jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी महाअभियान:- थाहा ४ मा जेष्ठ नागरिकलाई सम्मान गर्दै सुरु।

FB_IMG_1693627974192-1693628934.jpg

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि तीन महिने अभियान सुरु गर्ने भएको छ । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ ।

देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ ।

यसैबिच माओवादी थाहा नगर वडा न ४ ले वडाको किटेनिमा बृद्दबृद्दा हरुलाइ सम्मान कार्यक्रम गर्दै अभियानको सुरुवात गरेको छ।
थाहा ४ किटेनीमा रहेको किरातेश्वर जेष्ठ नागरिक मिलनकेन्द्रका १६ जना ८० बर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गर्दै अभियानको सुरुवात गरेको हो।
माओवादी केन्द्रका ४ नम्बर अध्यक्ष जमिन दियालीको अध्यक्षता तथा अभियानका वडा इन्चार्ज अरुण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माओवादी नगर सदस्य हरु ओमकर बिष्ट ,यादवजंग रायमाझी ,केशव सुनार,वडा अध्यक्ष नारायण लामा वडा सदस्य हरु शुन्दरराज केसी,शान्ती बिक,अक्षय कुमार थिङ,चन्द्रमाया थिङ ,निवर्तमान जनप्रतिनिधि रबि बिष्ट ,वाइसीएल नेता राजकुमार पन्त,प्रेस सेन्टर थाहा नगर अध्यक्ष शम्भु अधिकारी लगाएतका उपस्तिथि रहेको थियो।
अभियान सुरुवात गर्दै प्रमुख अतिथी अरुण रायमाझीले जेष्ठ नागरिक हाम्रा अभिभावक भएको हुँदा पार्टीलाई वहाँ हरुको मार्गदर्शन आवश्यक रहेको बताउदै माओवादी बाट गल्ती हुँदा झकझकाउन आग्रह गर्नुभयो।
कार्यक्रमलाई वडा सचिब गणेश लामाले संचालन गरेका थिए भने माओवादी केन्द्रका नेता कार्यकर्ता तथा स्थानीयको उल्लेख्य उपस्तिथि रहेको थियो।

FB_IMG_1693628743780-1693628938.jpg
FB_IMG_1693628735053-1693628959.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...