Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

images-1669012327.jpg

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ। हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो।

मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन  विजयी भएका हुन्। 

मुस्ताङमा सात हजार २३० मत खसेको थियो। मुस्ताङको थासाङ गाउँपालिका कालोपानीका गौचन कांग्रेस मुस्ताङ सभापति एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। 

उनले एलाइन्स पुनमर सिटी बैंलोर भारतबाट बिजनेस म्यानेजमेन्ट विषयमा स्नातकसम्म अध्ययन गरेका छन्। गौचन राजनीतिसँगै कृषि, पर्यटनतर्फ होटेल तथा टुर्स एन्ड ट्राभल्समा जोडिएका छन्। उनको मुस्ताङ लेतेमा कालापानी गेष्ट हाउस सञ्चालनमा छ । यस्तै, पोखरामा त्रिथुङ्गा ट्राभल्स एन्ड टुर्स प्रालि र मुस्ताङमा अर्गानिक फार्म किवी खेती गरिरहेका छन्। 

सानै उमेरमा कांग्रेसको राजनीतिमा सक्रिय गौचनले जिल्लामा नेविसंघको राजनीति सुरु गरेका थिए । कांग्रेस महासमिति सदस्य समेत रहेका गौचन गण्डकी प्रदेश कार्यसमितिमा समेत छन्। 

उनका बुबा रोमी गौचन २०७० मा मुस्ताङबाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि प्रचण्डनेतृत्वको सरकारमा वाणिज्यमन्त्री समेत भएका थिए।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg