pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

ललितपुर–३ मा पम्फा भुसाल निर्विकल्प

Pampha-bhusal-1667130655.jpg

 

यसै पनि ललितपुर जिल्ला वाम–लोकतान्त्रिकहरूको किल्ला हो । धेरै शहरी र थोरै ग्रामीण क्षेत्र ओगट्ने चुनावी क्षेत्र–३ बाट ०७४ को चुनावमै माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले राम्रै मतान्तरले जितेकी थिइन । केपी ओलीले प्रतिगमन लाद्ने प्रयास गरेपछि पुरानो समिकरण भत्किएको छ । र, स्थिरता र अग्रगमनको जनअपेक्षा साकार पार्न आज वाम–लोकतान्त्रिकहरूको समिकरण बनेको छ ।

नयाँ समिकरणले, फेरि उनै पम्फालाई यही क्षेत्रमा स्वाभाविक खडा गरेको छ । माओवादी केन्द्रकी उपमहासचिव एवम् हालकी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भुसाल सरकार गठबन्धनको एक शक्तिशाली उमेदवार हुन् । हुनत ललितपुर–३ मा माओवादी केन्द्र स्थानीय चुनावको मत परिणामको आधारमा तेस्रो हैसियतकै शक्ति हो । तर, पम्फा भुसालको व्यक्तित्व र गठबन्धनको एक ढिक्को यात्रा अनि विपक्षी एमालेभित्रको चरम अन्तरविरोधले भुसाललाई अहिले नै विजयको सन्निकट पु-याइसकेको छ ।

उमेरले ६० कटेकी पम्फा भुसाल नेपालको कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनको एक शीर्ष नेतृ हुन । जनयुद्ध सुरु हुनु अगाडि नै पार्टीको संयुक्त मोर्चा, संयुक्त जनमोर्चा, नेपालको अध्यक्ष भइसकेकी भुसाल जनयुद्ध सुरुवात चरणको समेत केन्द्रीय नेतृ हुन ।

शान्तिप्रक्रियासँगै संविधानसभाबाट नयाँ संविधान निर्माण चरण र त्यसक्रमका पार्टीगत, राजकीय जिम्मेवारीमा उनले आफूलाई जनपक्षधरतामा अरु खरो सावित गरेकी छिन ।

अहिले पनि ऊर्जा मन्त्रालयमा उनको नेतृत्व अरु कयौंको जस्तो औपचारिक मात्र होइन । विद्युत परियोजनाको प्रभावकारी विस्तारदेखि २० युनिटसम्म विजुली खपत गर्ने गरीव नेपालीलाई निशुल्क बिजुली दिने काम उनकै नेतृत्वमा सम्पन्न भएको छ । कुनै बेला दैनिक १८ घन्टासम्म लोडसेडिङ भोग्नुपर्ने देशले बिजुलीको बढी खपतका लागि जनतालाई उत्साहित गर्नुपरेको सुखद स्थिति छ । अब कमसेकम सरकारी र सार्वजनिक क्षेत्रमा इन्डक्सन चुलोको प्रयोग र आमक्षेत्रमा इन्डक्सन चुलोमा सहुलियत उनका कार्यक्रमिक प्राथमिकता हुन ।

भुसालकै नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार सुरु गरिसकेको छ भने अझै विद्युत नपुगेका देशका कतिपय दुर्गम क्षेत्रमा विद्युत पु¥याउने प्रभावकारी रणनीति सुरु भइसकेको छ ।

यससँगै पम्फा भुसालले निर्वाचन क्षेत्र केन्द्रीत आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन तथा महिला केन्द्रीत विशेष योजना र कार्यक्रमहरू समेत जाहेर गरेकी छिन् । विकास एक औपचारिकता मात्र होइन, त्यसले जनताको जीवन समेट्नुपर्छ, विकासले जनताको न्याय बोक्नुपर्छ भन्ने मान्यतामा भुसाल प्रष्ट छिन ।

स्थानीय चुनावको मत परिणामका आधारमा गठबन्धन दलहरू र एमालेको फराकिलो मतान्तर छ । ठूलो मतदाता संख्या ओगट्ने ललितपुर महानगरबाट गठबन्धनका चिरीबाबु महर्जन मेयर छन् । एमालेहरूले गठबन्धनका हारेका उपमेयर बाबुराजा महर्जन एमालेका गइसकेकाले भुसाललाई अप्ठेरो पर्ने प्रचार गरे पनि बाबुराजाको एकल मत मात्र प्रभावित भएको, संगठनमा कुनै असर नपरेको माओवादी केन्द्रको बुझाइ छ । त्यसो त पछिल्ला दिनमा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको समेत गनिनसक्नु लर्को छ ।

भुसालको प्रतिद्वन्द्वीका रूपमा एमालेले अमृत खड्कालाई अगाडि सारेको छ । २० औं बर्ष पार्टीबाट बिछट्ट रहेर वा पार्टी विरोधी गतिविधि समेत गरेर बसेका वैदेशिक व्यापारी खड्का अकस्मात संघीय उमेदवारका रूपमा देखापरेपछि एमालेको एउटा पंक्ति आक्रोशित र निरास छ । स्थानीय पार्टीले बाबुराम थापालाई टिकट दिन चाहेको थियो । शिक्षक संगठनका केन्द्रीय अध्यक्ष भइसकेका थापा जिल्ला र उक्त निर्वाचन क्षेत्रमा बौद्धिक नेताका रुपमा समेत चिनिन्छन् । तर, टिकट खड्काले पाए । यसले एमालेको एउटा पंक्ति आक्रोसित र निरास मात्र होइन, सम्पूर्ण रूपमा निस्क्रिय समेत बनेको छ ।

विवेकशील साझा पार्टी भनिनेको अधोगतिसँगै उज्ज्वल कृष्ण श्रेष्ठ जस्ता युवाहरू ललितपुर–३ मा प्रभावहीन भइसकेका छन् । सुविधाको पदमै रहेर चुनाव लड्ने लोभका कारण स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीको चरणमा छ । राप्रपा वरिपरिका राजावादीको यहाँ खासै हिसाव छैन ।

एमालेमा आक्रोश र निरासा अभिव्यक्त हुँदा ललितपुरको नेवारी समुदायमा राम्रो पकड रहेका माओवादी केन्द्रका नेता राजकाजी महर्जन प्रदेश उमेदवारका रूपमा भुसालको बलियो साथमा छन् । अनि काँग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ समेत प्रदेश उम्मेदवारकै रूपमा गठबन्धन पक्षमा अहोरात्र खटेका छन् । असन्तुष्ट भनेर प्रचार गरिएका कांग्रेसका संघीय उमेदवार आकांक्षी मदन अमात्य समेत भुसालको प्रचारमा जुटिसकेका छन् । त्यसैले ललितपुर–३ मा पम्फा भुसाल निर्विकल्प जीत सन्निकट छिन ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg