pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम

1713453864566-1713453890.jpg

हेटौंडा/नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी पुनरोदयको सन्निकट रहेको दाबी गर्नुभएको छ। 
नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १ को दोश्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै नेता गौतमले व्यवस्था बदलेर आएको नेकपा माओवादी २०६४ सालम सबैभन्दा ठूलो शक्तिको रुपमा जनअनुमोदित भएको चर्चा गर्दै यतिबेला सुशासन र सामाजिक न्याय सहितको सम्बद्धिको एकसूत्रीय भाष्य निर्माणको अभियानले माओवादीको पुनरोदय गराउने वताएका हुन्। 
अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले प्राप्त उपलब्धीप्रति गौरबबोध गराउँदै बिपक्षीले गरेका दुष्प्रचारको खण्डन गर्न नसक्दा माओवादी रक्षात्मक बनेको जिकिर गर्दै पार्टीपंक्ति यसप्रति सचेत हुनुपर्ने बताउनुभयो । 
वडा अधिवेशनले रेवती दाहालको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा ऐक्का थिङ, सचिवमा गजेन्द्र नारायण यादव, सहसचिवमा रेजिना सिकारी र कोषाध्यक्षमा मनिषा लामा चयन भएका छन् । 
वडा पार्टी अध्यक्ष स्वस्थी राजथलाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य शुभरत्न गोले, जिल्ला सदस्य मानबहादुर लामा, अधिवक्ता केशव गौतम, हेटौंडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापामगर, उपाध्यक्ष गुणराज घिमिरे, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीयय सदस्य गौतम केसी लगायतको उपस्थिति रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg