jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र थाहा नगरको प्रतिबद्धता पत्र सार्वजनिक
नगरको समृद्धिको लागि माआबोदी केन्द्रलाई जिताउन आग्रह 

Untitled-1-1651671810.jpg

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नगरको विकासका लागि गर्ने कार्यहरु सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । “शिक्षा, कृषि, पर्यटन र रोजगार : समृद्ध थाहा नगरको आधार” भन्ने नारालाई सार्थक गर्न गरिने विविध कार्यक्रमहरु प्रतिवद्धता पत्रमा रहेकोछ ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार लवशेर बिष्ट मेयर पदमा निर्वाचित भएसंगै नगरको बिकासमा उल्लेख्य कार्य भएको र राष्ट्रिय स्तरमा उत्कृष्ठ नगर भएकोले आगामी निर्वाचनमा समेत माओवादी केन्द्रका उम्मेद्वारलाई बिजयी गराउन नगरकमिटि अध्यक्ष बिनोद कुमार लामाले बताउनुभयो । माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नगरको मूख्य सम्भावना रहेको क्षेत्र कृषि र पर्यटनलाई सम्मनजनक पेशाको रुपमा विकास गराई प्रबिधिमा जोडेर युवालाई आकर्षित गर्ने उल्लेख छ । प्रतिबद्धता पत्रमा थाहा नगरलाई देशकै नमूना शैक्षिक केन्द्रको रुपमा विकास गर्ने र स्वास्थ्य सम्वन्धि जनशक्ति उत्पादनको लागि नगरमै मेडिकल कलेजको स्थापना गर्न पहल गर्ने, महिला स्वास्थ्यकर्मीहरुलाई सम्मनजनक सुविधाको ब्यवस्था गर्नुका साथै प्रत्येक वडामा सुविधा सहितको बर्थिङ सेन्टरको स्थापना गर्ने र नगरका सम्पूर्ण परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पहल गर्ने समेत उल्लेख गरिएको छ ।

साथै थाहा नगरलाई शुन्य गरिबी नगर बनाउनको लागि गरिव परिवार पहिचान गरी गरिव, दलित तथा पछाडि पारिएकाहरुलाई आयआर्जन मूलक कार्यमा प्राथमिकताका साथ लगाईने र दक्ष जनशक्ति तयार गर्न सीपमुलक तालिमहरुको ब्यवस्था गर्ने उल्लेख गरिएको छ । कृषि क्षेत्रको विकासको लागि सिंचाईको उपयुक्त ब्यवस्था सहित कृषिजन्य उत्पादनको प्रशोधन र प्रवर्धनका लागि लघुउद्यम सञ्चालन गर्ने र खेती योग्य जमिनको संरक्षण गरी कम उत्पादन हुने क्षेत्रमा बस्तीको विकास गर्ने नीति माओवादी केन्द्र थाहा नगरको प्रतिवद्धता पत्रमा उल्लेख छ । प्रतिबद्धता पत्रमा एक घर एक धाराको नीति अन्तरगत बाँकी रहेका वडाहरुमा तीन बर्ष भित्र स्वच्छ खानेपानीको ब्यवस्था गर्ने, ५० बर्ष माथिका सबै नागरिकहरुको पूर्ण स्वास्थ्य जाँच गरी तथ्यांक राख्ने र जेष्ठ नागरिकहरुलाई अनुकुल हुनेगरी टोलटोलमा जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिने उल्लेख छ । शान्ति सुरक्षा नागरिकको प्रमुख अधिकार भएकोले मूख्य वजार क्षेत्रमा सिसि क्यामेरा राखिने, नगरमा रहेका धार्मिक, पुरातात्विक,ऐतिहाँसिक संरचनाहरुको संरक्षण गरी प्रचारप्रसार गरी पर्यटन क्षेत्रको विकास गरिने योजना प्रतिबद्धता पत्रमा रहेको छ । प्रतिबद्धता पत्रमा अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धताहरु अधिकांश पुरा भएको र केही पुरा हुने अन्तिम चरणमा रहेकोले समग्र थाहा नगरको विकास र समृद्धिको लागि नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई बिजयी गराउन अनुरोध गरिएको छ ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...