jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी थाहा ३ को अध्यक्षमा विक्रम बिष्ट

woda4-1705152262.jpg

थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रको थाहा वडा न ३ कमिटिको वडा सम्मेलन सम्पन्न भएको छ ।  माओवादी थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता पार्टीका नगर ईन्चार्ज बिष्णु बिष्टको बिशिस्ट आतिथ्यतामा भएको सम्मेलनले बिक्रम बिष्ट  अध्यक्ष रहने गरी २९ सदस्यीय वडा कमिटि चयन गरेको छ ।

कमिटिको उपाध्यक्षहरुमा शारदा गोपाली,किशोर रायमाझी र जीवन थोकर  रहेका छन भने सचिबमा सुभाष गोपाली , सह–सचिवमा पुर्ण सिंह पाख्रीन, कोषाध्यक्षमा बिश्वनाथ रायमाझी र सह कोषाध्यक्षमा   पुर्णध्वज कार्की सहित २९ सदस्यीय वडा कमिटी चयन भएको पार्टीका नगर सदस्य राजकुमार कार्कीले  जानकारी दिए ।
कार्यक्रममा बिगत लामो समयदेखी पार्टी लाई सहयोग गर्दै आइरहेका जेष्ठ नागरिक हरुलाइ दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
 कार्यक्रममा माओवादी थाहा नगर अध्यक्ष बिनोद कुमार लामा,नगर सचिव लक्ष्मण बिष्ट, मकवानपुर जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी,नगर उपाध्यक्ष नवराज बिष्ट,प्राध्यापक संघका केन्द्रिय सदस्य हरीकृष्ण कार्की  लगायतले मन्तव्य राखेका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...