pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

रणनीतिक चतुर खेलाडी प्रचण्ड !

Screenshot_20220227-16204-1645958181.png

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई बलियो रणनीति बनाउनसक्ने नेताका रुपमा प्रस्तुत गर्दै आएका छन् । उनी स्वयंले सार्वजनिक रुपमै रणनीति आफूसँग रहेको बताइसकेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भावना र स्टन्टको भरमा चल्ने बताउने गरेका छन् । उनले अन्य शिर्ष नेतालाई पनि खासै प्रभावकारी देख्दैनन् । रणनीतिक चार्तुयताका बलमा जस्तोसुकै खेल उल्टाउने क्षमता प्रचण्डले देखाउँदै आएका छन् ।
यसपटक एमसीसीमा प्रचण्डले रणनीतिक चार्तुयता देखाएका छन् । २९ सेप्टेम्बर २०२१ मा एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले संयुक्त पत्र लेखेका थिए । पत्रमा एमसीसीबारे निकास दिन पाँच महिनाको समय मागिएको थियो ।
घटनाक्रमले एमसीसी अनुमोदन गर्ने सर्तमै सत्ता गठबन्धन बनेको खुल्दै गएको छ । यसलाई आजको सत्ता गठबन्धनका नेताहरुको निर्णयले पुष्टि गरिसकेको छ । प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले धेरै राजनीतिक बार्गेनिङ गरेर एमसीसी अनुमोदन गर्ने पक्षमा निर्णय लिए ।
एमसीसी टेबल गर्ने सर्तमा समेत प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव ल्याउन सफल भए । प्रचण्ड संवैधानि निकायको नियुक्ती अदालतबाट खारेजी चाहन्थे । अर्कोतर्फ, माधवकुमार नेपालसहित १४ सांसदको पदमुक्त गराउने योजनालाई तुहाउन खोजिरहेका थिए । महाभियोगले उनले एउटा तीरबाट धेरै शिकार गरे ।
एमसीसी टेबल गराएपछि पनि प्रचण्डले राजनीतिक लेनदेनहरुका लागि बार्गेनिङ गरिरहे । देउवा कुनै हालतमा सत्ता गठबन्धन जोगाउन चाहन्छन् भन्ने बुझेका प्रचण्डले प्रतिनिधि सभा चुनावमा गठबन्धन कायमै राखेर जाने सुनिश्चितता चाहन्थे । त्यसका लागि काँग्रेस र बाँकी दलहरुलाई कति कति प्रतिशत भन्ने विषय थियो । यसमा भद्र सहमति बनेको बुझिएको छ ।
धेरैवटा राजनीतिक लाभ लिएर प्रचण्ड बल्ल अगाडि बढे । अब प्रचण्डकै चाहना अनुसार संवैधानिक निकायका नियुक्तिमाथि अदालतबाट महत्वपूर्ण फैसला आउने सम्भावना बढेको छ ।
बानेश्वरमा भातृ संगठनलाई विरोधमा पठाएर प्रचण्डले एमसीसीविरुद्ध माहोल तयार गरिरहे । उनले आफूलाई राष्ट्रवादी जसरी प्रस्तुत गरे । अन्तमा यू टर्न भए । व्याख्यात्मक विश्लेषण को खोल राखेर एमसीसी अनुमोदनको निर्णय लिएर धेरैवटा राजनीतिक लाभ लिन सके ।-रिपोर्टस न्युज अनलाइन बाट

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg