Sunday, 28 Apr, 2024
राजनीति

वाइसीएल अब सशक्त र परिवर्तनशील हुनुपर्छ :-कुमारी मोक्तान

kumari1-1699715197.jpg

नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जसरी तत्कालिन समय १० वर्षे जनयुद्ध देखि ०६२/ ०६३ काे ऐतिहासिक जनआन्दोलन सम्म आउदा  वाइसीएलको  भुमिका महत्त्वपूर्ण थियाे आगामी दिनहरुमा त्याे भन्दा अझ सशक्त र परिवर्तनशील भएर वाइसीएल लाग्न आग्रह गर्नुभएको छ।
वाइसीएल थाहा ७ को वडा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मोक्तानले उक्त आग्रह गर्नुभएको हो।
मन्त्री मोक्तानले भेलामा पार्टीको अवस्था र युवाहरूको भुमिकाबारे प्रकाश पारेका थिए।उनले देशमा परिवर्तन ल्याउन वाइसीएलको ठूलो भुमिका रहेको र आगामी दिनहरुमा त्याे भन्दा अझ सशक्त हुने र वाइसीएललाई  परिवर्तनशील भएर लाग्न समेत आग्रह गरेका थिए ।
वाइसीएल ७ नम्बर वडाका अध्यक्ष तिलक बहादुर गोलेको अध्यक्षतामा सम्पन्न भेलामा थाहा नगर प्रमुख तथा माओवादी थाहा इन्चार्ज बिष्णु बिष्ट आदर्श,सहकारी बिभागका केन्द्रिय सदस्य बिष्णुहरी ढकाल जंगली,माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामा,वाइसीएल केन्द्रिय सदस्य अरुण मोक्तान ,नवराज थिङ,वाइसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र थिङ,माओवादी बागमती प्रदेश परिषद सदस्य विनायक गोले,माओवादी जिल्ला समन्वय सदस्य तथा भुमी आयोगका जिल्ला सदस्य अरुण रायमाझी,वाइसीएल थाहाका अध्यक्ष मानसिं दोङ,उपाध्यक्ष जयशंकर आले मगर,वाइसीएल नगर सचिव युवराज बिष्ट ,माओवादी थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,तामाङ राष्ट्रिय मुक्ती मोर्चाका थाहा अध्यक्ष इमान सिं मोक्तान लगायत नेता कार्यकर्ता हरुको उल्लेख्य उपस्थिति रहेको थियो।
वाइसीएल थाहा नगर अनुशासन बिभाग प्रमुख मोहन शमशेर थिङले संचालन गरेको भेलाले वाइसीएल थाहा ७ को  अध्यक्षमा पुनः  तिलक बहादुर गोले लाई चयन गरेको छ।जस्को उपाध्यक्षमा दशरथ सिंजाली मगर,सचीव कृष्णा गोले,कोषाध्यक्ष रीता सुनुवार सदस्यहरु बुद्धिमान थिङ,मान बहादुर थिङ,लिलाराज गोले लगायत ३३ सदस्यीय कमिटी गठन गरियको मोहन शमशेर थिङले जानकारी दिए।
वाइसीएल भेलामा गत कार्तिक २ देखि ४ गते सम्म बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम बङ्गबन्धु अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्ने थाहा ७ का रिजन मोक्तान लाई सम्मानित गरिएको थियो।
१२ देशका खेलाडीले भागलिएको प्रतियोगितामा स्वर्ण  बिजेता मोक्तान लाई प्रमुख अतिथी मन्त्री कुमारी मोक्तान र नगर प्रमुख बिष्णु बिष्ट द्वारा  सम्मानपत्र द्वारा सम्मान गरेका हुन।

1699715481692-1699715533.jpg

world-link-1690434568.jpg
पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...