jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

राजनीति विभिन्न खालका अनुचित साँठगाँठहरूले अस्थिर र आक्रान्त भयो : केपी ओली

kp_6Ufe3zm8Yu-1675589178.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले आक्रान्त भएको टिप्पणी गरेका छन् । 

 

उनले नेपालमा प्रजातन्त्र आएदेखि नै कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष पूरा गर्न नपाएको बताउँदै नयाँ संविधान जारीपछि पनि उही अवस्था कायम रहेको टिप्पणी गरे । अध्यक्ष ओलीले भने– ‘हामीले अस्थिरताको राजनीतिक व्यवहार निरन्तर बेहोरिरहनुपरेको छ । २००७ सालपछि कुनै पनि प्रधानमन्त्रीले ५ आफ्नो ५ वर्षको कार्यकाल पूरा गर्न सकेको छैन । २०१५ सालमा पहिलो निर्वाचित प्रधानमन्त्री समेत २ वर्षमै अपदस्त भए र थुनामा परे । हामीले नयाँ संविधान जारी गर्‍यौँ तर स्थायित्व कस्तो भयो भने वर्षमा एक पटक प्रधानमन्त्री जस्तो भयो । हाम्रो चाहना स्थिरता र स्थायित्वको चाहना भयो तर हाम्रो प्राप्ति भने अस्थिरता र अनिश्चितता हुन पुग्यो । हाम्रो वर्तमान अनिश्चयता, डर र विभिन्न खालका अनुचित साँठगाँठहरूले आक्रान्त हुने गरेको छ ।’

उनले देशलाई आकार दिने राजनीति आफैँ दिशाविहिनताको भैपरी आउने अवसर पर्खेर बसेको उल्लेख गर्दै हामी कहिलेसम्म मदारीको जम्मुरे भएर बसिरहने ? भन्दै प्रश्न गरे । 

अध्यक्ष ओलीले राजनीतिक दलका नेताहरू मिलेर आत्मविश्वासका साथ निडरताका साथ नेपाल र नेपाली जनताको भविष्य निर्माणका लागि सङ्कल्प गर्न आग्रह गरे । उनले राजनीतिक अस्थिरताको अन्य गरी मुलुकमा राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गराउन आग्रह गरे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...