pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओबादी मकवानपुरको संगठन तथा जनसम्वन्ध सुदृढ अभियान शुभारम्भ

FB_IMG_1677659882259-1677659910.jpg

हेटोंडा, १७ फागुन/नेपाल कम्न्युष्ट पार्टी माओबादी केन्द्र मकवानपुरले दुई महिने संगठन तथा जनसम्वन्ध सुदृढ अभियानको शुभारम्भ गरेको छ ।
मंगलबार जिल्ला पार्टी कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रम बीच पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले शुभारम्भ गर्नुभएको हो ।
जमकट्टेलले हालसम्मको राजनैतिक उपलब्धी माओबादी केन्द्रको आन्दोलनको कारण भएकोले यसलाई संस्थागत बिकास गर्नकालागि क्रियाशिल हुन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारलाई नमूना योग्य बनाउन बिशेष योजना तयार गरी सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पार्टीको सम्वन्धलाई जनस्तरमा सुदृढ गरी बिकेन्द्रित अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले जनताको सल्लाह, सुझाव रचाहना अनुसार पार्टीको गतिबिधि सञ्चालन गर्न आग्रह गर्नुभयो । 
अभियानका क्रममा जिल्लाको संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई कमाण्डर तोकिएको केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताउनुभयो । लामिछानेले अभियानका क्रममा शहीद परिवार, घाईते, बेपत्ता योद्धा परिवार, पूर्व जनमुक्तिसेना भेटघाट, पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता बितरण गरिनुका साथै नागरिकहरुलाई आत्मनिर्भर बनाउन उत्पादन योजना निर्माण गरिने बताउनुभयो । उहाँले अभियानका क्रममा पार्टीलाई बिकसित नयाँ प्रबिधि अनुरुप अगाडि बढाउने समेत बताउनुभयो ।   
पार्टीको दुई महिने संगठन तथा जनसम्वन्ध सुदृढ अभियानका क्रममा पार्टीका सबै संगठनहरुलाई क्रियाशिल बनाई नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने पार्टी जिल्ला समन्वय समितिका सचिव भीम पाख्रिनले बताउनुभयो ।
पार्टी जिल्ला समन्वय समिति संयोजक शर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु सन्तोष बिष्ट, मान कुमारी पाख्रिन, पार्टी बागमती प्रदेश कमिटि उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिका पदाधिकारीहरु लगायत पालिका कमिटि अध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg