pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी केन्द्र थाहा नगरको प्रतिबद्धता पत्र सार्वजनिक
नगरको समृद्धिको लागि माआबोदी केन्द्रलाई जिताउन आग्रह 

Untitled-1-1651671810.jpg

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नगरको विकासका लागि गर्ने कार्यहरु सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । “शिक्षा, कृषि, पर्यटन र रोजगार : समृद्ध थाहा नगरको आधार” भन्ने नारालाई सार्थक गर्न गरिने विविध कार्यक्रमहरु प्रतिवद्धता पत्रमा रहेकोछ ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार लवशेर बिष्ट मेयर पदमा निर्वाचित भएसंगै नगरको बिकासमा उल्लेख्य कार्य भएको र राष्ट्रिय स्तरमा उत्कृष्ठ नगर भएकोले आगामी निर्वाचनमा समेत माओवादी केन्द्रका उम्मेद्वारलाई बिजयी गराउन नगरकमिटि अध्यक्ष बिनोद कुमार लामाले बताउनुभयो । माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नगरको मूख्य सम्भावना रहेको क्षेत्र कृषि र पर्यटनलाई सम्मनजनक पेशाको रुपमा विकास गराई प्रबिधिमा जोडेर युवालाई आकर्षित गर्ने उल्लेख छ । प्रतिबद्धता पत्रमा थाहा नगरलाई देशकै नमूना शैक्षिक केन्द्रको रुपमा विकास गर्ने र स्वास्थ्य सम्वन्धि जनशक्ति उत्पादनको लागि नगरमै मेडिकल कलेजको स्थापना गर्न पहल गर्ने, महिला स्वास्थ्यकर्मीहरुलाई सम्मनजनक सुविधाको ब्यवस्था गर्नुका साथै प्रत्येक वडामा सुविधा सहितको बर्थिङ सेन्टरको स्थापना गर्ने र नगरका सम्पूर्ण परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पहल गर्ने समेत उल्लेख गरिएको छ ।

साथै थाहा नगरलाई शुन्य गरिबी नगर बनाउनको लागि गरिव परिवार पहिचान गरी गरिव, दलित तथा पछाडि पारिएकाहरुलाई आयआर्जन मूलक कार्यमा प्राथमिकताका साथ लगाईने र दक्ष जनशक्ति तयार गर्न सीपमुलक तालिमहरुको ब्यवस्था गर्ने उल्लेख गरिएको छ । कृषि क्षेत्रको विकासको लागि सिंचाईको उपयुक्त ब्यवस्था सहित कृषिजन्य उत्पादनको प्रशोधन र प्रवर्धनका लागि लघुउद्यम सञ्चालन गर्ने र खेती योग्य जमिनको संरक्षण गरी कम उत्पादन हुने क्षेत्रमा बस्तीको विकास गर्ने नीति माओवादी केन्द्र थाहा नगरको प्रतिवद्धता पत्रमा उल्लेख छ । प्रतिबद्धता पत्रमा एक घर एक धाराको नीति अन्तरगत बाँकी रहेका वडाहरुमा तीन बर्ष भित्र स्वच्छ खानेपानीको ब्यवस्था गर्ने, ५० बर्ष माथिका सबै नागरिकहरुको पूर्ण स्वास्थ्य जाँच गरी तथ्यांक राख्ने र जेष्ठ नागरिकहरुलाई अनुकुल हुनेगरी टोलटोलमा जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिने उल्लेख छ । शान्ति सुरक्षा नागरिकको प्रमुख अधिकार भएकोले मूख्य वजार क्षेत्रमा सिसि क्यामेरा राखिने, नगरमा रहेका धार्मिक, पुरातात्विक,ऐतिहाँसिक संरचनाहरुको संरक्षण गरी प्रचारप्रसार गरी पर्यटन क्षेत्रको विकास गरिने योजना प्रतिबद्धता पत्रमा रहेको छ । प्रतिबद्धता पत्रमा अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धताहरु अधिकांश पुरा भएको र केही पुरा हुने अन्तिम चरणमा रहेकोले समग्र थाहा नगरको विकास र समृद्धिको लागि नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई बिजयी गराउन अनुरोध गरिएको छ ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg