jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

वेपत्ता परिवार भेटेर चुनावी कार्यक्रम सुरु गरिन् काठमाडौं–२ को उम्मेदवार घर्ती

Onasari-1665451409.jpg

 पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रको नेता ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरे लगत्तै चुनावी कार्यक्रम सुरु गरेकी छन् । पार्टीको निर्णय अनुसार ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेकी उनले आज काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यलय थलीमा उम्मेदवारी दर्ता गरिन् ।

उम्मेदवारी दर्ता गरे लगत्तै उनी वेपत्ता परिवार भेट्न काठमाडौं २ मा रहेको कागेश्वरी मनोहरा वडा नम्बर ६ मूलपानीमा पुगेकी हुन् । मूलपानी पुगेर माओवादी स्थायी समिति सदस्य समेत रहेकी घर्तीले बुद्धि पोखरेल ‘अमृत’का बाबा आमासँग भेटेर जितको शुभकामना तथा आर्शिवाद ग्रहण गरिन् ।
पोखरेललाई तत्कालिन राज्य पक्षबाट २०६१ सालमा बेपत्ता पारिएको उनका परिवारका सदस्यले बताएका छन् । पोखरेलको अवस्था अझै पत्ता लागेको छैन ।

रोल्पाली चेली घर्तीले अबको राजनीतिक जिवन काठमाडौं २ मा समर्पण गर्ने र यो क्षेत्रका जनताको सेवाका लागि अनुमति लिन आएको बताउँदै चुनावी कार्यक्रम सुरु गरेकी हुन् । वेपत्ता परिवारका सदस्यसँगको भेटमा उनले आफ्नो छोरा छोरी सम्झिन आग्रह गर्दै वेपत्ता छोराको सपना पूरा गर्न पनि माओवादी र आफ्नो जित आवश्यक रहेको बताईन ।

माओवादी जनयुद्धमा प्रत्येक्ष होमिएर सैन्य कमाण्डको नेतृत्व गरेकी घर्तीले आफ्नो जिल्ला रोल्पामा समेत सहिद तथा वेपत्ता परिवारको संख्या निक्कै ठूलो रहेको र त्यसको मर्म आफूले प्रत्येक्ष रुपमा अनुभव गरेको सुनाईन् ।

वेपत्ता परिवारसँगको भावपूर्ण भेटघाटमा वेपत्ता नागरिक अधिकारीका आमाले आफ्नो छोरा छोरी नै माओवादी पार्टी रहेको रुंदै सुनाईन् । उनले आफ्ना छोराको सपना साकार पार्न माओवादीले जित्नै पर्ने भन्दै उम्मेदवार घर्तीलाई विजयको शुभकामना दिएकी छन् ।

संघीय संसदको प्रतिनिधि सभामा सभामुखको सफल कार्यकाल व्यतित् गरेकी घर्तीलाई नेकपा माओवादी केन्द्रले काठमाडौं २ को टिकट दिएपनि उनी आजै देखि चुनावी मैदानमा उत्रिएकी हुन् ।  

पार्टीको निर्णय र आफ्नो चाहानाको समिश्रणका रुपमा आफूले टिकट पाएको बताएकी नेता घर्तीले संविधान कार्यान्वयन गराउने र देशको विकास गर्ने गठबन्धनको मिसन रहेको र त्यसलाई सिंगो गठबन्धनले नै जिताउने उनले विश्वास व्यक्त गरेकी छन् ।

काठमाडौं २ मा संघीय संसदमा घर्तीसँगै प्रदेश क मा नेपाली काँग्रेसले धु्रव केसीलाई अघि सारेको छ भने ख मा एकीकृत समाजवादीले भरतप्रसाद फुँयाललाई टिकट दिएको छ ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...