jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुरमा गठबन्धनका दल र उमेद्वार एउटै मञ्चमा

GATHBANDHAN-OFFICE-SHIKAR-1666058048.jpg


मकवानपुरमा लोकतान्त्रिक वाम गठबन्धनले आफ्नो चुनावी कार्यक्रम शुरु गरेको छ । 
आइतबार मकवानपुर गढीको शिखरकटेरीमा लोकतान्त्रिक वामगठबन्धनको संयुक्त कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवम् नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य विरोध खतिवडाले उद्घाटन गर्नु भयो । 
मकवानपुर गढी गाउँपालिका यस्तो भूगोल हो, जहाँको ८ वटा वडामध्ये ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर १ र ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । ती वडामध्ये ४ वडा निर्वाचन क्षेत्र नम्बर १ को क मा पर्छ, त्यहाँ लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु उम्मेदवार हुुनुहुन्छ भने ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ को पनि क मा पर्छ, त्यहाँ पनि माओवादी पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान उम्मेदवार हुनुहुन्छ । 
निर्वाचन कार्यालय उद्घाटनपछि बाँधमा भएको तिहार, नेपाल सम्बत्, छठ, लोसारको शुभकामना कार्यक्रममा गठबन्धनका पाँच उम्मेदवारले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सहमहान्त्री एवम् निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधान, संसद र लोकतन्त्रको हरण हुनबाट जोगाउन लोकतान्त्रिक वाम गठबन्धन कायम रहने बताउनु भयो । उहाँले भन्नुभयो, ‘जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिहरुले लोकतन्त्र बचाउँछ भन्नु भ्रम हो ।’ एमालेले गरेको गठबन्धन अपवित्र भएको उहाँको भनाइ थियो ।
उपाध्यायले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेटहरु पहिलादेखि नै व्यवस्था गर्दै आएको बताउनु भयो । उहाँले कतै माओवादीको, कतै समाजवादीको र कतै कांग्रेसको उम्मेदवार छैन भन्दै उक्साउन आउनेहरुलाई कमल थापा बोकेर कस्तो लोकतन्त्र र गणतन्त्रको अनुभूति गराउन खोजेको भन्ने प्रश्न गर्न आग्रह गर्नु भयो । 
कार्यक्रममा बोल्दै अर्का वक्ता निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार, नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले पश्चिम मकवानपुरको विकासमा आफ्नो दशकौँ लगानी रहेको बताउनु भयो । बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, विकास, भौतिक पूर्वाधार सबै क्षेत्रमा कायापलट गराउने काममा आफ्नो भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो, ‘तीन वर्ष मुख्यमन्त्री भएका कसैले कुनै एउटा योजना १० करोड माथि पारेको भेटिनँ, मेरो कुरा काटेरै दिन बिताएछन् ।’
खतिवडाले केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर लोकतन्त्र मास्न खोजेको र अहिले पनि कमल थापा, राजेन्द्र लिङ्देनहरु बोकेर संविधानको मर्ममा प्रहार गर्दै अराजकता मच्चाउन खोजेको बताउनु भयो । गठबन्धनलाई मत दिन खतिवडाको आग्रह थियो । भन्नुभयो, ‘२०३६, ४६, ६३ को आन्दोलन दबाउन खोज्ने कमल थापा यतिखेर सूर्य चिन्ह बोकेर जनताको बहुदलीय जनवादको व्याख्याता भएका छन्, कमल थापाले एमाले पार्टीमा प्रवेश गराउने कार्यक्रममा छेउछाउमा डोरमणि पौडेल र रामेश्वर राना ६–६ वटा दाँत देखाएर बसिरहेका देखिन्छन् ।’
कार्यक्रममा सामाजिक विकास मन्त्री एवम् माओवादी पोलिटब्युरो सदस्य कुमारी मुक्तानले पाँच वर्षमा आफ्नो भूगोलमा विकासको कार्यक्रमहरु पारेको बताउँदै गठबन्धन विजय नजिक पुगिसकेको बताउनु भयो । उहाँले बागमती केन्द्र सरकार, प्रदेश सरकारमार्फत हुने विकास निर्माणका कामका लागि पनि गठबन्धनलाई मत दिन आग्रह गर्नु भयो । उहाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को क मा उम्मेदवार हुनुहुन्छ । 
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले नेकपा एमाले र राजावादी शक्तिहरुको बदमासीविरुद्ध गठबन्धन उभिएको र मकवानपुरको समग्र विकासका लागि मत दिन आग्रह गर्नु भयो । अनेक आश्वासन दिने, भ्रम फैलाउनेबाहेक एमालेको खास काम नदेखिएको पुलामीको भनाइ थियो । उहाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को क मा उम्मेदवार हुनुहुन्छ । 
नेपाली कांग्रेस मकवानपुरका नेता एवम् मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को ख का उम्मेदवार आनन्दराम पराजुलीले एमालेले ‘तपाईंको पार्टीका उम्मेदवार नै छैनन्’ भन्दै मतदाता भड्काउने बाहेक कुनै नयाँ एजेण्डा नभएको बताउनु भयो । उहाँले गठबन्धनले सबैलाई समेट्ने र मकवानपुरको विकासमा लागि पर्ने भएकाले मकवानपुरका ६ जना नै उम्मेदवारलाई मत दिन आग्रह गर्नु भयो । 
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ ख का उम्मेदवार एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ भने आइतबार पश्चिम मकवानपुरको मनहरी लगायतका भूगोलमा भएको कार्यक्रममा सरिक हुनु भएको थियो । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...