pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

ललितपुरवासीको निर्वाचनमा सधैं परिपक्व निर्णय

ramhari-karki-1668500255.jpg

 

sharethis sharing button


रामहरि कार्की

ललितपुर जिल्ला काठमाडौं उपत्यकामा अग्रगामी सोंच भएको हो । काठमाडौंमा २०४८ साल र त्यसपछि फेरि २०५१ सालमा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश अस्थिरतातिर गएको होइन ? नेकाको फुट, राजनीतिक अस्थिरताको कारण बन्यो । आवेगमा गलत निर्णय गर्दा देशलाई स्थिरता दिन नसकेको अहिले पनि काठमाडौंका त्यतिवेलाका कांग्रेसी नेता, जसले भट्टराईलाई हराउन सक्रिय भए, प्रायश्चित गरिरहेका छन् ।

ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिले नजिक भइसकेको छ । मतदानको समय आउन केही दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै अन्य जिल्लाजस्तै ललितपुरमा चुनावी सरगर्मी बढेको छ । खासगरी ललितपुरको क्षेत्र नम्बर ३ लाई निकै चर्चाको रूपमा यसपटकको चुनावमा हेरिएको छ । गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जिल्लामा अलि बढी चर्चा भइरहेको छ । ललितपुर क्षेत्र ३ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुसाल उम्मेदवार छिन् । अन्य उम्मेदवारको तुलनामा उनी हेभिवेट हुन् ।

उनीसँगै अन्य दुईजना एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ललितपुर क्षेत्र ३ बाट उम्मेदवार बनेका छन् । तर, यसपटक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पम्फा भुसाललाई चुनाव जित्न निकै सहज हुने अनुमान गरिएको छ । अन्य पार्टीबाट कमजोर उम्मेदवार र त्यसैमाथि पनि जिल्लामा बलियो राजनीति गरेकी भुसाललाई यसपटक पनि चुनाव जित्न कठिन नहुने अनुमान गरिएको छ ।

झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय भुसाल राज्यको माथिल्लो तहसम्म पुगेर कार्य सम्पादन गरेकी छिन । उनी तीनपटकसम्म मन्त्री भएकी छन् । ललितपुरलाई मूल क्षेत्र बनाएर राजनीति गर्दै आएकी भुसाल जिल्ला निकै लोकप्रिय र परिचित नेतृ हुन् । उनीसँगै यसपटक चुनावमा उठेका उम्मेदवारको भने राजनीतिक पृष्ठभूमि नै छैन । उनीहरू राजनीतिबाट उदाएका पनि होइनन् । लहडमा लागेर राजनीतिमा आएका हुन् ।

यसपटकको चुनावमा उनै भुसालसँग एमालेका अमृत खड्का चुनावी मैदानमा छन् । तर, खड्कालाई भुसालसँग चुनाव लड्नु ढुंगाको चिउरा चपाउनुजस्तै कठिन देखिन्छ । भुसालले यसअघि सरकार र संसद्को लामो अनुभव बोकेकी छन् । उनले सरकारमा बस्दा जनता र राष्ट्रको पक्षमा धेरै राम्रा निर्णय गरेकी छिन । क्षमताशाली, संघर्षशील र स्वच्छ छविकी भुसाललाई माओवादीभित्र शक्तिशाली नेतृ हुन । पार्टीकी उपमहासचिव समेत रहेकी भुसाल यसअघि चार पटकसम्म मन्त्री र तीन पटक सांसद बनिसकेकी छन् । यो चुनावपछि उनी तेस्रोपटक यसै क्षेत्रबाट सांसद बन्ने छिन् ।

ललितपुर–३ वाम–लोकतान्त्रिकहरूको किल्ला नै मानिन्छ । यहाँको धेरै भूभाग शहरीमा पर्छ भने थोरै भूभाग ग्रामीण भेगमा पर्छ । ललितपुर क्षेत्र ३ ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार एक सय १६ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले कुनै पनि हालतमा जिल्लामा चुनाव जित्न सक्ने आधार छैन । किनभने उनीहरूको जिल्लामा कुनै संगठन छैन । न त बलियो तरीकाले प्रचारप्रसारको लागि खटिने कार्यकर्ता नै छन् । निर्वाचन आयोगले उनको यस क्षेत्रमा उम्मेदवारी छ भन्ने कुरालाई प्रचार गराइ दिएको छ । केही मिडियाले उनको पक्षमा सुनियोजित प्रचार गरिदिएका छन् ।

अहिले चिया पसल, चौतारा, प्यार्टी प्यालेस तथा घरघरमा ललितपुर क्षेत्र नम्बर तीनको चुनावी नतिजा आँकलन गर्न थालिएको छ । केही केहीले आफ्नो अनुमानलाई हल्ला फिजाएका छन् । जिल्लाको वास्तविक राजनीतिक अवस्था नै नबुझी आ–आफ्नो पार्टीको उम्मेदवारले जित्छ भन्ने हचुवा अनुमान जिल्ला वाहिर बढी छ । तर, लामो समय पार्टीका सक्रिय, जनआन्दोलनदेखि हालसम्म पनि पार्टीमा रहेर भूमिका निभाउँदै आएका सफल राजनीतिकर्मीलाई कमजोर आँकिएको छ । यस क्षेत्रको मतदाता र यस क्षेत्रमा हिंड्दा ललितपुर ३ मा पम्फा भुसाल धेरै मतले एक नम्बर र दोस्रोमा धेरै तल अमृत खड्का छन् । तोसिमाको प्रचार ललितपुरको निर्वाचन क्षेत्रमा भन्दा केही मिडिया र सामाजिक सञ्जालमा चर्चा छ ।

ललितपुर जिल्ला काठमाडौं उपत्यकामा अग्रगामी सोंच भएको हो । काठमाडौंमा २०४८ साल र त्यसपछि फेरि २०५१ सालमा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश अस्थिरतातिर गएको होइन ? नेकाको फुट, राजनीतिक अस्थिरताको कारण बन्यो । आवेगमा गलत निर्णय गर्दा देशलाई स्थिरता दिन नसकेको अहिले पनि काठमाडौंका त्यतिवेलाका कांग्रेसी नेता, जसले भट्टराईलाई हराउन सक्रिय भए, प्रायश्चित गरिरहेका छन् ।

किनभने देशको स्थायित्वको लागि असल राजनीतिक चरित्र चाहिन्छ । जसले असल र स्वाभिमानपूर्वक देश र जनताको काम गर्छ, उही व्यक्ति उम्मेदवार बनेर जित्नुपर्छ । ललितपुरको विषयमा पनि यही हो । यदि लामो समय पार्टीमा सङ्घर्ष र जिल्लामा विकास निर्माणका गतिविधिलाई हेरेर भोट दिने हो भने पहिलो नम्बरमा पम्फा भुसाल नै हुन् । जिल्लाको राजनीतिमा लामो समय काम गर्दै आएकी उनमा उच्च राजनीतिक संस्कार छ । जिल्लाका हरेक समस्यामा सामेल र समाधान गर्न सक्ने ल्याकत पनि भुसालले राख्छिन् । फेरि अहिलेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये ललितपुरवासीले कहिले पनि बतासिएर, आवेगमा निर्वाचनमा मत हालेको इतिहास छैन ।

राजनीतिमा अनुभव र उनीहरूको योगदानलाई पनि कदर गरिनुपर्छ । जसले असल राजनीतिक चरित्र देखाएको छ सत्तामा उही पुग्नुपर्छ । आवेग, कुण्ठाको बाटो लाग्दा क्षेत्र मात्र होइन देशलाई नै क्षति हुनसक्छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg