pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादीको जनतासँग माओवादी अभियान जारी

FB_IMG_1696006832999-1696006848.jpg

नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत मकवानपुर जिल्लाका १० पालिकाका विभिन्न वडामा कार्यक्रम भईरहेका छन् । नेकपा (माओवादी केन्द्र) मकवानपुरले पार्टीका केन्द्रीय समिति, बागमती प्रदेश समिति, जिल्ला समन्वय समिति र पालिका पदाधिकारीहरुलाई जिल्लाका एक सय दुई वडामा कार्यविभाजन गरी कार्यक्रमहरु गरिरहेको छ ।
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर ३ को सिमलटार, पिपलटार, पाङदमारमा शुक्रबार टोल भेला सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेसबाट ११ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई माओवादी केन्द्रमा स्वागत पनि गरिएको छ । साथै, पार्टीसँगै किसान, महिला, युथ कम्युनिष्ट लिग(वाईसीएल)का टोल कमिटी समेत गठन गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्णु सापकोटा ‘जुगल’को प्रमुख आतिथ्य तथा माओवादी केन्द्रका मकवानपुर संयोजक सर्केश घलानको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश परिषद सदस्य कमानसिं पाख्रिन, जिल्ला सदस्य सन्तलाल माझी, बागती गाउँपालिका सचिव रहरमान थिङ, गाउँपालिका सदस्य भगवती माझी, वाईसीएलका जिल्ला सचिव मुक्ती लामा, वडा अध्यक्ष प्रेम पाख्रिन लगायतको आतिथ्य रहेको थियो । कार्यक्रम नेकपा (माओवादी केन्द्र) बागमती गाउँपालिका वडा नम्बर ३ कमिटी अध्यक्ष विरबहादुर थिङको अध्यक्षतामा भएको थियो । त्यस्तै, बागमती वडा नम्बर ९ (साविक बेतिनी गाविस)मा जनतासँग माओवादी  बिशेष रुपान्तरण अभियान अन्तरगत छलफल कार्यक्र सम्पन्न भएको छ ।
यसैबिच, अभियान अन्तरगत भीमफेदी गाउँपालिका वडा नम्बर ४ कमिटीको अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य ठाकुर ढकालको प्रमुख आतिथ्य तथा पार्टीका वडा अध्यक्ष नवराज मोक्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा पार्टीको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण गर्ने र टोल कमिटी गठन गरिएको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिका इन्चार्ज अप्सरा लोप्चन, पार्टीका गाउँपालिका कमिटीका अध्यक्ष बद्री बहादुर स्याङ्तान, उपाध्यक्ष प्रितिलाल लामा, सचिव अमृत बल, सहचिब बुद्धमान बज्यु लगायतको आतिथ्य रहेको थियो ।
उता, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अभियान अन्तरगत मकवानपुरगढी वडा नम्बर ५ का खेलकुदसँग आबद्ध युवाहरुसँग अन्तरक्रिया तथा अखिल नेपाल खेलकुद महासंघ मकवानपुरगढीको प्रथम भेला सम्पन्न भएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य मानकुमारी नेपालीको प्रमुख आतिथ्यमा भएको थियो ।
तेस्तै थाहा नगरपालिकामा पनि विविध कार्यक्रम हरु भएको छ ।वडा न ४ मा अभियान इन्चार्ज अरुण रायमाझीको आतिथ्यतामा विभिन्न टोलमा टोल कमिटीको गठनको साथै सामाजिक कार्यहरु भैरहेको नगर सदस्य यादव जंग रायमाझीले जानकारी दिनुभयो। अभियानकै क्रममा असोज १२ गते नेपाल दलित मुक्ती मोर्चा थाहा नगर कमिटी समेत गठन गरिएको छ।भेलाले पहलमान परियारको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरेको मोर्चाका जिल्ला संयोजक जमिन दियालीले जानकारी दिए।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg