pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

लोभ लालच देखाएर मत माग्न आउनेसँग सचेत रहनुस् : डिना, गठबन्धनको विजयी सुनिश्चित : छिन्तु

314931687_109825015749741-1668000894.jpg

 मकवानपुर । नेपाली काँग्रेसकी सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनकातर्फबाट मकवानपुर १ की प्रतिनीधि सभा उम्मेदवार महालक्ष्मि उपाध्याय (डिना) ले संविधान, लोकतान्त्रिक गणतन्त्र, परिवर्तन र व्यवस्था मास्न खोज्नेहरु विभिन्न लोभ लालच देखाएर जनताको घरदैलोमा मत माग्न आइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । बुधबार बकैया–६ कर्मचुलीमा भएको निर्वाचन लक्षित सभामा उनले सो आग्रह गरेकी हुन् । बकैया गाउँपालिकाको जनताका समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको मुख्य समस्या बाटो, सिंचाई र वर्षौंदेखि उपभोग गर्दै आइरहेको जग्गाको प्रमाण पूर्जाका सावल गठबन्धनको विजयी पश्चात प्राथमिकताकासाथ सम्बोधन गरिने बताईन् । “यसअघि सरकारमा पटक पटक पुगेर पनि यहाँका जनताकालागि केही नगर्नेहरु फेरी पनि तपाईहरुलाई मत माग्न आउँदैछन् सजग रहनुहोला” उनले भने “म विजयी भएर गएपश्चात यहाँहरुको जग्गाको लालपूर्जाको समस्यालाई केन्द्रबाट सम्बोधन गरि घरघरमा पूर्ज वितरण गर्न आउँनेछु” । हाल युवाहरुले आफूले उठाईरहेको सवालहरुलाई बुझेको र मतदान गर्न आतुर रहेको बताउँदै उपाध्यायले आफ्नो विजयी सुनिश्चित रहेको दावी गरिन् । यसैगरि, सभामा बोल्दै नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटि उपाध्यक्ष एवम् सत्तारुढ गठबन्धनका तर्फबाट मकवानपुर १ (क) प्रदेश सभाका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले गठबन्धनका उम्मेदवारहरुको विजयी सुनिश्चित रहेको दावी गरेका छन् । हाल गाउँ नगरका विभिन्न स्थानमा सत्तारुढ गठबन्धनका पक्षमा भएको जनमासको लहर देखेर प्रतिष्पर्धीहरु तर्सिसकेको भन्दै मानशिक रुपले परास्त भइसकेको उनले उल्लेख गरे । प्रतिष्पर्धीहरुले जनतासँग मत माग्न आउने कुनै आधार समेत नरहेको उनले जिकिर गरेका छन् । आफू प्रदेश सांसद रहँदा बकैयाको थुप्रै विकास निर्माणकालागि आवश्यक बजेट विनियोजन गर्न पहल गरिएको उनले उल्लेख गरे । कतिपय योजनाहरु निरन्तर अगाडि बढाउनुपर्ने खालको भएको हुँदा पुनः जिम्मेवारी लिन आफ्नो उम्मेदवारी रहेको उनले बताए । सभाअघि बकैया – ५ का विभिन्न टोलमा घरदैलो गर्दै मतदाता समक्ष दुबै उम्मेदवारले मत मागेका थिए ।

 

 

 

Open photo

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg