pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

लामिछानेद्वारा प्राज्ञिक वर्गसँग छलफल, काँग्रेसले विचारसँगै विकासको नेतृत्व गर्छ-:लामिछाने ।

1645698218342-1645698457.jpg

हेटौंडा/ नेपाली काँग्रेस मकवानपुर यहीको फागुन १५ गते हुने जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएका जयराम लामिछानेले विचारसँगै जिल्लाको समग्र विकासको नेतृत्व गर्ने बताउनुभएको छ ।
पार्टीलाई वैचारिक र सांगठनिक रुपमा चलायमान बनाउने बताउँदै उहाँले आफू सभापतिमा निर्वाचित भएपछि जिल्लाको विकासको समेत काँग्रेसले नेतृत्व गर्ने बताउनुभयो 
पार्टी संगठन विस्तार, वैचारिक रुपमा सशक्त पार्टी निर्माण र जिल्लाको विकास आगामी योजनाहरुको बारेमा हेटौँडामा बुधबार लोकतान्त्रिक विचार निकट प्राध्यापक, कानुन व्यवसायीलगायत प्राज्ञिक समुदायसँग छलफल गर्दै उहाँले प्राज्ञिक समुदायसँगको छलफल र अन्तरक्रियालाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।  
उहाँ आफू नेतृत्वमा आएपछि प्रशिक्षण अभियान सञ्चालन गर्ने र विचारको राजनीति गर्ने बताउँदै समृद्ध काँग्रेस, सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर अन्तरक्रिया सुरु गरेको सुनाउनुभयो ।
कार्यक्रममा नेपाली लेखक संघका  केन्द्रीय सदस्य ह्याग्रीव आचार्यले अहिलेका काँग्रेसहरुले वीपीको नाम सुनेको तर उनको विचार  र सिद्धान्तहरु अनुसरण नगरेको बताउनुभयो । आचार्यले काँग्रेस मकवानपुरले आगामी दिनहरुमा हरेक काँग्रेसीले वीपीको विचार अध्ययन गर्ने र वीपी विचारबाट प्रशिक्षित गर्ने गरी कार्यक्रमहरु तय गर्न सुझाउनुभयो ।
डेमोक्रेटिक लयर्स एसोसिएसन मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले मकवानपुरमा काँग्रेसको आकार बढेको तर विचारको आकार नबढेकोले प्राज्ञिक समुदायसँग छलफल गरी काँग्रेस वैचारिक र विकासमा नेतृत्व गर्ने काँग्रेस निर्माण आवश्यक भएको बताउनुभयो ।  

त्यस्तै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले पार्टीमा योगदान गरेकाहरुको सम्मान गर्ने परिपाटी आवश्यक भएको भन्दै पार्टीमा सबै विचारको सम्मान हुनुपर्नेमा जोड दिनुभयो l
अधिवक्ता कृष्णप्रसाद छत्कुलीले चुवान अघि हामीलाई भेट्न आउने, चुनावपछि हामीलाई भेट्न नचाहने काँग्रेसको नेताहरुमा रहेको प्रवृत्तिलाई लामिछाने नेतृत्वको काँग्रेसले सुधार गर्ने अपेक्षा लिएको बताउनुभयो । 
नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले जिल्ला अधिवेशन अघि पेशागत संगठनसँग नागरिकका अपेक्षा, आगामी योजना र रणनीतिका बारेमा छलफल गर्ने असल अभ्यासको थाली भएको बताउनुभयो । 
कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद दाहाल, केशव आचार्य, विजय ठाकुर, उमेश अर्याल, कानुन व्यवसायीहरु कृष्णप्रसाद अर्याल, आरके मैनाली, मोहन ढकाल, रमा चौलागाई, शिक्षक संघका दीपकलाल खतिवडाले काँग्रेसले जनताका आवाजलाई मुखरित गर्नुपर्ने भन्दै वैचारिक रुपमा सशक्त काँग्रेस आवश्यक भएकोमा जोड दिनुभएको थियो । 
कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल ’माइकल’, काँग्रेस नेतृहरु उमा दाहाल, रिता खनाल, तारा कार्की राई, काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीलगायत कांग्रेस मकवानपुरका शुभेच्छुक संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएका लामिछानेको समुहबाट उपसभापतिद्वयमा आनन्द कठायत र धर्म लामिछाने, सचिवद्वयमा भीमसेन महत र इश्वर पाठक तथा सहसचिवमा इन्दिरा न्यौपानेले यसअघि नै उम्मेदवारी घोषणा गर्नुभएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg