jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी मनहरीको बैठकद्वारा तीन महिने अभियानको कार्य विभाजन,।

FB_IMG_1692890378351-1692890403.jpg

घर घरमा माओवादी ,जनजनमा माओवादी भन्ने पार्टिको केन्द्रिय सर्कुलर अनुसार यतिखेर माओबादी केन्द्रले आफ्ना संगठन सुदृढीकरण गर्दैछ । जनचासो माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत ३ महिने कार्यक्रमको कार्यबिभाजन सहित माओबादी केन्द्र मनहरी गाउँ कमिटिको बैठक सम्पन्न भएकोहो ।

मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा सम्पन्न बिस्तारित बैठकमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टीका कार्यकर्ताहरुलाई केन्द्रिय निति, रणनीतिका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा अतिथी तथा आशन ग्रहण ,श्रद्धाञ्जली परिपत्र अध्यन र ब्याख्या कार्यबिभाजन आर्थिक प्रतिबद्धता जस्ता प्रस्ताव माथी छलफल गरिएको थियो ।

घर घरमा माओवादी ,जनजनमा माओवादी भन्ने पार्टिको केन्द्रिय सर्कुलर अनुसार संगठन सुदृढीकरण अभियान अन्तरगत कार्य बिभाजन पनि गरिएको छ । जस अनुसार वडा न -१ लक्ष्मी माझी,तेजराज पान्डे ,वडा न -२ राजकुमार पार्खिन ,वडा न -३ लक्ष्मी माझी,बिज्यान स्याङ्तान ,वडा न -४ रामप्रसाद कालाखेती,अम्बर ब रुम्बा,धुर्ब खड्का ,वडा न -५ घनश्याम दाहाल ,केशव सुवेदी ,वडा न -६ सीता पुलामी,यदुनाथ सुबेदी ,वडा न -७ सीता पुलामी,शरण स्याङ्बो ,वडा न -८ वीर ब घलान
र वडा न -९ रामप्रसाद कालाखेतिलाई टोलि नेता चुनिएको हो । साथै कार्यलय सचिवको जिम्मा श्रीकृष्ण ढकाललाई दिईएको हो ।

यस्तै गरि संगठन सुदृढीकरण कार्यक्रम अन्तरगत वडा नम्बर ६ र ८ बाहेक अन्य वडाको अभियानलाई सम्पन्न गर्ने गरि निर्णय समेत गरेकोछ । जस अन्तरगत वडा न १ मा यहि भदौ १३ गते बिहान ११ बजे ,वडा न २ मा भदौ १० गते बिहान ११ बजे, वडा न ३ मा भदौ१० गते दिउँसो १२ बजे ,वडा न ४ मा भदौ ११ गते दिउँसो १२ बजे, वडा न ५ मा भदौ ९ गते दिउँसो १२ बजे ,वडा न ७ मा भदौ १३ गते बिहान ८ बजे ,वडा न ९ मा भदौ १३गते बिहान ११ बजे बैठक राख्ने निर्णय गरिएकोछ ।

पार्टिको केन्द्रिय सर्कुलर अनुसार तीन महिने कार्यक्रम को लागि केन्द्रिय सदस्य घन श्याम दाहालको संयोजकत्वमा ५ सदस्यीय पार्टी संगठन सुदृढीकरण अभियान संचालन गरिने पार्टि गाउँकमिटी ईन्चार्ज राजकुमार पाख्रिनले जानकारी दिनुभयो ।त्यस्तै समितिको अन्य सदस्यहरुमा लक्ष्मी माझी ,सीता पुलामी मगर(रेखा) ,राजकुमार पाख्रीन र रामप्रसाद कालाखेती रहेका छन् ।

यस्तै गरि आजै बसेको बैठकले पार्टिको तीन महिने रुपान्तरण अभियान अन्तर्गत भदौ १६ गते १२ बजे सम्पुर्ण वडा हरुमा एकै पटक वडा कार्यालय उद्घाटन गर्ने निर्णय गरिएको मनहरी गाउँपालिका पार्टी अध्यक्ष राम प्रसाद कालाखेतिले जानकारी दिए ।

कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य घन श्याम दाहाल, बागमती प्रदेश पार्टी कमिटी उपाध्यक्ष एबम बागमती प्रदेश सदस्य संसद प्रेम बहादुर पुलामी ( छिन्तु),जेष्ठ कम्युनिस्ट मन्च केन्द्रिय सदस्य रामहरी सुवेदी ( गुलाव), बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान , प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ( ज्वाला), प्रदेश कमिटी सदस्य लक्ष्मी माझी ( कृपा),प्रेम भुजेल, आनन्द घलान ,गजाधर सुवेदी , अशोक शाक्य , मनहरी पार्टी गाउँ कमिटी ईन्चार्ज राजकुमार पाख्रिन लगाएत अन्य नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सभाध्यक्ष मनहरी गाउँ कमिटी अध्यक्ष राम प्रसाद कालाखेतिको सभाध्यतामा सम्पन्न भएको थियो 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...