himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

मेयर बालेनलाई बागमतीका मुख्यमन्त्री पाण्डेका १३ सुझाव

balen_rajendra_N8BQxjQnPT-1654501059.jpg

विभिन्न राजनीतिक दलका नेतासँग निरन्तर भेटघाटमा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख(मेयर) बालेन साहले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेट गरेका छन्। 

पार्टी बैठकका लागि काठमाडौं आएका बेला बालेनले पाण्डेको स्वयम्भूस्थित निवासमै पुगेर उनलाई भेटेका हुन्। निर्वाचित हुनुअघिदेखि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनको चुनौतीका बीच बालेनले राजनीतिक भेटवार्ता पनि जारी राखेका छन्। 

सबैजसो भेटमा उनको चासो फोहोर व्यवस्थापनमै छ । फोहोर व्यवस्थापन स्थल नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर ल्याउन नदिने भनेपछि तीन सातादेखि काठमाडौंको फोहोर उठाउन सकिएको छैन। 

मुख्यमन्त्री पाण्डेसँगको भेटमा पनि मेयर बालेनले फोहोर व्यवस्थापनमा प्रदेश सरकारको साथ खोजे । मुख्यमन्त्री पाण्डेले सहयोगको आश्वासन मात्रै दिएनन्, उनलाई के कस्ता काम गर्ने भनेर १३ बुँदे सुझाव पनि दिएका छन्। 

(यस्तो छ मुख्यमन्त्री पाण्डेको सुझाव)

१) फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइ काम गर्नुहोस्। 

क) तत्कालका लागि अस्थायी व्यवस्था :- काठमाडौंको फोहोर उठाएर लाने

ख) दीर्घकालका लागि सोलिड वेष्ट म्यानेजमेन्ट (वैज्ञानिक व्यवस्थापन)

२) काठमाडौंमा अब नयाँ शहर (वातावारणमैत्री अर्को एक सय वर्ष परिवर्तन गर्न नपर्ने गरी, सडक, ढल, विजुली, आदिको व्यवस्थित प्लानका साथ) काँठमा बनाउने 

३) सचिवालय चुस्त दुरुस्त बनाउनुहोस्। तपाईँ इन्जिनियर नै भए पनि अब तपाईंले इन्जिनियरले गर्ने काम गर्न भ्याउनुहुन्न। 

४) उपत्यका विकास प्राधिकरणले महानगरको काममा हस्तक्षेप हुने गरेको बुझेको छु।  विगतमा नगर विकास समिति (मनोनित संस्था) ले निर्वाचित संस्था नगरपालिकाको अधिकार खोसेको थियो । यसबाट निर्वाचित संस्थाको अधिकार कुण्ठित  हुने गरेको छ। 

५) नगर उजाड छ, हरियाली छैन। अब हरेक घरले फलफूल वा हरियाली दिने जमिनको क्षेत्रफल अनुसार रुख रोप्न लगाउनुहोस्। यतिबेला तपाई्रको प्रशंसकको ठूलो (भेल) संख्या छ, तपाईंका कुरा मान्छन्। 

६) सेवा प्रवाह नै स्थानीय सरकारको मुख्य कार्यले प्रत्येक वडा कार्यालयबाट समयमै काम सम्पन्न गर्न वडा कार्यालयका कार्यकारी (सचिव) लाई उत्साहित गर्नुहोस्। अफिसमा काम सम्पन्न गर्ने क्यालेण्डर बनाउन, सोही अनुसार काम गराउने, काम सम्पन्न भएपछि सम्बन्धित पक्षलाई खबर गर्ने परिपार्टी बसाऔँ। 

७) पूर्वाधारभन्दा अन्य सेवा मुलक काममा ध्यान दिनुहोस्। गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी आम जनतालाई कसरी दिलाउन सकिन्छ, त्यतातिर ध्यान दिनुहोस्। 

८) महानगरले कम्तिमा २ सय शैयाको आफ्नै कुनै अस्पताल संचालन गर्नुहोस्। 

९) शहरमा बसेका तर सीप नभएका जनतालाई सीपयुक्त जनशक्तिमा परिणत गर्दै आफ्ना कामका लागि स्वदेशी (सीपयुक्त) जनशक्ति तयार गर्नुहोस्।
१०) अपाङ्ग, टुहुरा बालबालिका, एकल महिला, घरबाट निकालिएका ज्येष्ठ नागरिक आदिका लागि आश्रयस्थल निर्माण गर्नुहोस्। 

११) विभेदको अन्त्य, छुवाछुतको अन्त्य, शिक्षा, स्वास्थ्य सरसफाइबाट बन्चित लाई सुविधामा परिणत गर्दै सभ्य समाज बनाउने काममा मन वचन र कर्मले लाग्नुहोस्।

१२) जनताबीच दिएको आश्वासन पूरा गर्नुहोस्, नपुग्ने कुरा नबोल्नुहोस्।

१३) शहरका महत्वपूर्ण जंक्सनहरु (बसस्टप, मालपोत, नापी कार्यालय) कार्यालयहरु आदि छेउमा सार्वजनिक शौचालय निर्माणमा ध्यान दिनुहोस्। 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg