pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी केन्द्र हेटौंडा उपमहानगरको निर्वाचन समीक्षात्मक बैठक, पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड

319411253_826030905157929-1671892047.jpg

 मकवानपुर । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटिको पाँचौं विस्तारित बैठक शुक्रबार बसेको छ । बैठकले भर्खरै सम्पन्न प्रदेश तथा संघीय निर्वाचनको बारेमा समीक्षासहित पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइएको छ । उपमहानगर कमिटि अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य मानकुमारी नेपाली, विजय गौतम, प्रदेश समिति उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), जिल्ला समन्वय समिति संयोजक सर्केश घलान, नगर समिति ईन्चार्ज विवेक राई तथा जिल्ला समन्वय समिति सदस्यहरुको विशेष उपस्थिति थियो । बैठकमा हेटौंडा उपमहानगर अन्तर्गत रहेका पार्टी वडा कमिटिका नेतृत्वबाट निर्वाचनका अवधिमा भएका सम्पूर्ण गतिविधीहरुको बारेमा समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, बैठकमा बोल्ने अधिकांश वडा कमिटिका पदाधिकारीहरुले पार्टी उपमहानगर कमिटिले वडा कमिटिलाई थप सशक्त बनाउन जिम्मेवारीसहित कार्ययोजना दिनुपर्ने उल्लेख गरेका छन् । पार्टीलाई अझ सशक्त बनाउन विशेष योजनासहित गतिविधीहरु अघि बढाउन वडा कमिटिका पदाधिकारीहरुले पार्टी उपमहानगर कमिटिलाई अनुरोध गरेका छन् । यस्तै, बैठकले सत्तारुढ गठबन्धन र नेकपा माओवादी केन्द्रलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन एवम् प्रदेश सभा निर्वाचनमा गठबन्धनका तर्फबाट निर्वाचित उक्त पार्टीका केन्द्रीय सदस्य कुमारी मोक्तान प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) लाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । यसैगरि, पार्टी वडा कमिटिको निर्वाचन समीक्षात्मक बैठक गर्ने निर्णय भएको छ । आगामी पौष १२ गतेदेखि २२ गतेसम्म हेटौंडा उपमहानगरका वडा नम्बर १ देखि १९ नम्बर वडा कमिटिको चुनाव सम्बन्धि समिक्षात्मक बैठक बस्ने निर्णय गरेको उपमहानगर कमिटिका अध्यक्ष तिर्थबहादुर थापामगरले जानकारी दिए । यस्तै, बैठकले प्रत्येक वडा तथा टोलस्तरमा पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिने निर्णय समेत भएको अध्यक्ष थापा मगरले उल्लेख गरेका छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg