pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी केन्द्रको महाअभियान भोलि बाट।

FB_IMG_1693578631802-1693580357.jpg

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ने शनिबारदेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर पार्टी रूपान्तरण अभियान सुरु गर्ने भएको छ । २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने गरी माओवादीले शनिबारदेखि शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर-२, भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम रहेको पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘सिकाउने भन्दा पनि सिक्ने उद्धेश्यले जान लागेको हो । जनता असली नायक हुन् भन्ने हो । जनताको उत्साह र सिर्जनाशीलता जाँदैछौं,’ उनले भने, ‘पहिलो चरणमा आन्तरिक प्रशिक्षण, दोस्रो चरणमा अन्तरक्रिया र तेस्रो चरण आमसभाहरू आयोजना गरिने छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान हो। ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ ओठे भक्ति नभई अन्तर हृदयबाट यो काम हुन्छ ।’ गत महिना भएको मा‌ओवादी केन्द्रको केन्द्रीय समितिको अभियानले ३ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइने पार्टीले दाबी गरेको छ ।

सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको पनि माओवादीको दाबी छ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्‍याउने गरी पार्टी र जनवर्गीय संगठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ । माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरूलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।

प्रवक्ता सापकोटाका अनुसार अभियानमा उपप्रधानमन्त्रीसमेत रहेका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका-२८ हरिसिद्धि ललितपुरमा खटिने बताए । त्यसैगरी उपाध्यक्षहरू कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका जेल्वाङ रोल्पा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा निसंखुपाखा-३ सिन्धुपाल्चोक र उपाध्यक्ष उपाध्यक्ष पम्फा भुसाल ललितपुर वडा २२ मा अभियानमा संलग्न हुने छन् । त्यसैगरी महासचि देव गुरुङ सुन्दरबजार-८, भोटेओढार लमजुङमा खटिने भएका छन् ।

FB_IMG_1693580201570-1693580374.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg