pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी थाहा नगरको बिस्तारित बैठक सम्पन्न ।

Screenshot_20220822-19071-1661174620.png

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता तथा माओवादी केन्द्रका  पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष बिष्ट ,बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तु,प्रदेश बिशेष उपाध्यक्ष प्रलोक पाण्डे ,प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श ,प्रदेश सदस्यहरु लवशेर बिष्ट ,ज्योति रायमाझी ,इन्द्र बहादुर श्रेष्ठ ,वीर बहादुर घलान ज्वाला,लगायत जिल्ला समन्वय समिती सदस्यहरु,जनबर्गिय संघसंगठनका प्रमुख हरुको उपस्थिति रहेको थियो।
बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेश बिशेष उपाध्यक्ष प्रलोक पाण्डेले मकवानपुरमा पार्टी कमजोर नरहेको स्पष्ट पार्दै,थाहाले अन्य पालिकालाइ सन्देश दिनुपर्ने बताउनुभयो साथै वहाँले आगामी निर्वाचनमा सैद्धान्तिक र दर्शनको कुरा होइन अब जनतालाई जीवन व्यबहार चल्ने आत्मनिर्भरता को एजेन्डा चाहियकोले चुनावमा तेहि नारा लियर जानुपर्नेमा जोडदिदै ,"नेतृत्वमा बस्नेले भनेको मान्नैपर्ने यो माओवादीको रोग हो यस्लाइ बेलैमा निराकरण गर्नु अबको आबश्यकता रहेको औल्याउँनुभयो।अर्का अतिथि माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तुले साम्राज्यवादले नेपालमा कम्युनिस्ट पार्टी एक हुनै नदिने रणनीति लियको हुँदा जुट्नु भन्दा फुट धेरै भएको बताए । छिन्तुले नेपालमा पनि काङ्ग्रेस लाई ठूलो पार्टी बनाइदियर कम्युनिस्ट हरुलाइ एक हुन नदिने रणनीति साम्राज्यवादी हरुको नितिनै भयको भन्दै काङ्ग्रेस लाई ठूलो बनाउन भन्दापनी सङ्घियता बचाउनको निम्ति काङ्ग्रेस सङको गठबन्धन अपरिहार्य र आबश्यकता रहेको बताए ।
अर्का नेता माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष बिष्टले पार्टी एकजुट बनाउन पार्टी निर्णय लाई लागू गर्नुपर्ने तथा सम्पुर्ण नेताकार्यकर्ताले साझा एजेन्डा बनायर जानुपर्नेमा जोड दिदै  मङ्सिर ४ को निर्वाचनमा केन्द्रित हुन सम्पुर्ण नेता कार्यकर्ता लाई आग्रह गरे । तेसै गरि प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानले चुनावमा घात गर्ने बिरुद्धमा प्रमाण जुटाएर उजुरी गरे  कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गर्दै ,पार्टी कमिटीलाई पनि नेपालको संविधान जस्तै कानुनी रुपमा लैजान अभ्यास गर्न आग्रह गर्नुभयो नेता मोक्तानले ,नगर पार्टी भित्र संसरदिय समिती बनायर पालिकामा जनप्रतिनिधि हरुले गर्ने कार्यको अनुगमन गरि खवरदारी गर्न सुझाव दिदै पार्टी र सत्तालाई एकरुपतामा चलाउन आग्रह गर्नुभयो साथै वहाँले सत्ता र पार्टी बिचको  अन्तर्बिरोधका  कारण समस्या उत्पन्न हुने भन्दै खवरदारीले समस्या न्यूनीकरण हुने बताउनुभयो। बैठकमा अध्यक्ष बिनोद लामाले आफ्नो राजनैतिक प्रतिबेदन पेश गरेका थिय।साथै बैठकले आगामी भाद्र १२ गते थाहा नगरको १२ वटै वडाको वडा बैठक गर्ने पनि निर्णय गरेको छ।

Screenshot_20220822-19074-1661174623.png
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg