pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

मकवानपुर एमालेमा फेरि खटपट

Amale-1646913522.jpg

नेकपा एमाले मकवानपुरमा खटपट देखिएको छ । हिजो बुधवार जिल्ला कमिटी बैठकले नयाँ सदस्यहरुको मनोनयन र जिम्मेवारी बाँडफाँड गरेपछि नेताहरुमा तीब्र असन्तुष्टि देखिएको हो । सामाजिक सञ्जालमै पार्टी छाडिएको,जिम्मेवारीबाट बाहिरिएको,आफ्नो बाटोमा हिँडेको लगायत ब्यहोरा लेखेर उहाँहरुले असन्तुष्टि जनाइरहनु भएको छ । सामाजिक सञ्जालमा लेख्न आँट नगर्नेहरु समेत पार्टीमा असन्तुष्ट भएर बसेको बताइन्छ ।

 

 

‘कसैसङ्ग केही गुनासो छैन,गुनासो आफैसङ्ग छ,पश्चाताप आफैसङ्ग छ,राजनीति गर्न जानेकी रहेनछु र अब कोसिस पनि गर्दिन,भयो पुग्यो,अब धेरै नै भयो,विश्राम लिनुपर्छ। मेरो जिन्दगी मेरो हिसाबले चल्छ,अरुको हिसाबले होइन । आज कठोर भएर निर्णय गर्दैछु । घरपरिवार,जागिर सबै छोडेर गरेको राजनीतिक यात्रा अन्त्य ।”

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्ना मान्छेहरुलाई निर्णायक ठाउँमा उभ्याउन गुटभित्र उपगुटका कारिन्दाहरु सक्रिय रहेको आरोप लागेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत पुराना नेता एवम गत स्थानीय चुनावमा हेटौँडा उपमहानगरपालिका १ नं वडाबाट अध्यक्ष पदमा पराजित नेता उत्तम शर्मा न्यौपानेले लेख्नुभएको छ–‘लामो शृङ्खलाबाट बिदा हुने निर्णय गरेँ । बिगतदेखिका सहयोगी मनहरुमा साधुवाद ।’ वडामा त्यतिखेर आफ्नै टिमका अन्य सदस्यहरुले जित्दा उहाँले मात्रै हार ब्यहोर्नुपरेको थियो । अन्तरघातको दोष हालका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठमाथि लगाइएको छ ।

त्यसैगरी अर्का युवा नेता सानु लामाले फेसबुकमा ‘अहिलेसम्म मलाई योग्य ठानी विभिन्न जिम्मेवारी दिनुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । एकदम अत्यन्तै दुखद मनले एकदमै नचाहेर पनि बाध्यताले यस्ता खाले परिवर्तन हुनु पर्ने परिस्थिति निम्त्यायो जिन्दगीमा ! कोही कसैलाई कुनै खालको दोष नदिइकन कुनै हालतमा अब पार्टीको कुनै खालको गतिविधिमा संलग्न हुँदै नहुने सम्पूर्णमा जानकारी गराउन चाहन्छु,धन्यवाद । अबको दिनको मेरो जिन्दगी फरक हिसाबले चलाउने कोशिस गर्नेछु।’ भनेर लेख्नु भएको छ ।

महिला नेतृ एवम सामाजिक नागरिक अभियन्ता रमिला सापकोटाले पार्टी छाडेको दुई वटा स्टाटस लेख्नुभएको छ । उहाँ जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालका नातेदार हुनुहुन्छ । उहाँले लेख्नुभएको छ–‘कसैसङ्ग केही गुनासो छैन,गुनासो आफैसङ्ग छ,पश्चाताप आफैसङ्ग छ,राजनीति गर्न जानेकी रहेनछु र अब कोसिस पनि गर्दिन,भयो पुग्यो,अब धेरै नै भयो,विश्राम लिनुपर्छ। मेरो जिन्दगी मेरो हिसाबले चल्छ,अरुको हिसाबले होइन । आज कठोर भएर निर्णय गर्दैछु । घरपरिवार,जागिर सबै छोडेर गरेको राजनीतिक यात्रा अन्त्य ।” जिल्ला सचिवालय सदस्य भइसकेका र मेयर तथा उपमेयरको उम्मेदवारको रुपमा चर्चा पाएका अर्का नेता फुर्बा दोर्जे लामाले फेसबुकमा लेख्नुभएको छ–‘मकवानपुर जिल्ला पार्टी कमिटीको सङ्गठित जिम्मेवारीबाट बिदा लिने दिन पनि आएजस्तो लागेको छ है !’

बुधबारको बैठकमा २८ जना जिल्ला सदस्य मनोनित गरिएको र १३० सदस्यीय सल्लाहकार कमिटी बनाइएको बताइएको छ । केन्द्रीयता लादेर दुई महिनाअघि एमाले जिल्ला कमिटी घोषणा गरिएसँगै मकवानपुर एमालेमा असन्तुष्टि बढ्दै गइरहेको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg