pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

मेयर बालेनलाई बागमतीका मुख्यमन्त्री पाण्डेका १३ सुझाव

balen_rajendra_N8BQxjQnPT-1654501059.jpg

विभिन्न राजनीतिक दलका नेतासँग निरन्तर भेटघाटमा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख(मेयर) बालेन साहले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेट गरेका छन्। 

पार्टी बैठकका लागि काठमाडौं आएका बेला बालेनले पाण्डेको स्वयम्भूस्थित निवासमै पुगेर उनलाई भेटेका हुन्। निर्वाचित हुनुअघिदेखि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनको चुनौतीका बीच बालेनले राजनीतिक भेटवार्ता पनि जारी राखेका छन्। 

सबैजसो भेटमा उनको चासो फोहोर व्यवस्थापनमै छ । फोहोर व्यवस्थापन स्थल नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर ल्याउन नदिने भनेपछि तीन सातादेखि काठमाडौंको फोहोर उठाउन सकिएको छैन। 

मुख्यमन्त्री पाण्डेसँगको भेटमा पनि मेयर बालेनले फोहोर व्यवस्थापनमा प्रदेश सरकारको साथ खोजे । मुख्यमन्त्री पाण्डेले सहयोगको आश्वासन मात्रै दिएनन्, उनलाई के कस्ता काम गर्ने भनेर १३ बुँदे सुझाव पनि दिएका छन्। 

(यस्तो छ मुख्यमन्त्री पाण्डेको सुझाव)

१) फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइ काम गर्नुहोस्। 

क) तत्कालका लागि अस्थायी व्यवस्था :- काठमाडौंको फोहोर उठाएर लाने

ख) दीर्घकालका लागि सोलिड वेष्ट म्यानेजमेन्ट (वैज्ञानिक व्यवस्थापन)

२) काठमाडौंमा अब नयाँ शहर (वातावारणमैत्री अर्को एक सय वर्ष परिवर्तन गर्न नपर्ने गरी, सडक, ढल, विजुली, आदिको व्यवस्थित प्लानका साथ) काँठमा बनाउने 

३) सचिवालय चुस्त दुरुस्त बनाउनुहोस्। तपाईँ इन्जिनियर नै भए पनि अब तपाईंले इन्जिनियरले गर्ने काम गर्न भ्याउनुहुन्न। 

४) उपत्यका विकास प्राधिकरणले महानगरको काममा हस्तक्षेप हुने गरेको बुझेको छु।  विगतमा नगर विकास समिति (मनोनित संस्था) ले निर्वाचित संस्था नगरपालिकाको अधिकार खोसेको थियो । यसबाट निर्वाचित संस्थाको अधिकार कुण्ठित  हुने गरेको छ। 

५) नगर उजाड छ, हरियाली छैन। अब हरेक घरले फलफूल वा हरियाली दिने जमिनको क्षेत्रफल अनुसार रुख रोप्न लगाउनुहोस्। यतिबेला तपाई्रको प्रशंसकको ठूलो (भेल) संख्या छ, तपाईंका कुरा मान्छन्। 

६) सेवा प्रवाह नै स्थानीय सरकारको मुख्य कार्यले प्रत्येक वडा कार्यालयबाट समयमै काम सम्पन्न गर्न वडा कार्यालयका कार्यकारी (सचिव) लाई उत्साहित गर्नुहोस्। अफिसमा काम सम्पन्न गर्ने क्यालेण्डर बनाउन, सोही अनुसार काम गराउने, काम सम्पन्न भएपछि सम्बन्धित पक्षलाई खबर गर्ने परिपार्टी बसाऔँ। 

७) पूर्वाधारभन्दा अन्य सेवा मुलक काममा ध्यान दिनुहोस्। गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी आम जनतालाई कसरी दिलाउन सकिन्छ, त्यतातिर ध्यान दिनुहोस्। 

८) महानगरले कम्तिमा २ सय शैयाको आफ्नै कुनै अस्पताल संचालन गर्नुहोस्। 

९) शहरमा बसेका तर सीप नभएका जनतालाई सीपयुक्त जनशक्तिमा परिणत गर्दै आफ्ना कामका लागि स्वदेशी (सीपयुक्त) जनशक्ति तयार गर्नुहोस्।
१०) अपाङ्ग, टुहुरा बालबालिका, एकल महिला, घरबाट निकालिएका ज्येष्ठ नागरिक आदिका लागि आश्रयस्थल निर्माण गर्नुहोस्। 

११) विभेदको अन्त्य, छुवाछुतको अन्त्य, शिक्षा, स्वास्थ्य सरसफाइबाट बन्चित लाई सुविधामा परिणत गर्दै सभ्य समाज बनाउने काममा मन वचन र कर्मले लाग्नुहोस्।

१२) जनताबीच दिएको आश्वासन पूरा गर्नुहोस्, नपुग्ने कुरा नबोल्नुहोस्।

१३) शहरका महत्वपूर्ण जंक्सनहरु (बसस्टप, मालपोत, नापी कार्यालय) कार्यालयहरु आदि छेउमा सार्वजनिक शौचालय निर्माणमा ध्यान दिनुहोस्। 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg