pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

विद्युत सुचारु गर्दा नबोलाएको झोकमा एकसातामै बत्ती काटियपछी

FB_IMG_1677167977632-1677168026.jpg

बिजुली बत्ति उद्घाटन गर्दै।

उमेश राई – मनहरी
राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को घोर्कोटेमा पहिलो पटक बिजुली बत्ती पुगेकोछ । निबर्तमान बागमती प्रदेश सम्सद ओम बहादुर गलानको गृह वडा समेत रहेको त्यस वडामा बिजुली बिस्तार भई स्थानिय जनताले बत्ती बाल्न पाएकाहुन् ।

यो समाचारले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का घोर्कोटे , भिमलटार, चौकिटार लगाएतका जनता खुसी भएका थिए । तर यो खुशी एक हप्ता भन्दा बढी टिक्न सकेन । मनहरी फ्युज शाखाले राक्सिराङको रतुवाबाट फ्युज छुट्याएर बिजुली प्रसारणमा रोक लगाएको स्थानिय बासिन्दाले आरोप लगाएकाछन् ।

फाल्गुन १ गते निबर्तमान बागमती प्रदेश संसद ओम बहादुर गलान , राक्सिराङ गाउँपालिका अध्यक्ष राज कुमार मल्ल , नेपाल बिद्धुत प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुख दिपेन्द्र राज दुबेदि , राक्सिराङ गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत देब चन्द्र गर्तौला, हेटौडा फ्युज शाखा प्रमुख नारायण श्रेष्ठ , विद्युत प्राधिकरण हेटौडाका लेखा अधिकृत , प्राधिकरणका कर्मचारी ,ठेकादार लगाएतकाको उपस्थितिमा बिजुली प्रसारण सुचारु गरिएको थियो । तर सुचारु भएको एक हप्ता पछि बिजुली काटिएको छ । फाल्गुन ८ गते बिहान ११ बजे सम्म लाईन ठिक ठाक थियो। एक्कासी बिजुली अबरुद्ध भयो केहि समय पछि आउला त भनेर कुरेर बसियो त्यो दिन आएन र के भयो भनेर हेर्दै आउँदा रतुवामा फ्युज छुट्याईएर राखिएको अवस्थामा देखे पछि मनहरी फ्युज शाखामा जानकारी लिन आएको स्थानिय शिक्षक एबम समाजसेवी राम प्रसाद शाह ( ललन)ले जानकारि दिनुभयो ।

अधिकांश चेपाङ बस्तिले ढाकेको र भौगोलिक अवस्थाले पनि पछाडी परेको राक्सिराङ गाउँपालिकामा बिद्धुतका कर्मचारीबाट पनि हेपाईमा परेको हो ।
नेपाल बिद्धुत प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुख आफै उपस्थित भई ग्रामिण जनताको घरमा बिजुली बत्ती बाल्दा आफ्नो टिमलाई नसम्झेको झोकमा बत्ती काट्नु कर्मचारी भित्रको चेन अफ कमाण्डको धज्जी उडाएकोछ भने जनप्रतिनिधिहरु तीन छक्क परेकाछन् ।

बिजुली बत्ती नबलेपछी मनहरी फ्युज शाखामा बुझ्न पुगेका स्थानियहरुसङ्ग उल्टै जस्ले काम गरेको हो ।जडान गरेको हो उसैले बनाउछ भन्दै आक्रोशित भएका थिए ।नेपाल बिद्धुत प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुखले गाउँपालिकाको बाँकी क्षेत्रमा पनि एक आपसमा सहकार्य गरि राक्सिराङ गाउँपालिकालाई पुर्ण बिद्धुतिकरण गर्ने अभियानमा नेपाल विद्युत प्राधिकरण प्रमुखको प्रतिबद्धतालाई यो घटनाले स्थानिय सरकार र जनता निरास भएकाछन्।

बालबालिकाहरुको परीक्षा सन्चालन भईरहेको अवस्थामा बल्ल तल्ल गाउँमा आएको बिजुली बाल्न नपाउदा परिक्षा तैयारिमा समस्या परेकोछ भने । घोर्कोटे , भिमलटार, नेमली,तम्बल,पैतिपुङ्ग,कोरङ्ग्धनी,घनेघारी,
चौकिटार,खैराङ्ग को नजिकको टोल मोङ्ग्लती,बूढो माहदेब रहेको टोल मान्छेपुङ्ग लगाएतका
गाउँ फेरि टुकि युगमा फर्केकोछ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg