jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादीको जनतासँग माओवादी अभियान जारी

FB_IMG_1696006832999-1696006848.jpg

नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत मकवानपुर जिल्लाका १० पालिकाका विभिन्न वडामा कार्यक्रम भईरहेका छन् । नेकपा (माओवादी केन्द्र) मकवानपुरले पार्टीका केन्द्रीय समिति, बागमती प्रदेश समिति, जिल्ला समन्वय समिति र पालिका पदाधिकारीहरुलाई जिल्लाका एक सय दुई वडामा कार्यविभाजन गरी कार्यक्रमहरु गरिरहेको छ ।
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर ३ को सिमलटार, पिपलटार, पाङदमारमा शुक्रबार टोल भेला सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेसबाट ११ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई माओवादी केन्द्रमा स्वागत पनि गरिएको छ । साथै, पार्टीसँगै किसान, महिला, युथ कम्युनिष्ट लिग(वाईसीएल)का टोल कमिटी समेत गठन गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्णु सापकोटा ‘जुगल’को प्रमुख आतिथ्य तथा माओवादी केन्द्रका मकवानपुर संयोजक सर्केश घलानको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश परिषद सदस्य कमानसिं पाख्रिन, जिल्ला सदस्य सन्तलाल माझी, बागती गाउँपालिका सचिव रहरमान थिङ, गाउँपालिका सदस्य भगवती माझी, वाईसीएलका जिल्ला सचिव मुक्ती लामा, वडा अध्यक्ष प्रेम पाख्रिन लगायतको आतिथ्य रहेको थियो । कार्यक्रम नेकपा (माओवादी केन्द्र) बागमती गाउँपालिका वडा नम्बर ३ कमिटी अध्यक्ष विरबहादुर थिङको अध्यक्षतामा भएको थियो । त्यस्तै, बागमती वडा नम्बर ९ (साविक बेतिनी गाविस)मा जनतासँग माओवादी  बिशेष रुपान्तरण अभियान अन्तरगत छलफल कार्यक्र सम्पन्न भएको छ ।
यसैबिच, अभियान अन्तरगत भीमफेदी गाउँपालिका वडा नम्बर ४ कमिटीको अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य ठाकुर ढकालको प्रमुख आतिथ्य तथा पार्टीका वडा अध्यक्ष नवराज मोक्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा पार्टीको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण गर्ने र टोल कमिटी गठन गरिएको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिका इन्चार्ज अप्सरा लोप्चन, पार्टीका गाउँपालिका कमिटीका अध्यक्ष बद्री बहादुर स्याङ्तान, उपाध्यक्ष प्रितिलाल लामा, सचिव अमृत बल, सहचिब बुद्धमान बज्यु लगायतको आतिथ्य रहेको थियो ।
उता, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अभियान अन्तरगत मकवानपुरगढी वडा नम्बर ५ का खेलकुदसँग आबद्ध युवाहरुसँग अन्तरक्रिया तथा अखिल नेपाल खेलकुद महासंघ मकवानपुरगढीको प्रथम भेला सम्पन्न भएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य मानकुमारी नेपालीको प्रमुख आतिथ्यमा भएको थियो ।
तेस्तै थाहा नगरपालिकामा पनि विविध कार्यक्रम हरु भएको छ ।वडा न ४ मा अभियान इन्चार्ज अरुण रायमाझीको आतिथ्यतामा विभिन्न टोलमा टोल कमिटीको गठनको साथै सामाजिक कार्यहरु भैरहेको नगर सदस्य यादव जंग रायमाझीले जानकारी दिनुभयो। अभियानकै क्रममा असोज १२ गते नेपाल दलित मुक्ती मोर्चा थाहा नगर कमिटी समेत गठन गरिएको छ।भेलाले पहलमान परियारको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरेको मोर्चाका जिल्ला संयोजक जमिन दियालीले जानकारी दिए।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...