pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

मकवानपुरमा गठबन्धनका दल र उमेद्वार एउटै मञ्चमा

GATHBANDHAN-OFFICE-SHIKAR-1666058048.jpg


मकवानपुरमा लोकतान्त्रिक वाम गठबन्धनले आफ्नो चुनावी कार्यक्रम शुरु गरेको छ । 
आइतबार मकवानपुर गढीको शिखरकटेरीमा लोकतान्त्रिक वामगठबन्धनको संयुक्त कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवम् नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य विरोध खतिवडाले उद्घाटन गर्नु भयो । 
मकवानपुर गढी गाउँपालिका यस्तो भूगोल हो, जहाँको ८ वटा वडामध्ये ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर १ र ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । ती वडामध्ये ४ वडा निर्वाचन क्षेत्र नम्बर १ को क मा पर्छ, त्यहाँ लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु उम्मेदवार हुुनुहुन्छ भने ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ को पनि क मा पर्छ, त्यहाँ पनि माओवादी पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान उम्मेदवार हुनुहुन्छ । 
निर्वाचन कार्यालय उद्घाटनपछि बाँधमा भएको तिहार, नेपाल सम्बत्, छठ, लोसारको शुभकामना कार्यक्रममा गठबन्धनका पाँच उम्मेदवारले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सहमहान्त्री एवम् निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधान, संसद र लोकतन्त्रको हरण हुनबाट जोगाउन लोकतान्त्रिक वाम गठबन्धन कायम रहने बताउनु भयो । उहाँले भन्नुभयो, ‘जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिहरुले लोकतन्त्र बचाउँछ भन्नु भ्रम हो ।’ एमालेले गरेको गठबन्धन अपवित्र भएको उहाँको भनाइ थियो ।
उपाध्यायले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेटहरु पहिलादेखि नै व्यवस्था गर्दै आएको बताउनु भयो । उहाँले कतै माओवादीको, कतै समाजवादीको र कतै कांग्रेसको उम्मेदवार छैन भन्दै उक्साउन आउनेहरुलाई कमल थापा बोकेर कस्तो लोकतन्त्र र गणतन्त्रको अनुभूति गराउन खोजेको भन्ने प्रश्न गर्न आग्रह गर्नु भयो । 
कार्यक्रममा बोल्दै अर्का वक्ता निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार, नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले पश्चिम मकवानपुरको विकासमा आफ्नो दशकौँ लगानी रहेको बताउनु भयो । बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, विकास, भौतिक पूर्वाधार सबै क्षेत्रमा कायापलट गराउने काममा आफ्नो भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो, ‘तीन वर्ष मुख्यमन्त्री भएका कसैले कुनै एउटा योजना १० करोड माथि पारेको भेटिनँ, मेरो कुरा काटेरै दिन बिताएछन् ।’
खतिवडाले केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर लोकतन्त्र मास्न खोजेको र अहिले पनि कमल थापा, राजेन्द्र लिङ्देनहरु बोकेर संविधानको मर्ममा प्रहार गर्दै अराजकता मच्चाउन खोजेको बताउनु भयो । गठबन्धनलाई मत दिन खतिवडाको आग्रह थियो । भन्नुभयो, ‘२०३६, ४६, ६३ को आन्दोलन दबाउन खोज्ने कमल थापा यतिखेर सूर्य चिन्ह बोकेर जनताको बहुदलीय जनवादको व्याख्याता भएका छन्, कमल थापाले एमाले पार्टीमा प्रवेश गराउने कार्यक्रममा छेउछाउमा डोरमणि पौडेल र रामेश्वर राना ६–६ वटा दाँत देखाएर बसिरहेका देखिन्छन् ।’
कार्यक्रममा सामाजिक विकास मन्त्री एवम् माओवादी पोलिटब्युरो सदस्य कुमारी मुक्तानले पाँच वर्षमा आफ्नो भूगोलमा विकासको कार्यक्रमहरु पारेको बताउँदै गठबन्धन विजय नजिक पुगिसकेको बताउनु भयो । उहाँले बागमती केन्द्र सरकार, प्रदेश सरकारमार्फत हुने विकास निर्माणका कामका लागि पनि गठबन्धनलाई मत दिन आग्रह गर्नु भयो । उहाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को क मा उम्मेदवार हुनुहुन्छ । 
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले नेकपा एमाले र राजावादी शक्तिहरुको बदमासीविरुद्ध गठबन्धन उभिएको र मकवानपुरको समग्र विकासका लागि मत दिन आग्रह गर्नु भयो । अनेक आश्वासन दिने, भ्रम फैलाउनेबाहेक एमालेको खास काम नदेखिएको पुलामीको भनाइ थियो । उहाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को क मा उम्मेदवार हुनुहुन्छ । 
नेपाली कांग्रेस मकवानपुरका नेता एवम् मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को ख का उम्मेदवार आनन्दराम पराजुलीले एमालेले ‘तपाईंको पार्टीका उम्मेदवार नै छैनन्’ भन्दै मतदाता भड्काउने बाहेक कुनै नयाँ एजेण्डा नभएको बताउनु भयो । उहाँले गठबन्धनले सबैलाई समेट्ने र मकवानपुरको विकासमा लागि पर्ने भएकाले मकवानपुरका ६ जना नै उम्मेदवारलाई मत दिन आग्रह गर्नु भयो । 
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ ख का उम्मेदवार एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ भने आइतबार पश्चिम मकवानपुरको मनहरी लगायतका भूगोलमा भएको कार्यक्रममा सरिक हुनु भएको थियो । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg