jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्रको महाअभियान भोलि बाट।

FB_IMG_1693578631802-1693580357.jpg

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ने शनिबारदेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर पार्टी रूपान्तरण अभियान सुरु गर्ने भएको छ । २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने गरी माओवादीले शनिबारदेखि शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर-२, भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम रहेको पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘सिकाउने भन्दा पनि सिक्ने उद्धेश्यले जान लागेको हो । जनता असली नायक हुन् भन्ने हो । जनताको उत्साह र सिर्जनाशीलता जाँदैछौं,’ उनले भने, ‘पहिलो चरणमा आन्तरिक प्रशिक्षण, दोस्रो चरणमा अन्तरक्रिया र तेस्रो चरण आमसभाहरू आयोजना गरिने छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान हो। ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ ओठे भक्ति नभई अन्तर हृदयबाट यो काम हुन्छ ।’ गत महिना भएको मा‌ओवादी केन्द्रको केन्द्रीय समितिको अभियानले ३ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइने पार्टीले दाबी गरेको छ ।

सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको पनि माओवादीको दाबी छ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्‍याउने गरी पार्टी र जनवर्गीय संगठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ । माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरूलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।

प्रवक्ता सापकोटाका अनुसार अभियानमा उपप्रधानमन्त्रीसमेत रहेका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका-२८ हरिसिद्धि ललितपुरमा खटिने बताए । त्यसैगरी उपाध्यक्षहरू कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका जेल्वाङ रोल्पा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा निसंखुपाखा-३ सिन्धुपाल्चोक र उपाध्यक्ष उपाध्यक्ष पम्फा भुसाल ललितपुर वडा २२ मा अभियानमा संलग्न हुने छन् । त्यसैगरी महासचि देव गुरुङ सुन्दरबजार-८, भोटेओढार लमजुङमा खटिने भएका छन् ।

FB_IMG_1693580201570-1693580374.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...