jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

वाइसीएल अब सशक्त र परिवर्तनशील हुनुपर्छ :-कुमारी मोक्तान

kumari1-1699715197.jpg

नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जसरी तत्कालिन समय १० वर्षे जनयुद्ध देखि ०६२/ ०६३ काे ऐतिहासिक जनआन्दोलन सम्म आउदा  वाइसीएलको  भुमिका महत्त्वपूर्ण थियाे आगामी दिनहरुमा त्याे भन्दा अझ सशक्त र परिवर्तनशील भएर वाइसीएल लाग्न आग्रह गर्नुभएको छ।
वाइसीएल थाहा ७ को वडा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मोक्तानले उक्त आग्रह गर्नुभएको हो।
मन्त्री मोक्तानले भेलामा पार्टीको अवस्था र युवाहरूको भुमिकाबारे प्रकाश पारेका थिए।उनले देशमा परिवर्तन ल्याउन वाइसीएलको ठूलो भुमिका रहेको र आगामी दिनहरुमा त्याे भन्दा अझ सशक्त हुने र वाइसीएललाई  परिवर्तनशील भएर लाग्न समेत आग्रह गरेका थिए ।
वाइसीएल ७ नम्बर वडाका अध्यक्ष तिलक बहादुर गोलेको अध्यक्षतामा सम्पन्न भेलामा थाहा नगर प्रमुख तथा माओवादी थाहा इन्चार्ज बिष्णु बिष्ट आदर्श,सहकारी बिभागका केन्द्रिय सदस्य बिष्णुहरी ढकाल जंगली,माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामा,वाइसीएल केन्द्रिय सदस्य अरुण मोक्तान ,नवराज थिङ,वाइसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र थिङ,माओवादी बागमती प्रदेश परिषद सदस्य विनायक गोले,माओवादी जिल्ला समन्वय सदस्य तथा भुमी आयोगका जिल्ला सदस्य अरुण रायमाझी,वाइसीएल थाहाका अध्यक्ष मानसिं दोङ,उपाध्यक्ष जयशंकर आले मगर,वाइसीएल नगर सचिव युवराज बिष्ट ,माओवादी थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,तामाङ राष्ट्रिय मुक्ती मोर्चाका थाहा अध्यक्ष इमान सिं मोक्तान लगायत नेता कार्यकर्ता हरुको उल्लेख्य उपस्थिति रहेको थियो।
वाइसीएल थाहा नगर अनुशासन बिभाग प्रमुख मोहन शमशेर थिङले संचालन गरेको भेलाले वाइसीएल थाहा ७ को  अध्यक्षमा पुनः  तिलक बहादुर गोले लाई चयन गरेको छ।जस्को उपाध्यक्षमा दशरथ सिंजाली मगर,सचीव कृष्णा गोले,कोषाध्यक्ष रीता सुनुवार सदस्यहरु बुद्धिमान थिङ,मान बहादुर थिङ,लिलाराज गोले लगायत ३३ सदस्यीय कमिटी गठन गरियको मोहन शमशेर थिङले जानकारी दिए।
वाइसीएल भेलामा गत कार्तिक २ देखि ४ गते सम्म बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम बङ्गबन्धु अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्ने थाहा ७ का रिजन मोक्तान लाई सम्मानित गरिएको थियो।
१२ देशका खेलाडीले भागलिएको प्रतियोगितामा स्वर्ण  बिजेता मोक्तान लाई प्रमुख अतिथी मन्त्री कुमारी मोक्तान र नगर प्रमुख बिष्णु बिष्ट द्वारा  सम्मानपत्र द्वारा सम्मान गरेका हुन।

1699715481692-1699715533.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...