Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम

1713453864566-1713453890.jpg

हेटौंडा/नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी पुनरोदयको सन्निकट रहेको दाबी गर्नुभएको छ। 
नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १ को दोश्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै नेता गौतमले व्यवस्था बदलेर आएको नेकपा माओवादी २०६४ सालम सबैभन्दा ठूलो शक्तिको रुपमा जनअनुमोदित भएको चर्चा गर्दै यतिबेला सुशासन र सामाजिक न्याय सहितको सम्बद्धिको एकसूत्रीय भाष्य निर्माणको अभियानले माओवादीको पुनरोदय गराउने वताएका हुन्। 
अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले प्राप्त उपलब्धीप्रति गौरबबोध गराउँदै बिपक्षीले गरेका दुष्प्रचारको खण्डन गर्न नसक्दा माओवादी रक्षात्मक बनेको जिकिर गर्दै पार्टीपंक्ति यसप्रति सचेत हुनुपर्ने बताउनुभयो । 
वडा अधिवेशनले रेवती दाहालको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा ऐक्का थिङ, सचिवमा गजेन्द्र नारायण यादव, सहसचिवमा रेजिना सिकारी र कोषाध्यक्षमा मनिषा लामा चयन भएका छन् । 
वडा पार्टी अध्यक्ष स्वस्थी राजथलाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य शुभरत्न गोले, जिल्ला सदस्य मानबहादुर लामा, अधिवक्ता केशव गौतम, हेटौंडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापामगर, उपाध्यक्ष गुणराज घिमिरे, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीयय सदस्य गौतम केसी लगायतको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...