jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुरमा काङ्ग्रेस वडा सभापति सहित २१ जना माओवादीमा प्रवेश,

maobadi-1693753295.jpg

बागमती, मकवानपुर ।
मकवानपुरमा कङ्ग्रेस वडा सभापति सहित विभिन्न पार्टी परित्याग गरी २१ जना नेता  कार्यकर्ता नेकपा माआेवादी केन्द्रमा प्रवेश गरेका छन । हिजाे बागमती -३ स्थित जनतासँग माआेवादी विशेष रुपान्तरण अभियानलाई उदघाटन गर्दै अभियानका ३ नं. संयोजक तथा बामगती प्रदेश परिषद सदस्य कमान सिं पाख्रिनले उनिहरुलाई प्रवेश गराईएका हुन ।

यसरी पार्टी प्रवेश हुनेहरुमा नेपाली काँग्रेसका ३ नं. पुर्व सभापती विजय जिम्बा, ने. का. वडा सदस्य उम्मेदवार राम बहादुर माझी, काङ्ग्रेसबाट उमेश बोम्जन, प्रेम लोप्चन, पन्चलाल लोप्चन, विज्ञान माझी र नेकपा एमालेबाट, अकल बहादुर स्याङ्तान, शन्देश गोले, कमल माझी, हिरालाल घलान, मङगल बहादुर जिम्बा, जित बहादुर योन्जन, बुद्धि बहादुर जिम्बा लगायत २१ जना रहेका छन ।

पार्टी प्रवेश गराउदै यस अभियानका संयाेजक एवम् बागमती प्रदेश परिषद सदस्य कमान सिं पाख्रिनले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई सघाउन माओवादी पार्टीमा आबद्ध हुन आउनु भएका नव प्रवेशीहरुलाई स्वागत तथा बधाई दिनुभएकाे थियाे ।
तपाईहरुकाे याे अभियान केका लागि ?
भन्ने प्रश्नमा अभियानका संयाेजक एवम् बागमती प्रदेश परिषद सदस्य पाख्रिन भन्नुहुन्छ :
– जनसम्बन्ध र जन विश्वास बढाउन,  सरकारले चलाइएको तस्कर र भ्रष्टाचार विरुद्धको अभियानलाई सघाउ पुर्याउन, जनतामा नयाँ सम्बन्ध र विश्वास बढाउन, सामाजिक कार्यहरूमा आकर्षण गराई जनतासँग नयाँ सम्बन्ध कायम गराउनका लागि हाे याे हाम्राे अभियान ।

जनजनमा माओवादी घरघरमा माओवादी भन्ने मुल नाराका साथ जनतासंग माओवादी विशेष रुपान्तरण अभियान पार्टीलाई सुदृढीकरण गराउन, शिक्षा , स्वास्थ्य , कृषि उत्पादन सम्बन्धमा अन्तरक्रिया गराउन र प्रगतिशील बामपंथी ,बुद्धिजीवीहरुसंग अन्तरक्रिया गराउन याे अभियान सञ्चालन गरिएकाे पाख्रिनले वताउनुभएकाे थियाे ।

३ नम्बर वडा कमिटी अध्यक्ष वीर बहादुर थिङकाे सभाध्यक्षता एवम् माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य कमान सिं पाख्रीनकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा माओवादी केन्द्र बागमती गाउँ कमिटी उपाध्यक्ष बल बहादुर पाख्रिनकाे विशेष अातिथ्यता रहेकाे थियाे ।कार्यक्रम पार्टी वडा सचिब अभिषेक मोक्तानले सञ्चालन गर्नुभएकाे थियाे भने  गाउँ कमिटी सदस्य भगवती माझी, रतन बहादुर बज्यु,  तुल बहादुर मोक्तान, अ.ने.रा.स्ववियु(क्रान्तिकारी )जिल्ला उपाध्यक्ष रोजल तामाङ, वाईसिएल गाउँ कमिटी सदस्य दर्शन पाख्रिन,ए.शिक्षक संगठन बागमती गा.पा.सदस्य पेमा दोर्जे थिङ,अ.ने.म.संघ ३ नं. वडा अध्यक्ष रश्मि पाख्रिन लगायतको उपस्थिति रहेकाे थियो।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...