pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु मत माग्न ब्यस्त

Loktrantik-Bam-Gathabandh-1668168418.jpg

लोकतान्त्रिक बाम गठबन्धन मकवानपुरका प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरु जनताको समस्या बुझ्दै घरघर पुगी भोट(मत) माग्न व्यस्त छन् । यसैबिच, प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारले शुक्रबार हेटौंडा उपमहानगरपालिका १ मा घरदैलो अभियान गर्नुभएको छ । हेटौंडा १ को चाइनाक्वाटर देखी जरुवाटोल हुँदै चौकिटोलसम्म मत माग्दै घरदैलो अभियान गरिएको थियो । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडा, मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार एवं नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले घरघरमा पुगी जनतासँग प्रत्यक्ष रुपमा मत माग्नु भएको थियो । हेटौंडा उपमहानगरपालिकाका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने लगायत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । भेटघाट क्रममा स्थानीयवासीले जितका लागि शुभकामना दिदै आफ्नो क्षेत्रमा विकास, निर्माणसँगै सामाजिक सुरक्षाका क्षेत्रमा काम गरिदिन आग्रह गरेका थिए । यसैबिच, लोकतान्त्रिक बाम गठबन्धनले भीमफेदी गाउँपालिकाको विभिन्न क्षेत्रमा चुनाब प्रचारप्रसारका क्रममा कार्यक्रम आयोजना गरेको छ । भीमफेदी गाउँपालिका ८ ईपा, भीमफेदी ५ सोलुभञ्ज्याङ र भीमफेदी ७ कोगटेमा चुनाबी कोणसभा सम्पन्न गरेको हो । कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडा, मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तान लगायतले सम्बोधन गरेका थिए । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडाले देश र जनताका लागि सडक आन्दोलनमा उत्रेका र जेल परेकाहरुको गठबन्धन भएकाले ढुक्कले भोट हाल्न आग्रह गर्नुभयो । ‘हामी देश र जनताको लागि लडनेहरुले नै गठबन्धन बनाएका छौ’, उहाँले भन्नुभयो, ‘आकाशे सपना देखाउने, हावाबाट बिजुली निस्कीन्छ, रेल आउँछ भन्ने एमालेलाई विश्वास नगर्नुस्, अब जे गर्छ गठबन्धनले गर्छ ।’ मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धन सरकार आएपछि मात्र विकासको कामले गति लिएको भन्दै गठबन्धनलाई भोट दिनुपर्नेमा जोड दिनुभयो । ‘जसलाई हामीले आफ्नै जिल्ला मकवानपुरको भनेर मुख्यमन्त्री(एमाले) बनायौ, तर उसैले यस क्षेत्रको विकासको लागि बजेट दिएन,’ उहाँले भन्नुभयो, ‘गठबन्धनको सरकार आएपछि छोटो समयमा पनि विकासको कामहरु भएको छ, अब फेरी गठबन्धनको सरकार आउँछ यहाँको विकास हुन्छ, त्यसैले मतको सदुपयोग गर्न गठबन्धनलाई नै भोट दिनुहोला ।’

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

Loktrantik-Bam-Gathabandh-1668168421.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg