jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

images-1669012327.jpg

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ। हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो।

मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन  विजयी भएका हुन्। 

मुस्ताङमा सात हजार २३० मत खसेको थियो। मुस्ताङको थासाङ गाउँपालिका कालोपानीका गौचन कांग्रेस मुस्ताङ सभापति एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। 

उनले एलाइन्स पुनमर सिटी बैंलोर भारतबाट बिजनेस म्यानेजमेन्ट विषयमा स्नातकसम्म अध्ययन गरेका छन्। गौचन राजनीतिसँगै कृषि, पर्यटनतर्फ होटेल तथा टुर्स एन्ड ट्राभल्समा जोडिएका छन्। उनको मुस्ताङ लेतेमा कालापानी गेष्ट हाउस सञ्चालनमा छ । यस्तै, पोखरामा त्रिथुङ्गा ट्राभल्स एन्ड टुर्स प्रालि र मुस्ताङमा अर्गानिक फार्म किवी खेती गरिरहेका छन्। 

सानै उमेरमा कांग्रेसको राजनीतिमा सक्रिय गौचनले जिल्लामा नेविसंघको राजनीति सुरु गरेका थिए । कांग्रेस महासमिति सदस्य समेत रहेका गौचन गण्डकी प्रदेश कार्यसमितिमा समेत छन्। 

उनका बुबा रोमी गौचन २०७० मा मुस्ताङबाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि प्रचण्डनेतृत्वको सरकारमा वाणिज्यमन्त्री समेत भएका थिए।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...