pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

मकवानपुरमा काङ्ग्रेस वडा सभापति सहित २१ जना माओवादीमा प्रवेश,

maobadi-1693753295.jpg

बागमती, मकवानपुर ।
मकवानपुरमा कङ्ग्रेस वडा सभापति सहित विभिन्न पार्टी परित्याग गरी २१ जना नेता  कार्यकर्ता नेकपा माआेवादी केन्द्रमा प्रवेश गरेका छन । हिजाे बागमती -३ स्थित जनतासँग माआेवादी विशेष रुपान्तरण अभियानलाई उदघाटन गर्दै अभियानका ३ नं. संयोजक तथा बामगती प्रदेश परिषद सदस्य कमान सिं पाख्रिनले उनिहरुलाई प्रवेश गराईएका हुन ।

यसरी पार्टी प्रवेश हुनेहरुमा नेपाली काँग्रेसका ३ नं. पुर्व सभापती विजय जिम्बा, ने. का. वडा सदस्य उम्मेदवार राम बहादुर माझी, काङ्ग्रेसबाट उमेश बोम्जन, प्रेम लोप्चन, पन्चलाल लोप्चन, विज्ञान माझी र नेकपा एमालेबाट, अकल बहादुर स्याङ्तान, शन्देश गोले, कमल माझी, हिरालाल घलान, मङगल बहादुर जिम्बा, जित बहादुर योन्जन, बुद्धि बहादुर जिम्बा लगायत २१ जना रहेका छन ।

पार्टी प्रवेश गराउदै यस अभियानका संयाेजक एवम् बागमती प्रदेश परिषद सदस्य कमान सिं पाख्रिनले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई सघाउन माओवादी पार्टीमा आबद्ध हुन आउनु भएका नव प्रवेशीहरुलाई स्वागत तथा बधाई दिनुभएकाे थियाे ।
तपाईहरुकाे याे अभियान केका लागि ?
भन्ने प्रश्नमा अभियानका संयाेजक एवम् बागमती प्रदेश परिषद सदस्य पाख्रिन भन्नुहुन्छ :
– जनसम्बन्ध र जन विश्वास बढाउन,  सरकारले चलाइएको तस्कर र भ्रष्टाचार विरुद्धको अभियानलाई सघाउ पुर्याउन, जनतामा नयाँ सम्बन्ध र विश्वास बढाउन, सामाजिक कार्यहरूमा आकर्षण गराई जनतासँग नयाँ सम्बन्ध कायम गराउनका लागि हाे याे हाम्राे अभियान ।

जनजनमा माओवादी घरघरमा माओवादी भन्ने मुल नाराका साथ जनतासंग माओवादी विशेष रुपान्तरण अभियान पार्टीलाई सुदृढीकरण गराउन, शिक्षा , स्वास्थ्य , कृषि उत्पादन सम्बन्धमा अन्तरक्रिया गराउन र प्रगतिशील बामपंथी ,बुद्धिजीवीहरुसंग अन्तरक्रिया गराउन याे अभियान सञ्चालन गरिएकाे पाख्रिनले वताउनुभएकाे थियाे ।

३ नम्बर वडा कमिटी अध्यक्ष वीर बहादुर थिङकाे सभाध्यक्षता एवम् माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य कमान सिं पाख्रीनकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा माओवादी केन्द्र बागमती गाउँ कमिटी उपाध्यक्ष बल बहादुर पाख्रिनकाे विशेष अातिथ्यता रहेकाे थियाे ।कार्यक्रम पार्टी वडा सचिब अभिषेक मोक्तानले सञ्चालन गर्नुभएकाे थियाे भने  गाउँ कमिटी सदस्य भगवती माझी, रतन बहादुर बज्यु,  तुल बहादुर मोक्तान, अ.ने.रा.स्ववियु(क्रान्तिकारी )जिल्ला उपाध्यक्ष रोजल तामाङ, वाईसिएल गाउँ कमिटी सदस्य दर्शन पाख्रिन,ए.शिक्षक संगठन बागमती गा.पा.सदस्य पेमा दोर्जे थिङ,अ.ने.म.संघ ३ नं. वडा अध्यक्ष रश्मि पाख्रिन लगायतको उपस्थिति रहेकाे थियो।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg