबा आमासँग भेटेर जितको शुभकामना तथा आर्शिवाद ग्रहण गरिन् ।
पोखरेललाई तत्कालिन राज्य पक्षबाट २०६१ सालमा बेपत्ता पारिएको उनका परिवारका सदस्यले बताएका छन् । पोखरेलको अवस्था अझै पत्ता लागेको छैन ।

रोल्पाली चेली घर्तीले अबको राजनीतिक जिवन काठमाडौं २ मा समर्पण गर्ने र यो क्षेत्रका जनताको सेवाका लागि अनुमति लिन आएको बताउँदै चुनावी कार्यक्रम सुरु गरेकी हुन् । वेपत्ता परिवारका सदस्यसँगको भेटमा उनले आफ्नो छोरा छोरी सम्झिन आग्रह गर्दै वेपत्ता छोराको सपना पूरा गर्न पनि माओवादी र आफ्नो जित आवश्यक रहेको बताईन ।

माओवादी जनयुद्धमा प्रत्येक्ष होमिएर सैन्य कमाण्डको नेतृत्व गरेकी घर्तीले आफ्नो जिल्ला रोल्पामा समेत सहिद तथा वेपत्ता परिवारको संख्या निक्कै ठूलो रहेको र त्यसको मर्म आफूले प्रत्येक्ष रुपमा अनुभव गरेको सुनाईन् ।

वेपत्ता परिवारसँगको भावपूर्ण भेटघाटमा वेपत्ता नागरिक अधिकारीका आमाले आफ्नो छोरा छोरी नै माओवादी पार्टी रहेको रुंदै सुनाईन् । उनले आफ्ना छोराको सपना साकार पार्न माओवादीले जित्नै पर्ने भन्दै उम्मेदवार घर्तीलाई विजयको शुभकामना दिएकी छन् ।

संघीय संसदको प्रतिनिधि सभामा सभामुखको सफल कार्यकाल व्यतित् गरेकी घर्तीलाई नेकपा माओवादी केन्द्रले काठमाडौं २ को टिकट दिएपनि उनी आजै देखि चुनावी मैदानमा उत्रिएकी हुन् ।  

पार्टीको निर्णय र आफ्नो चाहानाको समिश्रणका रुपमा आफूले टिकट पाएको बताएकी नेता घर्तीले संविधान कार्यान्वयन गराउने र देशको विकास गर्ने गठबन्धनको मिसन रहेको र त्यसलाई सिंगो गठबन्धनले नै जिताउने उनले विश्वास व्यक्त गरेकी छन् ।

काठमाडौं २ मा संघीय संसदमा घर्तीसँगै प्रदेश क मा नेपाली काँग्रेसले धु्रव केसीलाई अघि सारेको छ भने ख मा एकीकृत समाजवादीले भरतप्रसाद फुँयाललाई टिकट दिएको छ ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg