Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

लालबहादुर थापाको घरछेउमा गठबन्धनको भेलाः बानियाँ भन्छन्–थापाकै परिवारको मत पाउँछु

Indra-696x464-1666281618.jpg

मनहरी–कात्तिक ३ गते । मकवानपुर क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार इन्द्रबहादुर बानियाँले यसपटक एमालेका उम्मेदवार लालबहादुर थापाकै परिवारले आफूलाई मतदान गर्ने दाबी गर्नु भएको छ ।

राक्सिराङ गाउँपालिकास्तरीय संयुक्त गठबन्धनका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बानियाँले आफ्ना प्रतिस्पर्धी थापाकै परिवारबाट आफूलाई मत प्राप्त हुने बताउनु भएको हो ।

तत्कालीन बाम गठबन्धन हुँदा बनेको डोरमणि पौडेलको सरकारले राक्सिराङ गाउँपालिका लगायत ग्रामीण भेगलाई उपेक्षा गरी बजेट नहालेको प्रसंग कोट्याउँदै बानियाँले गठबन्धन सरकार आएपछि यस क्षेत्रमा यथेष्ट बजेट हालेको बताउनुभयो ।

उहाँले अहिले संविधान पक्षधर र विकासप्रेमीहरु एकातर्फ र संविधान विरोधी केपी ओलीका दासदासीहरु अर्काेतर्फ लागेको आरोप लगाउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष हस्तबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा २ का उम्मेदवार विरोध खतिवडा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, नेपाली काँग्रेस जिल्ला सभापति बुद्ध लामा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, प्रदेश क का उम्मेदवार कुमारी मोक्तान लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

तीनैवटा राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला र गाउँ तहका नेताहरुको सहभागिता रहेको थियो भने समानुपातिक तर्फका उम्मेदवारहरुको उपस्थिति कार्यक्रममा रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png