pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

मकवानपुरमा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश
एमालेबाट देश र जनतालाई धोकाः केन्द्रीय सदस्य मोक्तान

Maobadi-Makwanpur-(3)-1648888505.JPG

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य कुमारी मोक्तानले माओवादीले एमालेसँग गठबन्धन गरेर देशमा विकास र समृद्धी ल्याउन खोजेपनि एमाले र अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई धोका दिएको आरोप लगाएकी छिन् । मकवानपुरगढी गाउँपालिकामा शुक्रबार निर्वाचन केन्द्रीत राजनैतिक, वैचारिक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेपछि उनले माओवादीकै एजेण्डा अनुसार प्राप्त संघीयतामा अन्य दल र नेताहरुले मोजमस्ती गरेर उल्टै माओवादीलाई दोष दिएको भन्दै नेकपा एमाले लगायतको चर्को आलोचना गरिन् ।


‘१४ वर्ष जेल परेको भनेर प्रधानमन्त्री बनाएको मान्छे(ओली) त एउटाको ज्यान मारेर पो जेल परेको रहेछ,’ उनले भनिन्, ‘कम्यूनिष्ट राजनीति र राजनीतिक मुद्दामा जेल परेको होईन रहेछ, अहिले फटाफट कुरा आईरहेको छ ।’ देश र जनताको मुक्ती, अधिकार र विकासको लागि गरिएको जनयुद्ध र माओवादीलाई बदनाम गरेर जनतालाई झुक्याउने काम भईरहेको भन्दै उनले तिव्र आक्रोश पोखिन् । ‘हामीलाई ज्यानमारा आरोप लगाई राखेको छ, १७ हजारको ज्यानमारा भन्दै धारे हात लाउँछन्,’ उनले भनिन्, ‘तर जस्ले भ्रष्ट्राचार गरेको छ, त्यसलाई भ्रष्ट्राचारी भन्न सकेनौ ।’
माओवादीको नेतृत्वमा देशमा ल्याएको संघीयता, गणतन्त्रबाट प्राप्त अधिकारलाई दुरुपयोग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताको कर र राजश्वलाई व्यक्ति र पार्टीको सम्पती जसरी दुरुपयोग गरी भोट किन्न खोजेको भन्दै प्रतिरोध गर्न कार्यकर्तालाई निर्देशन दिईन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तानले नेपालमा संघीयता, समावेशी, गणतन्त्र जोगाउन स्थानीय निर्वाचनमा माओवादी पार्टीलाई जिताउँनुको विकल्प नभएको जिकिर गरिन् ।


माओवादीकी केन्द्रीय सदस्य एवं मकवानपुरगढी चुनावी कमाण्डर मानकुमारी नेपालीले माओवादीले ल्याएको संघीयतामा एमाले र अन्य पार्टीले ब्रम्हलुट मच्चाएको भन्दै भ्रष्ट्राचार रोकी विकास गर्न चुनावमा माओवादीलाई जिताउनुपर्ने बताईन् । ‘माओवादीले ठुलो बलिदान गरेर ल्याएको संघीय व्यवस्थाको मायाँ माओवादीलाई मात्र छ, कुनै त्याग, तपस्या नगरी संघीयताप्रति विश्वास नभएको एमाले लगायतका दलले लुट मात्र मच्चाएका छन्,’ उनले थपिन्, ‘गाउँगाउँमा सेवा दिने संघीयता जोगाउँदै जनताको समस्या समाधान गर्न सक्ने क्षमता माओवादीसँग मात्र छ ।’
माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सांसद प्रेमबहादुर पुलामीले एमाले जनविरोधीसँगै विकास विरोधी पनि भएको भन्दै अबको चुनावमा जनताले जवाफ दिने दाबी गरे । ‘विगत ३ बर्षसम्म एमाले पार्टीलाई गठबन्धन गरेर माओवादीले सुधार्न खोजेपनि सकेनौ, सधैं झुट र षडयन्त्र गर्ने दुष्ट एमालेलाई अब जनताले बदला लिनेछ ।’
कार्यक्रममा माओवादी केन्द्रका मकवानपुर संयोजक एवं बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला सचिव भीम पाख्रिन, जिल्ला सदस्य एवं मकवानपुरगढी ईन्चार्ज सरोज खनाल, मकवानपुरगढी सूचना प्रविधि संयोजक भरत सापकोटा लगायतले अबको चुनावमा माओवादीले मकवानपुरमा विजयको लाल झण्डा फहराउने भन्दै रोजगारी, विकास, सुशासन, शान्ति र राष्ट्रियताका लागि ढुक्क भएर माओवादीलाई भोट दिन आग्रह गरे । कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg