jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

महाधिवेशनमार्फत नयाँ विचार संश्लेषण गर्छौं : प्रधानमन्त्री प्रचण्ड

ap-d-1536x945-1698376643.jpg

 प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी विशेष महाधिवेशनबाट पार्टीमा नयाँ विचार संश्लेषण गरिने बताउनुभएको छ।
बिहीबार रूकुमको बाफिकोटमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हिजो जनयुद्धको बेला हामीले विचार संश्लेषण गर्यौं, त्यसले पार्टीलाई केन्द्रीकृत गर्यो, विचारमा एकरूपता कायम भयो, संगठनमा एकतासहित गति हासिल भयो। पछिल्लोसमय हामीले विचार संश्लेषणलाई महत्त्व दिन सकेनौं, त्यसले पार्टी विकेन्द्रितजस्तो, विचार र संगठनमा अनेकताजस्तो भएको छ। आगामी विशेष महाधिवेशनमा यो त्रुटिपूर्ण हामी सच्चाउँछौं। नयाँ आधारमा विचार संश्लेषण गर्छौं।”
अभियानको सान्दर्भिकताबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “हामी रूपान्तरणको प्रक्रियामा छौं। जनताले माओवादी फेरि सच्चिन थालेको जनअभिमत छ। यो नै पार्टी रूपान्तरणको आधार हो। यसकै बलमा सुदृढ पार्टी बनाउँछौं।”
माओवादी बलियो भएन भने परिवर्तनका मुद्दा नै अप्ठ्यारोमा पर्न सक्छ, राजनीतिक प्रणाली र देश नै अप्ठ्यारोमा पर्न सक्छ” प्रधानमन्त्रीले भन्नुभयो, “हामीले नयाँ ढंगले सोच्ने ठाउँमा छौं। सरकार र पार्टी दुवैतर्फबाट नयाँ काम गरिएको छ। एकपछि अर्को अभियानसहित हामी अघि बढ्छौं। हामी जुर्मुराएनौं भने देश नै खतरामा छ। तसर्थ, बलियो पार्टी बनाएर देशलाई निकास दिनेेतर्फ गम्भीर रूपले सोचौं।”
“हामी कमजोर हुनुमा विचार संश्लेषण छोड्नु पनि एक हो। हामी कमजोर हुँदै जाँदा प्रतिक्रियावादीहरू बलियाजस्ता देखिए। उनीहरू यो परिवर्तन उल्टाउन अनेक षड्यन्त्र गरेका छन्। माओवादी पार्टी र आन्दोलनमाथि आक्रमण केन्द्रित छ” प्रधानमन्त्रीले भन्नुभयो, “पार्टी कमजोर हुँदा परिवर्तन कमजोर हुन्छ, परिवर्तन कमजोर हुँदा देश कमजोर हुन्छ, देश अस्तव्यस्त हुन्छ। तसर्थ, परिवर्तनको रक्षा र समृद्धिका लागि हामीले नै अगुवाइ गर्नुपर्दछ।”
“दुनियाँमा ठूलाठूला ध्रुवीकरण देखिएको छ। रूस-युक्रेन, इजरायल-हमास युद्धले तेस्रो विश्वयुद्ध हुनसक्ने खतरा छ। यसलाई हामीले गम्भीरतापूर्वक बुझ्नुपर्छ र नेपालले कुटनीतिक सन्तुलन र असंलग्नतामा जोड दिनुपर्छ” प्रधानमन्त्रीले भन्नुभयो।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “दुुखसुखमा ध्यान दिनुहोला। विकास निर्माणका काममा प्राथमिकता दिनुहोला। यो अभियान सकिएपछि हामी अर्को अभियानमा गएर महाधिवेशनमा जान्छौं। यो सामान्य काम होइन, महान् कामको सुरूवात हो। यो अभियान राष्ट्रको एकताका निम्ति, स्वाधीनताका निम्ति, देशको समृद्धिका लागि, नयाँ विचार संश्लेषणका लागि हो।”
“नेता सच्चिएर मात्रै देशलाई सही गति दिन सकिन्छ। यसको थालनी गरिएको छ। भ्रष्टाचारविरोधी अभियान, अर्थतन्त्रमा सुधार, सामाजिक समृद्धिका काम त्यसको सुरूवात हो” प्रधानमन्त्रीले भन्नुभयो, “फेरि अर्को क्रान्तिको सुरूवात, समाजवादी आन्दोलनको सुरूवातका लागि पनि अभियान हो। फेरि जनतालाई जागृत र संगठित गर्नुपर्छ। समाजवादी आन्दोलनको नेतृत्व हामीले बाहेक अरूले गर्न सक्दैन। तसर्थ, हामी नै यसको नेतृत्व गर्नुपर्छ, हामी जनतासँग सुदृढ सम्बन्ध गाँस्नुपर्छ।”
“रूकुम जिल्लामा उदाहरणीय काम भएका छन्। यसले देशभरिको पार्टीलाई उर्जा दिएको छ। यसलाई बचाउँदै थप उपलब्धि हासिल गर्न लाग्नुपर्दछ” प्रधानमन्त्रीले भन्नुभयो।
“जति दिन प्रधानमन्त्रीको कुर्सीमा रहन्छु, त्यति दिन राम्रो मात्रै गर्छु। जनताको हित र स्वार्थका लागि मात्रै काम गर्छु” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पार्टीलाई क्रमशः एक्लै चुनाव लड्ने पार्टी बनाउनुपर्छ। त्यसका लागि संगठनमा जोड दिएर जानुपर्छ। अर्को निर्वाचनसम्म अरू पार्टीहरू हामीसँग मिल्नुपर्ने परिस्थिति निर्माण गर्नुपर्छ।”


हिम्मतका साथ अघि बढौं, माओवादी फेरि शक्तिशाली बन्छ : प्रधानमन्त्री प्रचण्ड
कार्तिक ९, रूकुम पश्चिम। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिम्मतका साथ अगाडि बढेर माओवादी केन्द्रलाई फेरि शक्तिशाली पार्टी बनाउने बताउनुभएको छ।
पार्टीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा पश्चिम रूकुमको बाफिकोट आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले बाफिकोट वडा नं.-६ र ७ को संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी शक्तिशाली बन्ने बताउनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, “अभियानको क्रममा पार्टीका नेताहरू गाउँ-गाउँ पुग्नुभएको छ। पार्टी नेतृत्वको सरकारले देश र जनताको पक्षमा प्रभावकारी काम गरिरहेको छ। यसरी हेर्दा माओवादी केन्द्र फेरि शक्तिशाली पार्टी बन्छ। यो पार्टी कमजोर भए गणतन्त्र नै उल्टिन्छ। यो हाम्रा लागि जीवन मरणको संघर्ष नै हो। यो देश हामीले मात्र बचाउन सक्छौं। हिजो विभाजित भएका साथीहरू पनि समाजवादी मोर्चामा आउनुभएको छ। पार्टी एकताका निम्ति पनि सकारात्मक पहल हुँदैछ। जस्तोसुकै परिस्थिति आए पनि हामीले हिम्मत हार्नु हुँदैन। पार्टी शक्तिशाली हुन्छ। शक्तिशाली बनाइन्छ।”
“सात वटै प्रदेशका १/१ वटा वडामा जाने योजनाअनुसार म यहाँ आएको छु। पार्टीलाई जनतासँग जोड्ने, पार्टी रूपान्तरण गर्ने र पार्टी जनतातिर फर्काउने हाम्रो लक्ष्य छ” प्रधानमन्त्रीले भन्नुभयो, “यो अभियानले पार्टी बन्छ कि भन्ने जनतामा आशा र भरोसा बढ्न थालेको देखिन्छ। सबै रिपोर्ट हेर्दा अभियान प्रभावकारी नै देखिएको छ। जनयुद्धको जस्तो क्रान्तिकारी, जनतासँग घुलमिल हुने पार्टी बन्न सक्ला त ? यो हामी सबैका लागि महत्त्वपूर्ण प्रश्न हो। हिजो जनयुद्ध जनवादी क्रान्तिमा थियो, अहिले हामी समाजवादी क्रान्तिको तयारीमा छौं। सोहीअनुरूपको पार्टी बनाउँछौं।”
उहाँले भन्नुभयो, “अहिले हामीकहाँ केही निरासाजस्तो, विरोधीहरू, प्रतिक्रियावादीहरू फेरि टाउको उठाउन खोज्नेजस्तो स्थिति छ। यसलाई चिर्न पार्टीभित्र र सरकारको मोर्चाबाट सँगसँगै काम गरिरहेका छौं। तसर्थ, परिवर्तनका मुद्दा र देश बचाउने जिम्मेवारी हाम्रो काँधमा छ।”
“हामीले तरिका मिलाएर सरकारको नेतृत्व गर्यौं, यो त्यत्तिकै भएको होइन। यहाँ पार्टीको कलात्मक नेतृत्वले काम गरेको छ। एकपटक हामी १००% मत प्राप्त गर्यौं। यो न हिजो थियो, न भविष्यमा होलाजस्तो खाले छ” प्रधानमन्त्रीले भन्नुभयो, “मिटरब्याज पीडित किसानहरूको समस्या समाधान गरेेका छौं। यसले मधेशमा माओवादीप्रति राम्रो आधार बनेको छ। जनताका लागि काम गर्ने पार्टी माओवादी भएको जनमत बनेको छ। नागरिकताबिहीन लाखौं नेपालीले नागरिकता पाएका छन्। हामीले लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौं।”
प्रधानमन्त्रीले भन्नुभयो, “सुशासनको क्षेत्रमा नयाँ पहल लिइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले राम्रो पहल लिएका छौं। भ्रष्टाचारविरूद्भ सरकारले गम्भीरतापूर्वक काम गरिरहेका छौं। राष्ट्रिय स्वाधीनताका क्षेत्रमा महत्त्वपूर्ण काम गरिएको छ। १० वर्षमा १० हजार मेघावाट विद्युत व्यापारको सम्झौता गरिएको छ। २५ वर्षदेखि अड्किएका परियोजनाहरू अगाडि बढेका छन्। चीनसँग महत्त्वपूर्ण सम्झौता भएका छन्।”
“विश्व ठूलो ध्रुवीकरणमा जाँदैछ, हामीले बचाएर लैजानुपर्छ। ठूलाठूला युद्धका परिघटना देखिएका छन्। हामीले कुटनीतिक सन्तुलन कायम गर्नुपर्छ। यो देश हामीले मात्रै बचाउन सक्छौं” प्रधानमन्त्रीले भन्नुभयो।
बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पार्टी प्रदेश अध्यक्ष बिमला केसी लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...