jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

ललितपुरवासीको निर्वाचनमा सधैं परिपक्व निर्णय

ramhari-karki-1668500255.jpg

 

sharethis sharing button


रामहरि कार्की

ललितपुर जिल्ला काठमाडौं उपत्यकामा अग्रगामी सोंच भएको हो । काठमाडौंमा २०४८ साल र त्यसपछि फेरि २०५१ सालमा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश अस्थिरतातिर गएको होइन ? नेकाको फुट, राजनीतिक अस्थिरताको कारण बन्यो । आवेगमा गलत निर्णय गर्दा देशलाई स्थिरता दिन नसकेको अहिले पनि काठमाडौंका त्यतिवेलाका कांग्रेसी नेता, जसले भट्टराईलाई हराउन सक्रिय भए, प्रायश्चित गरिरहेका छन् ।

ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिले नजिक भइसकेको छ । मतदानको समय आउन केही दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै अन्य जिल्लाजस्तै ललितपुरमा चुनावी सरगर्मी बढेको छ । खासगरी ललितपुरको क्षेत्र नम्बर ३ लाई निकै चर्चाको रूपमा यसपटकको चुनावमा हेरिएको छ । गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जिल्लामा अलि बढी चर्चा भइरहेको छ । ललितपुर क्षेत्र ३ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुसाल उम्मेदवार छिन् । अन्य उम्मेदवारको तुलनामा उनी हेभिवेट हुन् ।

उनीसँगै अन्य दुईजना एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ललितपुर क्षेत्र ३ बाट उम्मेदवार बनेका छन् । तर, यसपटक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पम्फा भुसाललाई चुनाव जित्न निकै सहज हुने अनुमान गरिएको छ । अन्य पार्टीबाट कमजोर उम्मेदवार र त्यसैमाथि पनि जिल्लामा बलियो राजनीति गरेकी भुसाललाई यसपटक पनि चुनाव जित्न कठिन नहुने अनुमान गरिएको छ ।

झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय भुसाल राज्यको माथिल्लो तहसम्म पुगेर कार्य सम्पादन गरेकी छिन । उनी तीनपटकसम्म मन्त्री भएकी छन् । ललितपुरलाई मूल क्षेत्र बनाएर राजनीति गर्दै आएकी भुसाल जिल्ला निकै लोकप्रिय र परिचित नेतृ हुन् । उनीसँगै यसपटक चुनावमा उठेका उम्मेदवारको भने राजनीतिक पृष्ठभूमि नै छैन । उनीहरू राजनीतिबाट उदाएका पनि होइनन् । लहडमा लागेर राजनीतिमा आएका हुन् ।

यसपटकको चुनावमा उनै भुसालसँग एमालेका अमृत खड्का चुनावी मैदानमा छन् । तर, खड्कालाई भुसालसँग चुनाव लड्नु ढुंगाको चिउरा चपाउनुजस्तै कठिन देखिन्छ । भुसालले यसअघि सरकार र संसद्को लामो अनुभव बोकेकी छन् । उनले सरकारमा बस्दा जनता र राष्ट्रको पक्षमा धेरै राम्रा निर्णय गरेकी छिन । क्षमताशाली, संघर्षशील र स्वच्छ छविकी भुसाललाई माओवादीभित्र शक्तिशाली नेतृ हुन । पार्टीकी उपमहासचिव समेत रहेकी भुसाल यसअघि चार पटकसम्म मन्त्री र तीन पटक सांसद बनिसकेकी छन् । यो चुनावपछि उनी तेस्रोपटक यसै क्षेत्रबाट सांसद बन्ने छिन् ।

ललितपुर–३ वाम–लोकतान्त्रिकहरूको किल्ला नै मानिन्छ । यहाँको धेरै भूभाग शहरीमा पर्छ भने थोरै भूभाग ग्रामीण भेगमा पर्छ । ललितपुर क्षेत्र ३ ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार एक सय १६ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले कुनै पनि हालतमा जिल्लामा चुनाव जित्न सक्ने आधार छैन । किनभने उनीहरूको जिल्लामा कुनै संगठन छैन । न त बलियो तरीकाले प्रचारप्रसारको लागि खटिने कार्यकर्ता नै छन् । निर्वाचन आयोगले उनको यस क्षेत्रमा उम्मेदवारी छ भन्ने कुरालाई प्रचार गराइ दिएको छ । केही मिडियाले उनको पक्षमा सुनियोजित प्रचार गरिदिएका छन् ।

अहिले चिया पसल, चौतारा, प्यार्टी प्यालेस तथा घरघरमा ललितपुर क्षेत्र नम्बर तीनको चुनावी नतिजा आँकलन गर्न थालिएको छ । केही केहीले आफ्नो अनुमानलाई हल्ला फिजाएका छन् । जिल्लाको वास्तविक राजनीतिक अवस्था नै नबुझी आ–आफ्नो पार्टीको उम्मेदवारले जित्छ भन्ने हचुवा अनुमान जिल्ला वाहिर बढी छ । तर, लामो समय पार्टीका सक्रिय, जनआन्दोलनदेखि हालसम्म पनि पार्टीमा रहेर भूमिका निभाउँदै आएका सफल राजनीतिकर्मीलाई कमजोर आँकिएको छ । यस क्षेत्रको मतदाता र यस क्षेत्रमा हिंड्दा ललितपुर ३ मा पम्फा भुसाल धेरै मतले एक नम्बर र दोस्रोमा धेरै तल अमृत खड्का छन् । तोसिमाको प्रचार ललितपुरको निर्वाचन क्षेत्रमा भन्दा केही मिडिया र सामाजिक सञ्जालमा चर्चा छ ।

ललितपुर जिल्ला काठमाडौं उपत्यकामा अग्रगामी सोंच भएको हो । काठमाडौंमा २०४८ साल र त्यसपछि फेरि २०५१ सालमा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश अस्थिरतातिर गएको होइन ? नेकाको फुट, राजनीतिक अस्थिरताको कारण बन्यो । आवेगमा गलत निर्णय गर्दा देशलाई स्थिरता दिन नसकेको अहिले पनि काठमाडौंका त्यतिवेलाका कांग्रेसी नेता, जसले भट्टराईलाई हराउन सक्रिय भए, प्रायश्चित गरिरहेका छन् ।

किनभने देशको स्थायित्वको लागि असल राजनीतिक चरित्र चाहिन्छ । जसले असल र स्वाभिमानपूर्वक देश र जनताको काम गर्छ, उही व्यक्ति उम्मेदवार बनेर जित्नुपर्छ । ललितपुरको विषयमा पनि यही हो । यदि लामो समय पार्टीमा सङ्घर्ष र जिल्लामा विकास निर्माणका गतिविधिलाई हेरेर भोट दिने हो भने पहिलो नम्बरमा पम्फा भुसाल नै हुन् । जिल्लाको राजनीतिमा लामो समय काम गर्दै आएकी उनमा उच्च राजनीतिक संस्कार छ । जिल्लाका हरेक समस्यामा सामेल र समाधान गर्न सक्ने ल्याकत पनि भुसालले राख्छिन् । फेरि अहिलेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये ललितपुरवासीले कहिले पनि बतासिएर, आवेगमा निर्वाचनमा मत हालेको इतिहास छैन ।

राजनीतिमा अनुभव र उनीहरूको योगदानलाई पनि कदर गरिनुपर्छ । जसले असल राजनीतिक चरित्र देखाएको छ सत्तामा उही पुग्नुपर्छ । आवेग, कुण्ठाको बाटो लाग्दा क्षेत्र मात्र होइन देशलाई नै क्षति हुनसक्छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...