jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र हेटौंडा उपमहानगरको निर्वाचन समीक्षात्मक बैठक, पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड

319411253_826030905157929-1671892047.jpg

 मकवानपुर । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटिको पाँचौं विस्तारित बैठक शुक्रबार बसेको छ । बैठकले भर्खरै सम्पन्न प्रदेश तथा संघीय निर्वाचनको बारेमा समीक्षासहित पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइएको छ । उपमहानगर कमिटि अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य मानकुमारी नेपाली, विजय गौतम, प्रदेश समिति उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), जिल्ला समन्वय समिति संयोजक सर्केश घलान, नगर समिति ईन्चार्ज विवेक राई तथा जिल्ला समन्वय समिति सदस्यहरुको विशेष उपस्थिति थियो । बैठकमा हेटौंडा उपमहानगर अन्तर्गत रहेका पार्टी वडा कमिटिका नेतृत्वबाट निर्वाचनका अवधिमा भएका सम्पूर्ण गतिविधीहरुको बारेमा समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, बैठकमा बोल्ने अधिकांश वडा कमिटिका पदाधिकारीहरुले पार्टी उपमहानगर कमिटिले वडा कमिटिलाई थप सशक्त बनाउन जिम्मेवारीसहित कार्ययोजना दिनुपर्ने उल्लेख गरेका छन् । पार्टीलाई अझ सशक्त बनाउन विशेष योजनासहित गतिविधीहरु अघि बढाउन वडा कमिटिका पदाधिकारीहरुले पार्टी उपमहानगर कमिटिलाई अनुरोध गरेका छन् । यस्तै, बैठकले सत्तारुढ गठबन्धन र नेकपा माओवादी केन्द्रलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन एवम् प्रदेश सभा निर्वाचनमा गठबन्धनका तर्फबाट निर्वाचित उक्त पार्टीका केन्द्रीय सदस्य कुमारी मोक्तान प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) लाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । यसैगरि, पार्टी वडा कमिटिको निर्वाचन समीक्षात्मक बैठक गर्ने निर्णय भएको छ । आगामी पौष १२ गतेदेखि २२ गतेसम्म हेटौंडा उपमहानगरका वडा नम्बर १ देखि १९ नम्बर वडा कमिटिको चुनाव सम्बन्धि समिक्षात्मक बैठक बस्ने निर्णय गरेको उपमहानगर कमिटिका अध्यक्ष तिर्थबहादुर थापामगरले जानकारी दिए । यस्तै, बैठकले प्रत्येक वडा तथा टोलस्तरमा पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिने निर्णय समेत भएको अध्यक्ष थापा मगरले उल्लेख गरेका छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...